प्रविधिमा फड्को मार्दै चितवनको प्रभात दिदीबहिनी साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रविधिमा फड्को मार्दै चितवनको प्रभात दिदीबहिनी साकोस

 

 

 

 

 

काठमाडौं, २१ भदौ । भरतपुर–१२ चितवनस्थित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि.ले प्रविधिमैत्री सदस्य सेवामा अग्रसरता देखाएको छ । संस्थागत  सबलीकरणमा जोड दिदैं आएको जिल्लाकै अग्रणी संस्था प्रभात दिदीबहिनी साकोसले समय र परिस्थिति अनुकूल नवीनतम प्रविधिको विकास र पहुँच विस्तारका योजना अघि बढाएको हो । यही सिलसिलामा संस्थाले सञ्चालक समिति र व्यवस्थापन समूहका लागि भदौ २० गते शनिवार प्रविधियुक्त वित्तीय सेवा (डिजिटल फाइनान्सिङ्) अन्तर्गत मोबाइल बैंकिङ् सम्बन्धी भर्चुअल तालिम सम्पन्न गरेको छ । संस्थाले प्रभात दिदीबहिनी साकोस एप्लिकेशन मार्फत मोबाइल बैकिङ् सेवा प्रदान गर्दै  आएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

संस्थाको संस्थापक सचिव एवम् २ कार्यकाल अध्यक्ष समेत रहनुभएकी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले अबको युग डिजिटल फाइनान्सिङको भएकाले सदस्यहरुलाई प्रविधिमार्फत छिटो र विश्वसनीय सेवा प्रदान गर्ने पहल संस्थाले थालनी गरेको बताउनुभयो । “कोभिड–१९ को बढ्दो संक्रमणका कारण नगदरहित कारोबारमा सदस्यहरुलाई प्रेरित गर्ने गर्नुपर्ने अवस्था छ,” हाल संस्थाको सञ्चालक सदस्य रहनुभएकी नेफ्स्कूनकी उपाध्यक्ष अधिकारीले भन्नुभयो,“त्यसै कारण सञ्चालक र व्यवस्थापन समूहहरुमा मोबाइल बैंकिङ् सञ्चालनको पर्याप्त जानकारी उपलब्ध गराउन आयोजित अभौतिक तालिम फलदायी भएको मैले विश्वास लिएको छु ।” संस्थाले क्यूआर कोड भुक्तानी सेवा समेत दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण गर्ने ५ वटा पसलबाट शुरु गर्ने अन्तिम तयारीमा रहेको उहाँले जानकारी गराउनुभयो । यसका लागि ती पसलहरुमा पहिलो चरणको कुरा भएर काम अघि बढिसकेको अधिकारीले बताउनुभयो । कोभिड महामारीका कारण लकडाउन सुरु भएयता नै मोबाइल बैकिङ सुरु गरेको संस्थाले क्यू आर कोड भुक्तानी सेवामा समेत जोड्ने जमर्को गरेको हो ।

 

 

 

 

 

 

 

 

 

हाल २६ औं वर्षमा यात्रारत् प्रभात दिदीबहिनी नेफ्स्कून र प्रदेशबाट समेत उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्थाका रुपमा पुरस्कृत भैसकेको छ । यसैगरी, नेफ्स्कूनले विकास गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेशन ब्राण्ड २ पटक प्राप्त गर्न सफल स्तरीकृत संस्था प्रभात दिदीबहिनी हाल एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कूनद्धारा सञ्चालित एशियास्तरको स्तरीकरण कार्यक्रम एक्सेस्मा समेत आबद्ध छ ।नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले सहजिकरण गर्नुभएको तालिम कार्यक्रममा संस्थाका सञ्चालक र व्यवस्थापन समूहको सहभागिता थियो ।


 

 

 

 

 

 

 

 

 

 

 

२०५२ साल माघ ६ गते स्थापित प्रभात दिदीबहिनी साकोसमा हाल ४८०० महिला सदस्य रहेका छन् भने कालिका नगरपालिका–९ शक्तिखोर र भरतपुर महानगरपालिका–९ शरदपुरमा गरी २ वटा सेवा केन्द्र सञ्चालनमा छन् । त्यस्तै, भरतपुर–४ लक्ष्मीपुरमा अवस्थित बचत संकलन केन्द्रमार्फत पनि सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको संस्थाकी अध्यक्ष विमला न्यौपाने ज्ञवालीले अवगत गराउनुभयो । १६ जना कर्मचारी रहेको साकोसले लकडाउन र निषेधाज्ञाका समयमा कहिले बन्द गर्ने त कहिले आशिंक खोल्ने गरेपनि सम्पर्क व्यक्तिहरु मार्फत सेवा निरन्तरता दिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप