सदस्य सेवा सुधारका तरिकाहरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवा सुधारका तरिकाहरु

 

स्टीभ म्यालोनी

(म्यालोनी अमेरिकाको सीङ्क–1 सिस्टम नामक बचत तथा ऋण सहकारी अर्थात् क्रेडिट युनियनका अध्यक्ष एवम् सीइओ हुन् । उनीसँग वित्तीय संस्था त्यसमा पनि क्रेडिट युनियनका सूचना प्रविधि सम्बन्धी समस्याहरु सम्बोधनका क्षेत्रमा २० वर्ष भन्दा बढी काम गरेको अनुभव छ । उनको कार्यालय अमेरिकाको टेक्सस् राज्यको राजधानी अस्टिनमा अवस्थित छ । )

 

 

 

 

 

 

 

त्यस्तो कुनै व्यवसाय छैन जसले आफ्ना सदस्य वा ग्राहकको सेवाको महत्वलाई कम आक्लान् । तथ्याङ्कहरुले के बताउँदछन् भने प्रभावकारी सदस्य सेवाले संस्थाको मुनाफामा ४–८ प्रतिशत वृद्धि गर्दछ । ९६ प्रतिशत सदस्यहरु गतिलो सदस्य सेवाकै कारण आफुले रोजेको ब्रान्ड वा संस्था प्रति वफादार हुन्छन् । वित्तीय क्षेत्रले आफ्ना सदस्यहरुलाई उच्चकोटीको सेवा प्रवाह गर्नु अनिवार्य सर्त जस्तै हो । तीब्र प्रतिस्पर्धाको आजको समयमा व्यवसायलाई टिकाइरहने मुल मन्त्र भनेकै सदस्य सेवा हो । प्रविधिको सहजता र बढ्दो उपयोगितासँगै सदस्यहरुमा पनि नवीनताको पहुँच सम्भव हुँदै गएको छ । त्यसैकारण सदस्यहरुमा वस्तु तथा सेवा उपभोगका विषयमा थुप्रै रोजाइहरु उपलब्ध छन् । बचत तथा ऋण सहकारीहरु त झन् सदस्य केन्द्रित संस्था भएकाले सदस्यहरुलाई कसरी बढी भन्दा बढी र नवीन प्रविधियुक्त सेवा प्रदान गर्न सकिन्छ भनेर उनीहरुले निरन्तर आफुलाई सुधार गर्दै लानुपर्दछ । यहाँ क्रेडिड युनियनहरुले लागू गर्न सक्ने केही सर्वोत्तम अभ्यासहरु प्रस्तुत गरेको छुः

समूह (टीम) लाई प्राथमिकता र विश्वास
कर्मचारीहरु क्रेडिट युनियनका अनुहार हुन् । तपाईको क्रेडिट युनियनसँग भएका पहिला राजदूत हुन् कर्मचारीहरु । तपाईको संस्थालाई कर्मचारीहरुले गर्ने कार्य सम्पादन र उनीहरु प्रस्तुत हुने तरिकाले नै सपार्ने वा विगार्ने (मेक अर ब्रेक) गर्दछ । 

कर्मचारीहरुलाई अधिकारसम्पन्न बनाउनुहोस् । यसले गर्दा जुनसुकै समस्यालाई समयमै समाधान गर्न उनीहरु सक्छन् । प्रविधि र सूचनामा उनीहरुको पहुँच सुनिश्चित गर्नुहोस् र निरन्तर पृष्ठपोषणका लागि प्रोत्साहन गर्नुहोस् ।

सञ्चालक समितिले कर्मचारीहरुप्रति विश्वास प्रदर्शन गर्नुपर्दछ । यसले गर्दा व्यवस्थापन समूहको कार्य सम्पादन नतिजा बढ्नुका साथै कर्मचारीलाई कामप्रति सन्तुष्टि प्रदान गर्दछ । 

सन्तुष्ट र उत्कृष्ट कार्य सम्पादन गर्न सक्षम कर्मचारीहरुको बलबुतामा नै तपाईको संस्थाका सदस्यहरुले उच्चस्तरको सेवा प्राप्त गर्दछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सदस्य सम्बन्धलाई अधिक महत्व
धेरै जसो व्यवसायलाई ग्राहकहरुको झुण्ड वा भीड जम्मा गर्ने मात्र ध्याउन्न हुन्छ । त्यसभन्दा पर उनीहरुको सोचाई पुगेको हुँदैन । तर, सदस्यहरुसँगको सम्बन्धमा जोड दिनाले मात्र त्यस्तो भीडहरु सधै कायम हुने मात्र होइन बढ्दै जान्छ । सदस्यहरु पनि संस्थाप्रति बफादार बन्छन् ।

क्रेडिट युयिनयनहरुले सदस्यहरुसँगको सम्बन्धलाई बढी नै जोड दिनुपर्छ । सहज र खुला सम्बन्ध बनाउनुहोस् । निरन्तर पृष्ठपोषणका लागि प्रोत्साहन गर्नुहोस् । त्यसका लागि सकेसम्म भौतिक भेटलाई बाक्लो बनाउनुहोस् र नसकेको अवस्थामा अनलाईन सर्वेक्षणहरु समेत गर्नुहोस् ।

प्रत्येक सदस्यको चाहना बुझ्नुहोस् । सोही अनुरुप सदस्यको चाहनाको उचित सम्बोधन गर्न सक्ने सक्षम कर्मचारीलाई त्यसको जिम्मा दिनुहोस् । नियमित सम्पर्कका माध्यम, विधि र प्रक्रियाहरु स्थापित गर्नुहोस र तिनकै आधारमा कस्ता सेवाहरु प्रत्येक सदस्यलाई उपलब्ध गराउन सकिन्छ त्यसको सुनिश्चि गर्नुहोस् ।

क्रेडिट युनियनहरुले सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिमहरु प्रदान गर्नुपर्दछ । यस्तो प्रशिक्षणले उनीहरुको सामाजिक आर्थिक अवस्था सुधारमा प्रत्यक्ष सहयोग पुर्याउँदछ । यसका लागि वेबिनार, सामाजिक सञ्जाल, संस्थाको डिजिटल पत्रिका, भिडियो सामाग्रीको तयारी र प्रसारणका साथै  शाखा र सेवा केन्द्रहरुमै तालिमको व्यवस्था आदि उपाय अवलम्बन गर्न सकिन्छ ।

जब तपाई अभिभावको रुपमा सदस्यहरुलाई सल्लाह वा सुझाव दिनुहुन्छ र उनीहरुको गुनासाहरुलाई सुनेर यथोचित सम्बोधन गर्नुहुन्छ, यसले उनीहरुलाई तपाई पैसा भन्दा पनि सेवा र हेरचाहलाई बढी ध्यान दिनुहुन्छ भन्ने छाप पर्दछ र उनीहरु संस्थाप्रति थप बफादार बन्दछन् ।

तथ्याङ्क महत्वपूर्ण छ
सदस्यहरुलाई बुझ्ने सबैभन्दा उपयुक्त तरिका भनेको उनीहरुको बारेमा तथ्याङ्क संकलन नै हो । सर्वेक्षणले सही सूचनाहरु संकलनमा मात्र होइन तिनको आधारमा संस्थामा आवश्यक सुधारहरु गर्ने अवसर प्रदान गर्दछ । सेवा प्रवाह गर्ने बित्तिकै सदस्यहरुको प्रतिक्रिया लिइहाल्नुस् । यसले गर्दा त्यो सेवा प्रवाह गर्दाका राम्रा नराम्रा पक्षहरुको तत्कालै पृष्ठपोषण पाइन्छ । ढिलो गरी प्रतिक्रिया लिदा त्यो बेलाका कतिपय कुराहरु सदस्यले भुलिसकेका मात्र होइन संवेदनामा नै परिवर्तन पनि भइसकेको हुनसक्छ ।

संस्थाले भौतिक भेटका अतिरिक्त इमेल, मोबाइल वा वेबसाइट मार्फत पनि प्रतिक्रियाका लागि सदस्यहरुसँग अनुरोध गर्न सक्दछ । प्रश्नहरुको तयारी पहिल्यै बृहत् छलफल गरी राम्रोसँग गर्नुहोस् । त्यसलाई यसरी तयारी गर्नुहोस् कि, तपाईले सदस्यहरुको गोपनीयतामा असर नपर्ने गरी सहज रुपमा प्रतिक्रिया संकलन गर्न सक्नुहोस् ।

सदस्यको जीवनयात्रालाई बुझ्नुहोस् 
सदस्यका पीडा वा दुःखका अवस्थाहरुलाई राम्ररी आत्मसात् गर्नुहोस् । त्यसका लागि उनीहरुको जीवनयात्रालाई तपाईले केलाउनुपर्दछ । जब तपाई सदस्यको पीडा वा असहजताको अवस्थामा  आफुलाई राखेर हेर्नुहुन्छ, अनि मात्र उनीहरुको वास्तविक यात्रा तपाई बुझ्नुहुन्छ । उनीहरुको अनुभव उनीहरुकै विचारधाराका आधारमा बुझ्नुहोस् ।

माथि उल्लेखित काम गर्न कठिन पनि हुनसक्छ तर तपाईले क्रेडिट युनियनका रुपमा त्यो काम गर्नुभयो भने त्यसले संस्थालाईलाई प्रज्ज्वलित गर्नेछ । आफ्नो संस्थालाई आफुले होइन सदस्यहरुले कसरी हेर्छन् भन्ने कुरामा ध्यान दिनुहोस् ।

आफ्ना कमी कमजोरीहरु संस्थाको रुपमा तपाईले देख्नसक्नुपर्दछ । ती कमजोरीहरुको तत्काल सम्बोधन गर्ने उपायहरु अवलम्बन गर्नुपर्दछ । तत्कालै समाधानमा जुट्दा परिस्थितिको गाम्भीर्यता बुझ्न सहज हुन्छ भने त्यसको समाधानको प्रक्रियामा जुट्दा भोगेका कठिनाईहरु र प्राप्त उपलब्धिले अमुल्य अन्तर्दृष्टि प्रदान गर्दछ ।

प्रविधिको फाइदाहरुबाट लाभ लिनुहोस्
प्रविधिकै कारण क्रेडिट युनियनहरुलाई सदस्य सेवामा छनौटका विकल्पहरु प्रदान गर्ने सक्षमता दिलाएको छ । यसले सदस्यहरुलाई एकहद सम्म आत्मनिर्भर बनाएको छ, सहज तुल्याएको छ र समयको बचत गर्न सम्भव तुल्याएको छ । भर्खरै सार्वजनिक सन् २०२० को प्रतिवेदनले के औल्याएको छ भने २२ प्रतिशत सम्म सदस्यहरु प्रविधिको नवीनता अभावमा आफु सदस्य भएको वित्तीय संस्था छोड्दा रहेछन् ।

सेवा प्राप्त गर्न कै लागि भौतिक रुपमा क्रेडिट युनियनको कार्यालय जान नपरोस् भन्ने चाहन्छन् सदस्यहरु । स्मार्ट प्रविधि र उपकरणहरुको प्रयोगबाट संस्थाका सवै सेवा र उत्पादनहरुको सर्वसुलभ प्रयोग गर्न सक्नुपर्दछ सदस्यहरुले । कार्यालय नगईकन आफ्ना खाताका बारेमा सम्पूर्ण जानकारी सदस्यले पाउनुपर्दछ ।

सदैव सही र एकनासको सूचना सदस्यहरुलाई प्रदान गर्ने सुनिश्चितता क्रेडिट युनियनले गर्नुपर्दछ । त्यसका लागि आवश्यक सदस्य सूचना संकलनमा नवीनतम् प्रविधि र उपकरणहरुले संस्थालाई यथेष्ट सहयोग गर्दछन् तर तिनलाई आन्तरिकीकरण गर्ने काममा संस्थाले स्रोत र साधन भने खर्च गर्नुपर्दछ । सही सूचना र तिनको तथ्यगत् विश्लेषणले सदस्यहरुको संस्थाप्रतिको विश्वास र छवि निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ ।

यद्यपि, प्रविधिको पहुँच र उपयोगिताका बाबजूद  कर्मचारीहरुले सदस्यहरुसँगको सम्बन्ध, अन्तरक्रिया र छलफललाई भने निरन्तरता मात्र होइन बढाउँदै लानुपर्दछ । हामीले के जान्नु जरुरी छ भने, अत्याधुनिक प्रविधिको पहुँज र उपयोगले मानव–मानवबीचको संवेदनात्मक सम्बन्धलाई भने विस्थापित गर्न सक्दैन ।

निरन्तर सुधार गर्दै जानुस्
क्रेडिट युनियनहरुले सदस्य सम्बन्ध र अनुभवलाई सधै बढाउँदै र आवश्यक सुधार गर्दै लानुपर्दछ । सदस्य परिवर्तन हुँदै जान्छन् । समयक्र र परिस्थितिअनुरुप उनीहरुका आवश्यकताहरु पनि परिवर्तन हुँदै जान्छन् । एक महिना अघि जुन कुराले काम गर्दथ्यो त्यसले अहिले काम नगर्न सक्छ । त्यही भएर वित्तीय संस्थाहरुले आफुलाई सधै परिक्षण र सुधार गर्दै अघि बढ्नुपर्छ ।

अन्त्यमा,
क्रेडिट युनियनले सदस्य सम्बन्धलाई निरन्तर सुधार गर्दै लानु भनेको संस्थाप्रति उनीहरुको विश्वास र वफादारी पनि बढाउँदै लानु हो । त्यसका लागि क्रेडिट युनियनहरुले सदस्यहरुलाई राम्रोसँग बुझ्नु जरुरी छ । सर्वेक्षण त्यसका लागि पहिलो र प्रभावकारी माध्यम हुनसक्दछ । सदस्यहरुका साझा चासोहरु सम्बोधन गर्न सर्वेक्षणका नतिजाहरुको प्रयोग गरिनुपर्दछ । ऋण प्रक्रिया अघि बढाउने समयमा लिएका तथ्याङ्कले ऋण लगानीलाई प्रभावकारी बनाउन सहयोग पु¥याए झै बेला बखतमा संकलन गर्ने तथ्याङ्कले संस्थालाई अघि बढाउन मद्दत गर्दछ ।
 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप