दोलखाको मिलिजुली कालिञ्चोक साकोसको २८ औं स्थापना दिवस सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाको मिलिजुली कालिञ्चोक साकोसको २८ औं स्थापना दिवस सम्पन्न

दोलखा, ७ भदौं । दोलखाको चरिकोटस्थित भीमेश्वर नगरपालिका वडा नं. ६ मा अवस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २८ औं स्थापना एवम् कारोबार सञ्चालन दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । कोभिड १९ को बढ्दो संक्रमणका बाबजूद आवश्यक सबै सुरक्षा मापदण्ड पालना गर्दै स्थापना दिवस मनाएको उक्त साकोसले जनाएको छ ।

साकोसले नेपाल रेडक्रस सोसाईटी र नेपाल स्वयंमसेवी रक्तदाता समाज नेपालको दोलखा कार्यालयको  सहकार्यमा खुल्ला रक्तदानका साथै गत आर्थिक वर्षको कारोबारको आधारमा प्रदान गरिने बिभिन्न सम्मान तथा पुरस्कार घोषणा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले साकोस आवाजलाई जानकारी दिनुभयो । संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको सभापतित्व तथा भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा नेफ्स्कुन संचालक सदस्य तथा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का महासचिव जिबसराज खड्का, स्वास्थ्य कार्यालय चरिकोट, दोलखाका प्रमुख बिभु कुमार झा, जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाई, संस्थापक अध्यक्ष रामदाश श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्ण प्रसाद पोखरेल, नेपाल स्वयंमसेबी रक्तदाता समाज दोलखा शाखाका अध्यक्ष श्याम गौतम, पत्रकार, संस्थाका पदाधिकारी, संचालकहरु, उपसमितिका सदस्यहरु, रक्तदाताहरुका साथै कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथिले ब्लड ब्याग हस्तारन्तरण गरेर विधिवत् उद्घाटन गर्नु भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सरुणा बस्नेत (श्रेष्ठ) ले स्वागत मन्तब्य राख्नुभएको थियो । नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले २०५० सालभाद्र ७ गते स्थापित साकोसले उल्लेख्य सफलता प्राप्त गर्दै गईरहेको र आगामी दिनहरुमा पनि थप सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि नगर प्रमुख केसीले विषम परिस्थितमा संस्थाले गरेको सामाजिक कार्यको उच्च मूल्याङ्कन गर्दै २८ जना रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । साथै उहाँले आज सम्मान र पुरस्कार घोषितहरुलाई बधाई समेत दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाका बिभिन्न गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा विभिन्न विधामा व्यक्ति तथा संस्था गरी ३० जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिने घोषणा आज गरिएको थियो । घोषित सम्मान तथा पुरस्कार संस्थाको आगामी साधारण सभामा प्रदान गरिने साकोसका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी गराउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप