रंगीन कलात्मक मास्क उत्पादन गर्दै फिलिपिनो सहकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रंगीन कलात्मक मास्क उत्पादन गर्दै फिलिपिनो सहकारी

पेनारुबिया, फिलिपिन्स, १७ भदौ । सामान्य अवस्थामा चश्मा र टोपी घामबाट जोगिन प्रयोग गरिने साधन हुन् । कतिपय अवस्थामा यिनको प्रयोगलाई स्वास्थ्य र फेसनसँग पनि जोडिन्छ । कोभिड–१९ सँगै बद्लिएको विश्व परिवेश र स्वास्थ्य आवश्यकताका कारण अब मास्कपनि मुहारसँग जोडिने अर्को अत्यावश्यक वस्तु बनेको छ र यसको प्रयोग अब बाक्लिने मात्र होइन लम्बिने निश्चयप्रायः छ । कतिपयले त मास्कलाई अबको ‘नयाँ नर्मल’ सँगै फेसनसँग पनि जोडेर हेर्न थालेका छन् ।
हाल विश्का अधिकांश मुलुकमा सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य छ । अबको ‘नयाँ नर्मल’ भनेको मास्क सहितको मुहार हो । असामान्य र असहज परिस्थितिलाई सहजतामा परिणत गर्ने अवसरका रुपमा प्रयोग गर्दै कतिपयले मास्कको उत्पादनसँगै उद्यमशीलतातर्फ आफुलाई डोहोर्याएका छन् । यस्तै प्रयासलाई नवीनताका साथ पस्कने काम फिलिपिन्सको एक सहकारीले गरेको छ । पेनारुबिया प्रान्तको अब्रास्थित नामाराबार इन्डिगो नेचुरल डाई प्रड्युसर्स सहकारीले विभिन्न प्रकारका मास्क उत्पादन गरेको छ । उक्त सहकारीले स्थानीय टिगुइयन संस्कृतिको पहिचान संरक्षणको प्रयासस्वरुप विभिन्न प्रकारका मास्कहरु उत्पादन गर्न थालेको हो । उक्त सहकारीका प्रमुख लुईस अगाइडले स्थानीय कपडा कम्पनीसँगको सहकार्यमा स्थानीयस्तरमै उपलब्ध कपडा रङ्गाउने अर्गानिक डाइङ् प्रविधिबाट त्यस प्रकारको रङ्गिन र आकर्षक कलेवरको मास्क उत्पादनको कामले तीब्रता पाएको हो । यस्ता मास्कहरु टिकाउ समेत हुने सहकारीको दाबी छ । स्थानीय नाम ‘मलातायुन’ भएको उक्त नील बोट (इन्डिगो प्लान्ट) बाट नीलो, प्याजी लगायतका रंग निकाल्न सकिन्छ भने त्यसरी उत्पादित रंगीन मास्कमा उक्त सहकारीले स्थानीय कर्डिलेरन संस्कृति झल्काउने कला पनि भरेर हेर्दै लोभ लाग्ने स्वरुप दिएको छ । त्यस प्रकारको कलात्मक मास्कको माग अहिले विभिन्न राज्यबाट आइरहेको उक्त सहकारी संस्थाका प्रमुखले जानकारी दिए ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप