ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

म्याडिसन, अमेरिका, ७ भदौं । अन्तर्राष्ट्रिय विकास सम्बन्धी अमेरिकी सहायता निकाय–यूएसएड विश्व ऋण परिषद्–ओकूद्धारा युक्रेनमा सञ्चालित कृषि उत्पादकहरुका लागि ऋण सहायता अर्थात् क्याप परियोजनाको समयावधि ४ वर्ष बढाउन सहमत भएको छ । क्याप परियोजनाको समयावधि थप गर्ने यूएसएडको निर्णयले पूर्वी युरोपको राष्ट्र युक्रेनमा साना तथा मझौला कृषकहरुलाई सहकारीमार्फत ऋण प्रवाहमा सहयोग पुग्ने दाबी ओकूले गरेको छ । 

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।
यसले बचत तथा ऋण सहकारीमार्फत त्यहाँका कृषक तथा कृषि व्यापारीहरुलाई अझै धेरै ऋण सहायता प्रदान गर्न सकिने ओकूले जनाएको छ । यसले सहकारीहरुलाई तरलता व्यवस्थापनमा पनि सहयोग पुग्ने जनाइएको छ । विगतमा क्याप परियोजनाले युक्रेनी बचत तथा ऋण सहकारीहरुका संगठनहरुलाई प्रारम्भिक संस्थाहरुको हक हितका लागि नियमनकारी निकायसँग बहसपैरवी गर्न समेत सहयोग पुर्याएको थियो भने २३ वटा बचत तथा ऋण सहकारीहरुसँगको प्रत्यक्ष सहकार्यमा ग्रामीण क्षेत्रका साना, मझौला तथा लघु व्यवसाय लक्षित १० हजार भन्दा बढी संख्यामा ऋण लगानी क्षमता विकासमा टेवा पुर्याउँदै आएको थियो ।

क्याप परियोजनाले बचत तथा ऋण सहकारीहरुका लागि बजारको प्रवद्र्धन तथा नियमनको वातावरण सुधार, बचत तथा ऋण सहकारीका राष्ट्रिय संगठनहरुलाई सदस्य संस्थाहरुलाई उन्नत स्तरको सेवा प्रवाह, बचत तथा ऋण सहकारीहरुका लागि तरलता व्यवस्थापनका अन्य विकल्पहरु खोजी तथा संस्थाहरुलाई कृषि ऋणको पोर्टफोलियो बिस्तार गरी मुख्य ४ वटा क्षेत्रहरुमा प्रत्यक्ष सहयोग पुर्याउने ओकूले जनाएको छ ।

क्याप परियोजनाले युक्रेनको राष्ट्रिय सहकारी बचत तथा ऋण संघ–नाक्सकू तथा पोल्याण्डको बचत तथा ऋण संगठनसँगको सहकार्यमा युक्रेनमा बचत तथा ऋण सहकारी तरलता कोषको स्थापनामा सहयोग पुर्याउने छ । यसैगरी, ओकूको विश्व महिला नेतृत्व सञ्जाल–जीडब्लूएलएनले क्याप परियोजनाका ४ वटै मुलभूत उद्देश्यहरु प्राप्तिका लागि लैङ्गिक समावेशी प्रारुप कार्यान्वयनमा सहयोग पुर्याउने बताइएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप