अझै सकुशल सहकारिताको भावना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अझै सकुशल सहकारिताको भावना

(विश्व ऋण परिषद्–ओकु का वकालत सम्बन्धी बरिष्ठ उपाध्यक्ष एन्ड्रियु टी प्राइसको यो आलेखको सान्दर्भिकता चुलिएको परिप्रेक्ष्यमा सहकारी र बचत तथा ऋण सहकारीकर्मीहरुका लागि पठनीय खुराक ठानेर यहाँ प्रस्तुत गरिएको छ । रञ्जनमणि पौड्यालले भावानुवाद गर्नुभएको यो आलेखमा व्यक्त सीईओको नाम लेखकद्धारा नै नखुलाइएको हो ।  –सम्पादक )

अमेरिकामा बचत तथा ऋण सहकारी संस्थाका एक जना प्रमुख कार्यकारी अधिकृत (सीइओ) ले अभियानमा ४२ वर्ष काम गरेपछि अवकाश लिने निर्णय गर्नुभयो । सन् १९९८ मा अमेरिकी राजधानी वासिङ्टन डिसीको एक घाँसे मैदानमा उभिएका उहाँ करिब १२ वर्षपछि त्यसरी बिदाइ लिन हकदार पनि हुनुहुन्थ्यो किनकि उहाँले अमेरिकी बचत तथा ऋण सहकारी अभियानको संरक्षणका साथै आफ्नै बचत तथा ऋण सहकारीलाई समुदायको आधारस्तम्भको रुपमा परिचित गराउन सकारात्मक भूमिका निर्वाह गर्नुभएको थियो । अमेरिकी संसद कंग्रेसबाट एच.आर ११५१ विधेयक पास गराउने पक्षमा उहाँले आफ्नो पद र प्रतिष्ठाले भ्याएसम्म निरन्तर वकालत र बहसपैरवी गर्नुभएको थियो ।

सन् १९९८ को अगष्ट ७ मा तत्कालिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले ओभल अफिसमा एउटा कानूनमा हस्ताक्षर गर्नुभयो जसलाई एच.आर ११५१ को रुपमा चिनिन्छ । उक्त विधेयकले कानूनी मान्यता प्राप्त गरेसँगै अमेरिकामा बचत तथा ऋण सहकारी अभियानको फैलावटमा अत्यन्त सकारात्मक भूमिका खेलेको मानिन्छ । बचत तथा ऋण सहकारीहरुको सदस्य क्षेत्राधिकारमा संकुचन हुने गरी त्यहाँको सर्वोच्च अदालतले केही समयअघि गरेको एउटा विवादास्पद फैसलाको पृष्ठभूमिमा एच.आर विधेयकको चर्चा चुलिएको थियो ।

“बैंक भर्सेज क्रेडिट युनियन” को त्यो विवादमा बैंकहरुको पक्षमा फैसला सुनाउने सर्वोच्चको उक्त निर्णयको अमेरिकाभर बचत तथा ऋण सहकारी मात्र नभई अन्य सहकारी संंघ संस्थाहरुले समेत सहयोग र सहकार्यका जगमा एकताबद्ध भएर शान्तिपूर्ण, सभ्य तर भव्य विरोध जनाए । हजारौं बचत तथा ऋण सहकारीका लाखौं सदस्यहरुको हस्ताक्षर अभियान चलाइयो । उनीहरुले राजधानी वासिङ्टन लगायत विभिन्न शहरमा विरोध प्रदर्शनहरु आयोजना गरे । खासमा उनीहरुले अमेरिकी संसद अर्थात् कंग्रेसलाई बचत तथा ऋण सहकारी संघ संस्थाहरुको सदस्यता क्षेत्र विस्तारको मार्ग प्रशस्त गर्ने कानून निर्माणका लागि दबाब स्वरुप सर्वोच्चको फैसला विरुद्ध त्यस प्रकारका विरोधका कार्यक्रमहरु आयोजना गरेका थिए ।

अन्ततः जनअपेक्षा अनुरुप कानून निर्माणको लागि एच.आर ११५१ विधेयक कंग्रेसमा प्रस्तुत भयो । उक्त विधेयकमाथि भएको मतदानमा संसदको तल्लो सदन अर्थात् प्रतिनिधि सभामा पक्षमा ४ सय ११ र विपक्षमा ८ तथा माथिल्लो सदन अर्थात् सिनेटमा पक्षमा ९२ र विपक्षमा ६ मत खस्यो । अमेरिकी संसद कंग्रेसको प्रतिनिधि सभाको कुल ४ सय ६१ तथा सिनेटको कुल १ सय सदस्यीय सीटमा विधेयकको विपक्षी खेमा प्रभावहीन रह्यो । संसदबाट यस किसिमको नतिजाको पूर्वसंकेत वासिङ्टन र अन्य सहरहरुको बढ्दो विरोध प्रदर्शनमा व्यक्त जनमतले दिइसकेको थियो । संयोगवश यही अगष्ट ७ अर्थात् २० दिनअघि उक्त विधेयक पास भएको २२ वर्ष पूरा भएको छ ।

ती सीइओ मेरो गुरु (मेन्टर) सरह हुनुहुन्थ्यो । उहाँले आफ्नो बचत तथा ऋण सहकारी संस्था कुशलतापूर्वक व्यवस्थापन गरेको हेर्ने अवसर मलाई प्रदान गर्नुभएको थियो । अमेरिकी कंग्रेसमा उक्त विधेयकको पक्षमा वकालत गर्दै नियमनको पाटोलाई दरिलो बनाउन संसदको ध्यानाकर्षणका साथ सदस्य र समुदायको हितको लागि उहाँले गरेको काम प्रत्यक्ष अवलोकनको मौका मैले पाएको थिएँ ।

एच.आर ११५१ विधेयकका रुपमा संसदमा पेश हुँदै गर्दा अमेरिकी बचत तथा ऋण सहकारी अभियानलाई ओरालो लगाउन युद्धस्तरमै लागिपरेका एक जना नाम चलेका बैंकरले आफ्नो करिअरको अन्त्यतिर मेरा मेन्टरलाई छुट्टै भेटेर उहाँले अवकाश लिदै गरेको खबरले आफुलाई दुःखित तुल्याएको बताएका थिए । साथै उनले के पनि भन्न छुटाएनन् भने मेरा गुरुको बचत तथा ऋण सहकारीले समुदायलाई पु¥याएको योगदान अतुलनीय थियो । मेरा गुरुका लागि मात्र होइन जो कोही व्यक्तिका लागि पनि एक कट्टर विपक्षीबाट प्राप्त हुने यो सबैभन्दा ठूलो प्रशंसा थियो । भलै त्यो प्रशंसा उहाँकै अघि मात्र गरिएको थियो । पछि गुरुबाट यी कुराहरु सुनेपछि मलाई लाग्यो– ‘यदि मैले यो क्षेत्रमा सफलता हात पार्नु छ भने, मेरो मेन्टरका शब्दहरुलाई ध्यानपूर्वक लिनुपर्छ ।’

सन् २०१० मा अवकाशका समय मेरा गुरुले गरेको सम्बोधन (रिटायरमेन्ट स्पीच) मा उहाँले बचत तथा ऋण सहकारीका लागि आवश्यक सहकारी सिद्धान्तहरुको चर्चा गर्नुभयोः
१. स्वेच्छिक सदस्यता
२. सदस्यको प्रजातान्त्रिक नियन्त्रण
३. सदस्यहरुको आर्थिक सहभागिता
४. स्वायत्तता तथा स्वतन्त्रता
५. शिक्षा, तालिम तथा सूचना
६. सहकारीहरुबीच सहकार्य
७. समुदायप्रति चासो

गुरुले यी सिद्धान्तहरुबारे सम्बोधन गर्दैगर्दा सबैभन्दा जोड उहाँले छैठौं सिद्धान्तलाई दिनुभयो । उहाँले  भन्नुभयो, ‘यस क्षेत्रमा काम गर्दै जाँदा हामीले सहकारी भावना तथा संस्कृति हराउँदै गएको र प्रतिस्पर्धी भावनाले छैठौंं सिद्धान्तलाई उछिन्न खोजको वा ओझेलमा पारेको जस्तो लाग्छ ।’ उहाँले  आफ्नो सम्बोधनमा व्यक्त गरेको चासो अझै पनि म झल्झल्ति सम्झन्छु । अहिलेको विषय परिस्थितिमा यसै क्षेत्रमा काम गरिरहँदा मैले गुरुको उक्त भावनालाई अझ बढी नै हेक्का राख्नुपर्छ भन्ने बुझ्न थालेको छु ।

कोभिड–१९ को महाव्याधिले हामीलाई धेरै समस्याहरु थपेपनि सहकार्य वा सहकारिताको भावना हामीमा अझै मरेको छैन वा सकुशल छ भन्दा मलाई गौरव अनुभूति हुन्छ । एशिया, अफ्रिका, उत्तर अमेरिका, अष्ट्रेलिया, युरोप लगायत सबै महादेशका मुलुकहरु यो विषम परिस्थितिमा जुम एप्लिेकशेनमार्फत आफ्ना नियमनकारी निकायहरु, रणनीतिक साझेदारहरु, वस्तु तथा सामान बिक्रेताहरु आदि सम्बद्ध सबै पक्षहरुसँग जोडिएर एक अर्कालाई कसरी सहयोग पुर्याउन सकिन्छ भनी लागिपरेका छन् । यस्ता धरै भर्चुअल भेटघाटहरु अझै धेरै आयोजना गरिदैछन्, सहयोग र सहकारिताका लागि । यस्ता सत्प्रयासहरुले हामीलाई विद्यमान संकटबाट त्राण पाउन मद्दत गर्नेछन् । कृपया यस्ता प्रयासहरुलाई निरन्तरता दिउ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप