सहकारी लगानी फस्टाउनु पर्छ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी लगानी फस्टाउनु पर्छ 

कल्पना श्रेष्ठ
अध्यक्ष, जिल्ला बचत संघ मकवानपुर

 गाउँका स्थानीय उत्पादनको अलौकिक स्वाद व्यस्त शहरहरुलाई पस्कने प्रयास काठमाडौंस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले गरिरहेको सुनेकी थिएँ । पहेँला जुनारले सजिएको हिलटपको प्रोफाईल फेसबुकमा देखेकी थिँए । केही दिन अघि संस्थाको अध्यक्षबाट सिन्धुलीको तामा घर छेउमै प्राप्त पनि भयो । सहकारी स्नेह घुलित तामाको स्वाद भावनात्मक तवरले मिठो मात्र थिएन गाउँमा पिताजीले आफ्नै बारीको बाँसको झ्याङबाट तयार गरेको तामाको स्वाद भन्दा न्यून पनि थिएन । यो आफैमा अपूर्व संगम थियो । तथापि, आफुले बनाएको तामा भन्दा स्वादमा केही कमीको आँकलन गरेर पहिलो पटक मात्रा बढी प्रयोग गर्दा अमिलो स्वादले झण्डै गाह्रो पारेन । जिब्रो पड्काई पड्काई खाईयो ।

तामाको स्वादपछि सामाजिक सञ्जालमा धन्यवादका केही शब्द टाइप गरेँ । प्रतिक्रियामा सकारात्मक सद्भावहरु अभिव्यक्त गरिए । नेफ्स्कूनका निर्वतमान समन्वय विभाग प्रमुख शिव अधिकारीले  हिलटप हाल बहुउद्देश्यीय सहकारी संस्थामा परिणत भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराउनुभयो । विगतदेखि हालसम्म पनि उत्कृष्ट सहकारी सेवा प्रवाह गरिरहेको हिलटपको नाम सुन्दा र संस्थाले गरेको मेहनत देख्दा खुसी लाग्ने उहाँले बताउनुभयो ।

व्यक्तिहरुबीचको भावनात्मक साथले सहकारी कर्मलाई विशिष्ट बनाउँछ भन्ने गतिलो उदाहरण लाग्यो हिलटप सहकारी । मेरो विचारमा सत्यताको अंश कति छ थाहा छैन तर अध्यक्ष बासुदेव घिमिरे र प्रबन्ध सञ्चालक सुमन विक्रम थापाको फेसबुक प्रोफाईल हेर्दा र उहाँहरुका शुभचिन्तकहरुको प्रतिक्रिया पढ्दा सामूहिक सहकार्य प्रष्ट हुन्थ्यो । किरन म्याडम, अर्जुन जी लगायत सबै मिलेर एकताको मन्दिर निर्माण गरेको छनक मिल्यो उहाँहरुका प्रोफाईलका भित्ताहरुबाट । भौतिक दूरीका बाबजूद उपलब्ध सामाजिक सञ्जालको अभौतिक सम्पर्कले अरु धेरैसँगै मलाई पनि हिलटप समूहको सहकारी सत्कर्मसँग साक्षात्कारको अवसर जुटाइदियो । 

सक्रिय समिति तथा जुझारु व्यवस्थापन समूहको सक्रिय मिहेनतको पुष्टि सामाजिक सञ्जालका भित्ताहरुले गरिरहेका थिए । कोभिड महामारीबीच सहकारी पसल सञ्चालनमा आएको रहेछ । सहकारी संस्थासँगै पसल सञ्चालनका लागि समूह निर्माण तालिम, एक अर्काको सबल पक्ष आदि विषयमा प्रशस्त पूर्वाभ्यास र चर्चासहित उत्साह पनि मिसिएको जानकारी हालैको कार्यालय भ्रमणबाट पाएँ । उर्जाशील आत्मा कार्य सहजताको परिचायक हो । त्यो उर्जा हिलटप समूहमा पर्याप्त रहेको अध्यक्षको कक्षमा टाँगिएको फ्रेमले सम्वाद गरिरहेको थियो ।

नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ लाग्दा तिनकुनेको मुखमा अवस्थित केएफसीसँगैको भित्री बाटोको २ घर पर छिमेकी पुराना घरहरुको रंगले छोइँदा समेत दाग लाग्ला जस्तो टल्किएको साँढे तीन तले घरको साइनबोर्डमा लेखिएको थियो, हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.। एकातिरको हरियो सटर बन्द थियो । अर्को सटरमा सहकारी पसलका सामानहरु आकर्षक कलेवरमा सजिएका थिए । 

कोभिडको समयमा पटक पटकको भौतिक उपस्थिति उपयुक्त नठाँनेर फर्कंदा केही सामानहरु लिने योजना भएकाले पहिला अध्यक्षको पसल जाउँ कि कार्यालय भन्ने दोधारका बीच कार्यालय रोजेँ । सदस्यका लागि प्रशस्त खुला भागसहितको आकर्षक काउन्टर, बचत बिभाग, ऋण बिभाग, दोस्रो तल्लामा प्रबन्ध सञ्चालकको कक्ष, निगरानीको लागि ठूलो साईजको सीसी क्यामेरा आदि थिए । सञ्चालक समितिको कक्ष, एउटा सानो मनिटर, पसलका सामग्रीहरुको नमुना र अर्को तालिम कक्षसँगै व्यवस्थापन गरिएको साउण्ड सिस्टमलाई हिलटप कै संगीतकार बालन्द राईको संगीत र स्वरले सजिएको सहकारी गीत परिक्षणको काम पनि अवलोकनको अवसर मिल्यो । माथिल्लो भागमा भण्डार र भान्सा थियो । 

विगतमा अष्ट्रेलियाको एक सहकारी भ्रमणमा देखिएका दृष्यहरुसँग दाँजेर हेर्दा हामी नेपाली सबै कुरामा अब्बल भएपनि स्वास्थ्य तथा खानपानमा कमै प्राथमिकता दिन्छौं भन्ने भान हुन्छ । यद्यपि, नेपाल र  अष्ट्रेलियाको सहकारीको तुलना कति तर्कसंगत होला । यद्यपि, स्वास्थ्य पहिलो प्राथमिकता हो भन्ने आशय मात्र हो । अष्ट्रेलियाको सहकारीमा प्रत्येक तलामा भन्सा थियो । घरबाटै ल्याएको खानेकुरा तताएर वा फ्रिजमा राखेर खानको लागि छुट्टै कक्ष थियो । हामी त्यहाँ पुग्दा क्रिसमसको रौनकसँगै खानपिन कार्यक्रम हुँदै थियो । बाक्लो जमघटका लागि छुट्टै फराकिलो क्षेत्र व्यवस्थापन गरिएको थियो । नेपालमा हामीले ती सबै प्रबन्धहरु गर्न नसकौंला तर कम्तीमा खानका लागि सबै तलामा तातो चिसो पानी र स्वयंले सफा गर्न सकिने कक्ष व्यवस्थापन आवश्यक देखिन्छ । यसको एउटा कारण कर्मचारीहरुको व्यस्तता पनि हो । प्रबन्ध सञ्चालकलाई बोल्न पनि फुर्सद थिएन । त्यति मेहनत गर्ने समूहले चियापानीको लागि ३ तला उक्लनु उपयुक्त नहोला । फेरि सहयोगी कर्मचारीको हातबाट वा जुनसुकै स्थानमा खाँदा कोभिड संक्रमण दर बढेको सुन्दै आएका छौं ।

काठमाडौंमा प्रायः सहकारीहरुमा कार्यकारी अध्यक्ष हुन्छन् भन्ने सुनेको तर त्यहाँ त्यस्तो रहेछ । स्वयंसेवी अध्यक्षको हातबाट करिब ७ किलोमिटर दुरीमा मैले तामाको घर दैलो सेवा प्राप्त गरेकी रहेछु । उहाँ सँंग अझै धेरै तामाका बट्टा थिए । धेरै सहकारीकर्मीको अथक योगदानले सहकारी अभियान आज यहाँसम्मको यात्रा तय गर्न सफल भएको छ भन्ने निजात्मक अनुभूतिहरुलाई यस घटनाले अझ मजबुत बनायो ।

अन्य सामान पसल वा मार्टमा जस्तै देखिए पनि सहकारी पसलको पहिलो भगमा सजिएको तामा, गाउँघरमा फलेका काक्रा, खुर्कोटको केरा, नम्बरी अर्ग्यानिक मह लगायतका सामग्रीले सहकारी पसलको महत्वलाई झल्काई रहेको थियो । अझै विभिन्न भागबाट गाउँका अर्ग्यानिक सामग्रीहरुको खोजी भइरहेको समेत जानकारी पाएँ । सहकारीकर्मी साथीहरुको यो सत्प्रयास स्तुत्य छ । एक सहकारीकर्मीको नाताले थप सफलताको अग्रीम शुभकामना व्यक्त गर्दछु । सहकारी स्वरुपकै निरन्तरतामा लगानी फस्टाउन सकोस्  । यसका लागि कुनै कम्पनीको दता गर्नु वा अन्य विकल्प खोज्नु र रोज्नु नपरोस । जय सहकारी ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप