सहकारी व्यवस्थापक विषयको परिचयात्मक कक्षा सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी व्यवस्थापक विषयको परिचयात्मक कक्षा सञ्चालन

काठमाडौं, भदौ ९ । नेफ्स्कूनले सहकारी व्यवस्थापक विषयको भर्चुअल परिचयात्मक कक्षा सञ्चालन गरेको छ । आज अनलाईनमार्फत शुरु गरिएको सहकारी व्यवस्थापक कोर्षको परिचयात्मक सत्रमा १९ जना प्रशिक्षार्थीहरु सहभागी हुनुभएको थियो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धन प्राप्त सहकारी व्यवस्थापक कोर्षमा पहिलो चरणमा नेफ्स्कूनले २० जनालाई प्रवेश परीक्षामा छनौट गरी कक्षा सञ्चालनको तयारी गरेको हो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी व्यवस्थापक विषयक कक्षा सञ्चालनको परिचयात्मक सत्रमा सहभागी प्रशिक्षार्थीहरुलाई स्वागत गर्नुभएको थियो । नेफ्स्कूनले शुरुवात गरेको यो पहिलो चरणको पठनपाठन तपाईँहरुको सफलतासँगै नेफ्स्कून र समग्र अभियानको सफलतासँग जोडिएको छ,  यसलाई संस्थागत गर्ने ढंगले अगाडि बढ्नसक्नुहोस्  भनी शुभकामना व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका महासचिव एवम् शिक्षा तथा स्रोत केन्द्र उपसमितिका संयोजक दामोदर अधिकारीले हजारौ माइलको यात्रा एक पाइलाबाट शुरु हुने उदाहरण प्रस्तुत गर्दै नेफ्स्कूनको शिक्षा तथा तालिमको इतिहासमा सहकारी व्यवस्थापक कोर्ष पहिलो पाइला रहेको बताउनुभयो । सहभागी प्रशिक्षार्थीहरु सहकारीका विभिन्न क्षेत्रमा अनुभवी हुनुहुन्छ र यो कोर्षप्रति उत्साही पनि हुनुहुन्छ, तपाईहरु आफूसँग भएको सीप, श्रोत र साधनलाई यसैमा लगाएर दक्ष जनशक्तिको रुपमा विकास गर्न लागि पर्नुहोस्, प्रशिक्षार्थीहरुको अपेक्षालाई हरहालतमा पुरा गर्न सहजकर्ता र आयोजक यसप्रति पूर्ण विश्वस्त छ । नेफ्स्कूनको पहिलो व्यवस्थापक प्रमाणिक कोर्षमा सहभागी प्रशिक्षार्थीहरु नेपालको सहकारी अभियानमा सँधैभरी अग्रणी पहिचान स्थापित गर्न सफल बन्नुहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले शिक्षा तथा तालिमको माध्यमबाट सहकारी अभियानमा दक्ष जनशक्ति निर्माणमा सहकारी व्यवस्थापक कोर्ष कोशेढुंगा सावित हुने बताउनुभयो । सिकाई निरन्तरको प्रक्रिया हो, दीगो वित्तीय सहकारी निर्माण गर्न, दक्ष सीपयुक्त जनशक्ति विकास गर्न र सहकारीमा युवा जनशक्ति निर्माण गर्न तालिम उपयुक्त हुने विश्वास लिइएको बताउनुभयो ।  

६ सय घण्टाको छोटो अवधिको तालिम अन्तर्गतको सहकारी व्यवस्थापक कोर्ष कम्तिमा ९ महिनाको अवधिमा सम्पन्न हुनेछ । नेफ्स्कून र सीटीईभीटीले तयार पारेको पाठ्यक्रममा सहकारी परिचय, योजना निर्माण, सुशासन, भौतिक व्यवस्थापन, वित्तीय व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन, बस्तु तथा सेवाको विकास, प्रवर्द्र्धन र बजारीकरण, जोखिम व्यवस्थापन गरी १५ वटा विषयहरु तय गरी सैद्धान्तिक र व्यावहारिक पाठ्यभार छुट्याईएको छ ।

नेफ्स्कूनका प्राचार्य गणेश तिमल्सिनाले सहकारी व्यवस्थापक कोर्षको पाठ्य संरचना सम्बन्धी प्रस्तुतीकरण र बरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिनाले परिचयात्मक सत्र सहजीकरण गर्नुभएको थियो । भर्चुअल कक्षामा सहभागी प्रशिक्षार्थीहरुले सहकारीको पृष्ठभूमिसहित आआफ्नो परिचय प्रस्तुत गर्नुभएको थियो भने सहकारी व्यवस्थापक तालिमको माध्यमबाट प्राप्त ज्ञान सीपले संस्थालाई स्तरीय, प्राविधिमैत्री र गुणस्तर प्रमाणिकृत बनाउन सबल व्यवस्थापकीय नेतृत्व हासिल हुनेमा विश्वस्त रहेको धारणा व्यक्त गर्नुभएको थियो । कोभिड १९ महामारीको विषम् परिस्थितिका कारण नेफ्स्कूनले सहकारी व्यवस्थापक कोर्षको भर्चुअल कक्षा सञ्चालनको तयारी गरेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप