आइसोलेसन भवनका लागि सिन्धु साकोसको सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आइसोलेसन भवनका लागि सिन्धु साकोसको सहयोग

सिन्धुली, भदौ १३ । कमलामाई नगरपालिका–६ धुराबजार सिन्धुली स्थित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले अनुदान सहयोग बचत अभियान सञ्चालनमा ल्याएको छ । सोही अभियान अन्तर्गत संस्था, सदस्य र कर्मचारीहरु मार्फत कोभिड आइसोलेसन भवन निर्माणका लागि रु. ५५ हजार ५ सय ५५ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

सदस्यले आफ्नो सुनिश्चित भविश्यको लागि मात्र हैन सामाजिक उत्तरदायित्व वहन शीर्षकमा पनि खर्च गर्नुपर्ने हुँदा सहयोग तथा चन्दा दानका लागि नियमित वचत अभियान चलाएको ल्याएको हो । व्यक्तिगत तथा सामाजिक सहयोग गर्न मन भए पनि भनेको समयमा धन साथमा नहुने भन्दै सदस्यहरुलाई सहयोगका लागि बचत अभियान शुरु गरिएको संस्थाले जनाएको छ । नियमित रुपमा आम्दानीको  थोरै थोरै रकम जम्मा गर्दै गएमा इच्छा लागेको वखत  झिकेर अनुदान गर्न सकिने अवधारणा सहित संस्थाले यो सहयोगी वचत खाता सञ्चालनमा ल्याएको हो ।

संस्थाले परोपकारी कामका लागि कम्तिमा कमाईको १ प्रतिशत संचित गर्दै जानु पर्छ भनेर अभियान नै सुरु गरेको छ ।  सुरुमा सञ्चालकहरुमा सिमित रहेको यो सहयोगी खाताको महत्व सहयोगी मन भएका अन्य धेरै सदस्यहरुले वुझ्न थालेका छन् ।

संस्थाले सहयोगी मन भएका सदस्यहरुको मागलाई ध्यानमा राखी यो सेवा विगतका वर्षहरुदेखि सञ्चालनमा ल्याएको हो । उक्त खातामा सहभागिता जनाउँदै ३६ जना खातावालहरुको हाल सम्म रु. २ लाख ४६ हजार ३ सय ९९ जम्मा भएको संस्थाका व्यवस्थापक अमिर वस्नेतले जानकारी दिनुभयो । यो नितान्त सदस्यको वचत हो यसलाई सदस्यको मन्जुरी विना कसैलाई दिन  मिल्दैन र यस्लाई सदस्यले आफ्नो इच्छा अनुसार झिकेर वितरण गर्न सकिने उहाँले बताउनुभयो ।

उक्त खातावाला मध्य २६ जना सदस्यहरुले प्रति व्यक्ति रु. १ हजारका दरले कोभिड संक्रमितको उपचार का लागि निर्माण शुरु गरिएको कोभिड अस्पताल सिन्धुलीलाई दिनुभएको व्यवस्थापक बस्नेतले जानकारी गराउनुभयो । सिन्धु वचत तथा ऋण सहकारी संस्थाका सहयोगी वचत खाताका खाताधारी सदस्यहरु २६ जनावाट २६ हजार, संस्थाको सामाजिक विकास कोष अन्तरगतको आ.व. २०६७।७७ को मौज्दात रमक वाट खर्च  गरी रु. २५ हजार र संस्थामा कार्यरत ६ जना कर्मचारीहरुको सहयोग रु. ४ हजार ५ सय ५५ सहित जम्मा रु. ५५ हजार ५ सय ५५ निर्माणाधिन अस्पताल भवनलाई सहयोग गरिएको बस्नेतले जानकारी गराउनुभयो ।   

सञ्चालक समितिको शुक्रवार आयोजित नियमित वैठक पश्चात उक्त रकम वरावरको चेक आईसोलेसन निर्माण उपभोक्ता समितिका सदस्य अम्ररेश चन्द्र वैदारलाई हस्तान्तरण गरिएको थियो । सिन्धुलीमा कोरोना संक्रमितको संख्या दिनानुदीन वढीरहेको वर्तमान अवस्थामा सिन्धुली जिल्लाको क.न.पा. ६, शिवनगरमा वन्दै गरेको आईसोलेसन भवनका लागि सहकारीको यो कल्याणकारी कदमको प्रशंसा गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष एवं  आईसोलेसन निर्माण उपभोक्ता समितिका सदस्य अम्ररेश चन्द्र वैदारले यो अनुकरणीय प्रसायलाई सवैले अनुसरण गर्न समेत आग्रह गर्नुभएको छ ।  

 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

पाठकबाट थप