कास्कूनद्वारा सामयिक विषयहरुमा भर्चुअल अन्तरिक्रया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनद्वारा सामयिक विषयहरुमा भर्चुअल अन्तरिक्रया 

काठमाडौं, १८ भदौ । भौतिक असहजताका बाबजूद काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.कास्कूनले सदस्य सेवालाई निरन्तरता दिने सिलसिलामा आज प्रविधिमार्फत समसामयिक विषयहरुमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । बन्दाबन्दीका समयमा पनि  यस प्रकारका भर्चुअल छलफल र प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको कास्कूनले आज ४ वटा समसामयिक विषयमा जुम एप्लिेकशनका माध्यमबाट बाक्लो सहभागिता सहितको कार्यक्रम गरेको हो । 

महामारीपछि सहकारीका रणनीतिहरु शीर्षकको कार्यक्रममा व्यवसाय निरन्तरता योजना (बीसीपी) का विषय नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, भाखा नाघेको ऋण र कर्मचारी व्यवस्थापन विषयमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाँई तथा तरलता व्यवस्थापन विषयमा नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिृकत शिवजी सापकोटाले सहजिकरणका साथै सहभागीका जिज्ञासा  समाधान गर्नुभएको थियो ।

कार्यक्रमका कास्कूनका अध्यक्ष दीपक पनेरुले विद्यमान विषम परिरिस्थित र त्यसबाट उत्पन्न असहजताका बीच पनि सदस्य संस्थाहरुका हरतरहका समस्या सम्बोधन गर्न कास्कून तयार रहेको बताउनुभयो । सोही सिलसिलामा कास्कूनका सदस्य संस्थाहरुमा रहेका अधिक वा न्यून तरलताका अवस्थाहरु, व्यवसाय निरन्तरता योजनाको सोच र मानव संशाधन व्यवस्थापनको जटिलतालाई सम्बोधन गर्न यस क्षेत्रमा अनुभवी व्यवस्थापन विज्ञहरुबाट सहजिकरण कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । अध्यक्ष पनेरुले प्रतिकूलताका बाबजूद सदस्य संस्थाहरुले हर हालतमा सहकारी मर्म भावना र सिद्धान्त अनुरुप सदस्य सेवामा जुट्नुपर्नेमा जोड दिनुभयो । सन् १९३० को आर्थिक मन्दीको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष पनेरुले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत आर्थिक मन्दीको आँकलन गरेको अवस्थामा सहकारीहरुले संवेदनशील भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । संस्थागत सुशासनमा बिशेष जोड दिन समेत उहाँको आग्रह थियो ।  महामारीका समयमा सहकारीहरुले प्रशंसनीय काम गरेको भन्दै कहीकतैबाट सहकारीका सदस्यहरुले गुनासो नगरको दाबी अध्यक्ष पनेरुले गर्नुभयो ।

कार्यक्रममा सहजकर्ता नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले अहिलेको परिस्थिति अनुरुप सबै संस्थाहरुले बीसीपी बनाउनुपर्ने बताउनुभयो । रणनीतिक योजना तथा वार्षिक कार्यक्रमहरुले मात्र यो महामारीको समयमा काम नगर्ने भन्दै उहाँले बीसीपीको महत्व प्रकाश पार्नुभयो । प्रविधिमैत्री सेवामा बिशेष जोड दिदैं कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले समयसापेक्ष र उपलब्ध विधिहरुबाट वार्षिक योजनाहरु कार्यान्वयन गराउने उपाय बीसीमा खोजिनुपर्ने बताउनुभयो । सदस्यहरुको वास्तविक अवस्था बिश्लेषणका लागि सदस्य सर्वेक्षण एकदमै महत्वपूर्ण हुने भन्दै नेफ्स्कूनले पनि यसको थालनी गरेको उहाँले जानकारी गराउनुभयो । कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले योजना निर्माण गर्दा सञ्जाल सहकार्यमा ध्यान दिन आग्रह गर्नुभयो । 

सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाँईले भाखा नाघेको ऋण व्यवस्थापनका लागि सदस्यसँग निरन्तर सम्पर्कमा रहनुपर्ने भन्दै महामारी लक्षित मानव संशाधन व्यवस्थापन रणनीति आवश्यक भएको भन्दै नमूनाहरु समेत प्रस्तुत गर्नुभयो ।

त्यसैगरी, नेफ्स्कूनका निवर्तमान प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले अहिलेको अवस्थामा सहकारी संस्थाहरुले पर्याप्त तरलता राख्नुपर्ने भएपनि लगानीका वैकल्पिक क्षेत्रहरुको खोजीका लागि अल्पकालीन र अल्पमात्राका ऋणहरु लगानी गरी व्यावसायिक सन्तुलत कायम राख्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो । सबै सहजकर्ताहरुले सदस्य, कर्मचारी र संस्थालाई ध्यानमा राखेर भावी योजनाहरु निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो ।

कास्कूनको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा संघका उपाध्यक्ष नवराज अर्यालले स्वागत मन्तव्य राख्दै सहकारी क्षेत्रका अनुभवले खारिएकाहरुको प्रशिक्षणबाट संस्थाहरुलाई भावी योजनाहरु निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  यसैगरी, संघका कोषाध्यक्ष निरञ्जन सेढाइले कास्कूनको  हालको वित्तीय अवस्था, सेवा सञ्चालनको विधिका साथै सदस्य सम्बन्धका आयाममा गर्न लागिएका भावी कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । कास्कूनका सचिव शालिकराम पुडासैनीले उत्साहप्रद सहभागिताका लागि सबैलाई धन्यवाद दिदैं सदस्य संस्थाहरुका साथै सञ्जालको सहयोग लिएर संघ नवीन कार्यक्रमहरु सहित थप सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप