व्यवसायसँगै सेवाभावले उदाहरणीय बनिन् नमुना 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवसायसँगै सेवाभावले उदाहरणीय बनिन् नमुना 

काठमाडौं, भदौ १२ । कोभिड १९ महामारीले विश्व नै हायल कायल भैरहेको विद्यमान परिस्थितिमा चितवनकी नमुना पौडेल भने सफल व्यवसायी सावित भएकी छन् । चितवनस्थित प्रभात दिदीबहिनी साकोसकी सदस्य नमुना पौडेलले विद्यमान परिस्थिति र समयको माग अनुरुप आफ्नो व्यवसायमा बैकल्पिक बाटो अवलम्बन गर्दा आज एक सफल व्यवसायी मात्र नभएर सामाजिक सेवालाई समेत एकसाथ अगाडि बडाउन सफल भएकी हुन् । नेपालमा कोभिड १९ संक्रमणको जोखिम बढेसगै चैत्र ११ गतेदेखि लकडाउन शुरु भयो । लकडाउनसँगै सम्पूर्ण पसल व्यवसायहरु बन्द भए । एकाएक मानिसहरुको चहलपहल घट्यो ।  चितवन, भरतपुर १० स्थित हस्पिटल रोड छेउमा विगत १० बर्षदेखि उनले सञ्चालन गर्दै आइरहेको नमुना लेडिज टेलर्स बन्द हुने अवस्था आयो । उनलाई लाग्यो पसल बन्द गरेर के गर्नु, पसलमा काम गर्ने ४ जना कर्मचारीहरुलाई कता पठाउनु । यसैबीच उनको दीमागमा एउटा विचार आयो र तुरुन्तै आफ्नो फेसबुक पेजमार्फत नमुना लेडिज टेलर्सबाट उत्पादित मास्क आवश्यक हुनेले सम्पर्क गर्नुहोला भनी पोष्ट गरिन् । 
 
फेसबुक पेजको सूचनापाएर एक मेडिकल सञ्चालकले तत्कालै ५ सय थान मास्क अर्डर गरे । उनी अत्यन्त खुसी भएको सुनाउँदै भन्छिन, “अब काम रोकेर बस्नुपर्ने भएन भन्ने लाग्यो, त्यसले मलाई निकै हौसला पनि बढ्यो ।”

मास्क निर्माणको लागि उनी तुरुन्तै नारायणगढ बजारमा कपडा खरिद गर्न निस्किन् । भनेजस्तो कपडा शुरुमा भेटिनन् । भोलिपल्टै अडर्र पुरा गर्न नसक्ने जानकारी गराइन् । तर मेडिकल सञ्चालकले एक दुइ दिनमा भएपनि हुन्छ भन्नेपछि भोलिपल्ट कपडा खरिद गरिन् र निलो कपडाको बाहिरी र सेतो भित्रि राखेर मास्क तयार गरिन् । २ सय ५० रुपैंया मिटरको कपडा किनेर मास्क तयारी गर्दा प्रति मास्क २५ रुपैंया मूल्य कायम गरिन् । दुई दिनमा पहिलो अर्डर पुर्याइन, त्यसपछि साना ठूलो परिणामको अर्डर निरन्तर आइरह्यो । दिनभर कटिङ उनी आफै गर्ने र कामदारहरुले सिलाउने गर्दा शुरुका दिनमा एक कामदारले ५० पिस तयार गर्न धौ धौ हुनेगरेको तर अहिले अभ्यस्त बन्दै गएपछि एक कामदारले दैनिक ५०० पिस तयार गर्न सकेको  उनी बताउँछिन् । 

शुरुका दिनमा प्रति पिस २५ रुपैंयामा विक्रि गरेको मास्क क्रमश मूल्य कम गर्दै अहिले १० रुपैंयामै बेच्न थालेकी छन् । पछि कपडा पनि केही सरल मूल्यमा पाइएको र उत्पादन लागत कम हुँदै गएकोले सस्तोमा दिएको र  नाफामुखी भन्दापनि सेवाको भावनाले पछिल्ला दिनहरुमा मास्क विक्रि वितरण गरेको उनी बताउँछिन् । उनी भन्छिन्, “मैले तयार गरेका मास्क विक्रिको भावनाले भन्दा पनि सेवाको भावनाले गरेकी छु । विभिन्न ठाउँहरुमा गएर मास्कको प्रयोग नगरेका व्यक्ति, मजदुर लाई छोड्ने गरेको र पसलबाट पनि आवश्यक परेका व्यक्तिहरुलाई सित्तैमा लैजान अनुरोध गरेकी छु ।” 
 
आफ्ना हरेक सफलतामा भरतपुर १० का स्थानीय टोलबासीको सहयोग रहेको पनि उनी वताउँछिन् । टोलका २२/२३ जना दिदीवहिनीहरुसहित एकसाथ गएर प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थामा सदस्य बनेकी नमुनाले सहकारीबाट सँधै आमाको जस्तै माया पाएको उनले बताइन् । उनी भन्छिन्, “हरेक काममा सहकारीले सहयोग गरेको छ, स्थानीय दिदीवहिनीहरुको पनि म प्रति त्यत्तिकै विश्वास छ, सहकारीले पनि मलाई असल ऋणिको रुपमा हेरेको छ ।”

प्रभात दिदीवहिनी साकोसका पूर्व अध्यक्ष, वर्तमान सञ्चालक एवम् नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी (ढकाल) भन्नुहुन्छ, “यस सहकारीकी सदस्य नमुना पौडेल एक कुशल उद्यमी हुनुहुन्छ, उहाँले महामारीको यो विषम् परिस्थितिमा पनि व्यावसायिक सफलता सँगै सामाजिक सेवा र समाजप्रतिको एक नागरिकको कर्तव्य कुशलतापूर्वक निभाउनुभएको छ । नमुनाको व्यावसायिक सफलतासँगै समाजप्रतिको सेवाभावनाबाट सम्पूर्ण सहकारीका सदस्य महिला दिदीबहिनीहरुमा पनि प्रेरणा मिलेको मैले महशुस गरेकी छु ।” 

नमुनाले ठूलो सानो अर्डर अनुसारको मास्क विक्रि गरिन । उनले हालसम्म ६० हजार मास्क विक्रि गरेर १२ लाख आम्दानी गरिन् । सम्पूर्ण लागत कटाउँदा ५ महिना घर खर्च चलाउन सहज भयो, उनले बताइन् । उत्पादित सबै मास्क उनले विक्रि मात्र गरिनन्, विभिन्न ठाउँमा पुगेर निशुल्क मास्क वितरण गर्ने उनको दिनचर्या नै बन्यो । बाटोमा मास्क नलगाई हिडेका बटुवा देखि लिएर नारायणी तिरमा पालपुनि बसेका, असारमा खेतबारीमा काम गर्दै गरेका, दिनदुखी, मजदुर, सडक पेटीमा बसिरहेका व्यक्तिहरु, बृद्धाश्रम, देवघाटधाम, कारागार, अनाथालय, अस्पताल लगायत विभिन्न ठाउँमा पुगेर आफँै मास्क वितरण गरिन् । भरतपुर क्यान्सर अस्पतालमा उपचाररत विरामीका कुरुवालाई मास्क वितरण गर्न जाँदा विरामीका कुरुवाहरुले आँफूहरुले ५ महिनामा नयाँ लुगा देखेको भन्दै दिएको आशिर्वादले भावुक बनाएको उनी बताउँछिन् । आज पनि उनको टेलर्सबाट दैनिक १५ सय मास्क तयार हुन्छ । टेलर्समा काम गर्ने बहिनीहरु पनि निकै खुसी छन् । उनी भन्छिन, “प्रत्येक दिन साँझ ५ बजेपछि २÷३ सय मास्क स्कूटरको डिक्कीमा राखेर हिड्छु,  दीनदुखी, मजदुर र बाटोमा मास्क नलगाई हिडेका जोकोहीलाई आफ्नै हातले मास्क वितरण गर्न पाउँदा अत्यन्त खुसी छु । ६ हजारभन्दा बढी मास्क आफ्नै हातले वितरण गरेँ ।” 

पछिल्लो  समय उनले एकजना डाक्टरको सल्लाह बमोजिम बाहिरी कपडा सिल्क र भित्र मखमलको कपडा राखेर दुइपत्रे मास्क तयार गरेकी छन् । यो मास्क धोएर तीन चार महिनासम्म प्रयोग गर्न मिल्छ भने सिल्कको कपडा सुरक्षाका हिसाबले पनि राम्रो रहने सम्बन्धित डक्टरको सल्लाह रहेको उनी बताउँछिन् ।  

जन्मघर र कर्मघर दुबै लमजुङ जिल्ला रहेको बताउने नमुनाले जिल्लाका साथीभाई, आफन्तहरुलाई पनि निशुल्क मास्कको बन्दोबस्त मिलाइदिएकी छन् । आफूले पढेको लमजुङ सुन्दरबजारस्थित आदर्श बाल माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई ५ सय थान मास्क वितरणका लािग तयारी गरेको र लकडाउन खुकुलो भएसँगै विद्यार्थीहरुका लागि मास्क उपलक्ध गराउने योजना रहेको पनि उनले सुनाइन् । लकडाउनको समयमा मास्क तयार गर्ने र विक्रि वितरण गर्ने मात्र नभएर दीन दुखी र गरिबहरुलाई केही छाक खाना खुवाएको, गाई, बाँदरहरुलाई खानेकुरा खुवाउने गरेको पनि उनले बताइन् ।  
 
नमुनाको तीन जनाको परिवार छ ।  श्रीमान निजी विद्यालयका शिक्षक हुनुहुन्छ भने एक छोरा कक्षा १२ मा अध्ययनरत छन् । टेलर्स को काम सुरु नगर्दा उनी पनि निजी विद्यालयमा शिक्षक पेशामै थिइन् । तलब सुविधा राम्रो नहुने, समयमा नदिने । खान पनि धौधौको अवस्था भएको उनी सम्झिन्छिन । समस्यै समस्याले आफै केही गर्नुपर्छ भन्ने सिकायो र आज यो अवस्थामा आइपुग्नुमा दुख नै मेरो सफलता हो उनी भन्छिन् ।  

सेवा नै धर्म हो । विश्वव्यापी महामारीको समयमा हामी सबैले आआफ्नो ठाउँबाट जे सक्छौं त्यो गर्ने अठोट गर्यौ भने पक्कै पनि समस्यामा परेका व्यक्तिहरुलाई थोरै मात्रै भएपनि राहत मिल्ला कि !

कुराकानीमा आधारित ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप