प्रविधिमा फड्को मार्दै चितवनको प्रभात दिदीबहिनी साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रविधिमा फड्को मार्दै चितवनको प्रभात दिदीबहिनी साकोस

काठमाडौं, २१ भदौ । भरतपुर–१२ चितवनस्थित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि.ले प्रविधिमैत्री सदस्य सेवामा अग्रसरता देखाएको छ । संस्थागत  सबलीकरणमा जोड दिदैं आएको जिल्लाकै अग्रणी संस्था प्रभात दिदीबहिनी साकोसले समय र परिस्थिति अनुकूल नवीनतम प्रविधिको विकास र पहुँच विस्तारका योजना अघि बढाएको हो । यही सिलसिलामा संस्थाले सञ्चालक समिति र व्यवस्थापन समूहका लागि भदौ २० गते शनिवार प्रविधियुक्त वित्तीय सेवा (डिजिटल फाइनान्सिङ्) अन्तर्गत मोबाइल बैंकिङ् सम्बन्धी भर्चुअल तालिम सम्पन्न गरेको छ । संस्थाले प्रभात दिदीबहिनी साकोस एप्लिकेशन मार्फत मोबाइल बैकिङ् सेवा प्रदान गर्दै  आएको छ ।

संस्थाको संस्थापक सचिव एवम् २ कार्यकाल अध्यक्ष समेत रहनुभएकी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले अबको युग डिजिटल फाइनान्सिङको भएकाले सदस्यहरुलाई प्रविधिमार्फत छिटो र विश्वसनीय सेवा प्रदान गर्ने पहल संस्थाले थालनी गरेको बताउनुभयो । “कोभिड–१९ को बढ्दो संक्रमणका कारण नगदरहित कारोबारमा सदस्यहरुलाई प्रेरित गर्ने गर्नुपर्ने अवस्था छ,” हाल संस्थाको सञ्चालक सदस्य रहनुभएकी नेफ्स्कूनकी उपाध्यक्ष अधिकारीले भन्नुभयो,“त्यसै कारण सञ्चालक र व्यवस्थापन समूहहरुमा मोबाइल बैंकिङ् सञ्चालनको पर्याप्त जानकारी उपलब्ध गराउन आयोजित अभौतिक तालिम फलदायी भएको मैले विश्वास लिएको छु ।” संस्थाले क्यूआर कोड भुक्तानी सेवा समेत दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण गर्ने ५ वटा पसलबाट शुरु गर्ने अन्तिम तयारीमा रहेको उहाँले जानकारी गराउनुभयो । यसका लागि ती पसलहरुमा पहिलो चरणको कुरा भएर काम अघि बढिसकेको अधिकारीले बताउनुभयो । कोभिड महामारीका कारण लकडाउन सुरु भएयता नै मोबाइल बैकिङ सुरु गरेको संस्थाले क्यू आर कोड भुक्तानी सेवामा समेत जोड्ने जमर्को गरेको हो ।

हाल २६ औं वर्षमा यात्रारत् प्रभात दिदीबहिनी नेफ्स्कून र प्रदेशबाट समेत उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्थाका रुपमा पुरस्कृत भैसकेको छ । यसैगरी, नेफ्स्कूनले विकास गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेशन ब्राण्ड २ पटक प्राप्त गर्न सफल स्तरीकृत संस्था प्रभात दिदीबहिनी हाल एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कूनद्धारा सञ्चालित एशियास्तरको स्तरीकरण कार्यक्रम एक्सेस्मा समेत आबद्ध छ ।नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले सहजिकरण गर्नुभएको तालिम कार्यक्रममा संस्थाका सञ्चालक र व्यवस्थापन समूहको सहभागिता थियो ।

२०५२ साल माघ ६ गते स्थापित प्रभात दिदीबहिनी साकोसमा हाल ४८०० महिला सदस्य रहेका छन् भने कालिका नगरपालिका–९ शक्तिखोर र भरतपुर महानगरपालिका–९ शरदपुरमा गरी २ वटा सेवा केन्द्र सञ्चालनमा छन् । त्यस्तै, भरतपुर–४ लक्ष्मीपुरमा अवस्थित बचत संकलन केन्द्रमार्फत पनि सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको संस्थाकी अध्यक्ष विमला न्यौपाने ज्ञवालीले अवगत गराउनुभयो । १६ जना कर्मचारी रहेको साकोसले लकडाउन र निषेधाज्ञाका समयमा कहिले बन्द गर्ने त कहिले आशिंक खोल्ने गरेपनि सम्पर्क व्यक्तिहरु मार्फत सेवा निरन्तरता दिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप