यसरी सम्पन्न गर्यो इफकोले साधारण सभा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
यसरी सम्पन्न गर्यो इफकोले साधारण सभा

भारतमा अवस्थित विश्वको सबैभन्दा ठूलो मल सहकारी–भारतीय किसान उर्वरक सहकारी लिमिटेड (इफको) ले ४९ औं वार्षिक साधारण सभा हिजो सम्पन्न गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणकाबीच साधारण सभाका विधि र प्रक्रियाका सम्बन्धमा नेपाल र भारतसँगै विश्वभर बहस चलिरहँदा इफकोले भने हाइब्रिड मोडलबाट साधारण सभा सम्पन्न गरेको छ । भारतीय अहिंसात्मक स्वतन्त्रताका अगुवा महात्मा गान्धीको स्मरण एवम् वार्षिक प्रतिवेदन समेत उहाँलाई नै समपर्ण गर्दै इफकोले बुधवार साधारण सभा आयोजना गरेको हो । यो वर्ष पनि इफको विगतका १९ वर्षमा झै आफ्ना सेयर सदस्यहरुलाई २० प्रतिशत लाभांश प्रदान गर्न सफल भएको छ । 

सन् १९६७ मा ५७ सहकारी समितिहरु मिलेर स्थापित इफकोमा आज ३६ हजार भन्दा बढी सहकारी समितिहरु प्रत्यक्ष आबद्ध छन् भने उनीहरुमार्फत ५५ करोड किसानहरुले सेवा प्राप्त गरेका छन् । किसानहरुका लागि आवश्यक मल उत्पादन र बिक्रीको प्रमुख कायसँगै बीमा र ग्रामीण दूरसञ्चारको क्षेत्रमा समेत हात हालेको इफको भारतीय सहकारी संघको पूर्ण स्वामित्वमा सञ्चालित छ ।

प्रविधिको सहयोगमा सञ्चालित कोभिड–प्रभावित यो पटकको साधारण सभा धेरै अर्थमा फरक रह्यो । भौतिक तथा अभौतिक दुवै माध्यमको सम्मिश्रण–हाइब्रिड मोडलमा पहिलो पटक सञ्चालित सभाका लागि विभिन्न राज्यका १ सय १२ स्थानमा प्रतिनिधिमूलक सहभागिताको व्यवस्था मिलाइएको थियो । राजधानी दिल्लीस्थित इफको मुख्य कार्यालयको जिम्मा भने संस्थाका ३ प्रमुख व्यक्तिहरु– अध्यक्ष, उपाध्यक्ष र प्रबन्ध निर्देशकले लिनुभएको थियो । साधारण सभा साढे ३ घन्टामा सकिएको थियो ।

साधारण सभाका लागि आवश्यक १ सय ६७ जना प्रतिनिधिमूलक सेयर सदस्यकोे गणपुरक संख्या पुग्न केही समय कठिन भएको थियो । हिजो बिहान ११ बजे केवल ५७ जना प्रतिनिधि मात्र सहभागी भएपछि आधा घन्टा सभा स्थागित गरिएको थियो । पुनः आधा घन्टा रोकिएपछि अध्यक्षको अनुमति लिएर मध्यान्ह १२ बजे  कार्यक्रम शुरु भएको थियो । भौतिक रुपमा मुख्य कार्यालयमा ५७ जना सदस्य सहभागी थिए भने सबै राज्यहरुको प्रतिनिधित्व हुने गरी करिब ७ सय २९ प्रतिनिधिहरु जुम एप्लिेकेशन मार्फत जोडिएका थिए । यसरी दुवै माध्यमबाट गर्दा इफकोको प्रतिनिधिमूलक उपल्लो निकाय–आरजीबीको हाल कायम सदस्य संख्याको  ९५ प्रतिशत सहभागिता साधारण सभामा पुगेको इफकोले जनाएको छ । यो पटकको साधारण सभामा राष्ट्रिय एकता झल्काउन स्थानीय भेषभूषा र भाषाको समेत प्रयोग गरिएको थियो ।

आफ्नो सम्बोधनमा अध्यक्ष बी. एस. नकईले इफकोको अघिल्लो वर्ष प्राप्त गरेका उपलब्धिहरुको चर्चा गर्दै त्यसका लागि सबैलाई धन्यवाद दिनुभएको थियो । इफकोको उन्नतिका लागि कार्यकारी निर्देशक र उहाँको व्यवस्थापन समूहले गरेको कामको समेत अध्यक्षले प्रशंसा गर्नुभयो । संकटको समयमा पनि इफकोले उत्पादन र मुनाफामा विगतका उपलब्धिहरुलाई उछिन्दै किर्तिमान बनाएको भन्दै  प्रतिनिधिहरुले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा इफकोका कार्यकारी निर्देशक डा. यू एस अवस्थीले महात्मा गान्धीले भारतको स्वतन्त्रताको लागि सहकार्यमा जोड दिएका कारण यो पटकको साधारण सभामा उहाँप्रति बिशेष रुपमा समर्पण गरिएको बताउनुभयो । त्यसैगरी, इफकोले गान्धीले सत्याग्रह शुरु गरेको राज्य बिहारबाट आगामी अक्टोबर २ मा १ लाख ५० हजार स्थानमा त्यति नै कृषकहरुलाई संस्थाले उत्पादन गरेको नानो मल वितरण गर्ने जानकारी दिनुभयो । अवस्थी विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोब्र्सले प्रकाशित गरेको भारतका ५० प्रभावशाली व्यक्तिको सूचीमा समेत पर्न सफल भएका छन् । इफकोको साधारण सभामा २५ जना भन्दा बढीले विचार राख्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप