विपदामा पनि सहकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विपदामा पनि सहकारी

सन्दिपराज ढकाल
कार्यक्रम अधिकृत, नेफ्स्कून

श्रमिक, न्यून आय समुह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण माँझ छरिएर रहेको पूँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्पिकताका आधारमा एकीकृत गर्दै उनीहरुको आर्थिक, सामाजिक, साँस्कृतिक स्तरोन्नतिको निमित्त स्थापित सहकारी संस्था सदस्यको भावना, समुदायको रोजाई अनुकुल जस्तोसुकै परिस्थितिमा पनि सेवा प्रवाहमा तल्लिन हुनुपर्दछ । यो सहकारी धर्म नै हो । छरिएर रहेको स–सानो पुँजीलाई एकत्रित गरी आवश्यक सदस्यलाई उत्पादनमुखी परियोजना संचालनको निमित्त ऋण सहायता उपलब्ध गराई सदस्यको आर्थिक स्तरोन्नतिको निमित्त सहकारीको महत्वपूर्ण भुमिका हुन्छ । सदस्यको बचत संकलन र उनीहरुलाई ऋण उपलब्ध गराउने काममा मात्र केन्द्रित नरही पूँजीको सदुपयोगिता, व्यवसायको स्तरोन्नति, थप पुँजीको आवश्यकता रहे नरहेको विषयमा निरन्तर अनुगमन, छलफल, विश्लेषण तथा सहजिकरण गर्नु सहकारीको प्राथमिक दायित्व हो । सदस्यलाई प्रवाह गरेको ऋण कसरी फिर्ता भयो, त्यसले सदस्यको आर्थिक तथा सामाजिक उत्थान भयो भएन, सदस्यको ऋणभार बढेर पुँजी फिर्ता भईरहेको छ की जस्ता कुराहरुको सुक्ष्म अध्ययन गर्नु नितान्त आवश्यक छ । ऋण लगानी मात्र ठूलो कुरा होइन त्यो ऋणले सदस्य उद्यमी वा मालिक भएको छ कि छैन, ऋणले जीवनस्तर उकास्न सकेको छ छैन त्यो महत्वपूर्ण विषय हो । 

कोरोना महामारीका कारण मुलुकको समग्र अर्थतन्त्रमा प्रतिकुल असर परेको समयमा सहकारी क्षेत्र समेत यसबाट अछुतो रहन सकेको छैन । सहकारीको शान, मान र प्रतिष्ठा सदस्यसँग जोडिएको हुन्छ । सदस्यको व्यवसायले निरन्तरता नपाँउदा साकोसको वृद्धि, गुणस्तरीयतामा असर गर्दछ । यस सन्दर्भमा उच्च मनोवलका साथ सर्तकता अपनाई सदस्यले आफ्नो व्यवसाय निरन्तरताको निम्ति सहकारी संस्थाले सदस्यलाई मनोसामाजिक परामर्श र थप वित्तीय स्रोत उपलब्ध गराउनुपर्दछ । सदस्यको व्यवसाय बन्द भयो अथवा निरन्तरता प्राप्त गर्न नसक्दा संस्थाको वृद्धि मात्र रोकिने. होइन वित्तिय व्यवस्थापन नै कठिन हुन्छ । सहकारी भनेको सदस्यलाई अफ्ठ्यारो पार्न होइन सहजिकरणको निमित्त हो, सदस्य रहँदा मात्र संस्था दिगो हुन्छ भन्ने सबै सहकारीहरुले बुझ्नु जरुरी छ ।

सहकारी संस्थाको मुल्यांकन गर्दा सदस्य संख्या, संस्थागत पुँजीको प्रतिशत, वासलातको आकार आदि मात्र नभइ सदस्यको आर्थिक, सामाजिक स्तरोन्नतिको निम्ति के कस्तो सहजिकरण उपलब्ध गराएको छ, वार्षिक कति सदस्यलाई उद्यमशीलतासँग जोड्यो, सदस्यले आफ्नो व्यवासायिक सफलताको श्रेय सहकारीलाई दिन चाहन्छन् कि चाहदैनन् भन्ने यावत् विषयहरुले अर्थ राख्दछ । सहकारी नाफामुखी संस्था नभई वित्तीय संस्थाहरुको तुलनामा प्रतिस्पर्धी बस्तु तथा सेवा सदस्यलाई उपलब्ध गराई, संचालन खर्चको अलावा सदस्यको पुँजीको प्रतिस्पर्धी लाभांश प्रदानको निमित्त केही मुनाफा जरुरी छ । अन्य बैंक तथा वित्तीय संस्था जस्तो सहकारीमा नाफा अन्य समुहमा नजाने भएकाले नाफा संरक्षितपुँजी फिर्ता कोष, शेयर लाभांश कोष, सामुदायिक विकास कोष मार्फत समुदाय र सदस्यमा नै फिर्ता हुने व्यवस्था सहकारीमा मात्र छ ।

विश्वव्यापीकरणको आजको युगमा सहकारी संस्थाहरु प्रविधिमैत्री हुनु जरुरी छ । सानो संस्थाले नवीनतम प्रतिस्पर्धी प्रविधि अवलम्बन गर्न मितव्ययी हुन सक्नुपर्दछ । त्यसका निम्ति ठुलो र मजबूत सहकारी संस्था निर्माणमा सहकारीकर्मीहरु लाग्नुपर्दछ । जसका निम्ति सहकारीहरुबीच एकीकरण आवश्यक हुन्छ । एकीकृत कारोबारले  तुलनात्मक रुपमा संचालन खर्च कम हुनुका साथै नवीनतम प्रविधिको अवलम्बनमा बजेट व्यवस्था गर्न समेत सहज हुन्छ ।

अध्ययनले विषम परिस्थितिमा ५ मध्ये ३ वटा व्यवसाय बन्द हुने गरेको देखाउँछ । सहज परिस्थितिमा जुनसुकै व्यवसायलाई तयार गरिएको योजना कार्यान्वयन गर्न सकिन्छ तर असामान्य अवस्थामा कसरी अपेक्षित लक्ष्य हासिल गर्नको निमित्त व्यवसाय संचालन गर्न सकिन्छ, त्यसको निमित्त सहकारीले सदस्य, कर्मचारी र संस्था तिनै पक्षको सुरक्षासँगै व्यक्तिगत एवम् व्यावसायिक निरन्तरतालाई ध्यानमा राखी व्यवसाय निरन्तरता योजना–बीसीपी बनाउनु अनिवार्य छ । संस्थाको मात्र व्यावसायिक निरन्तरता योजना भएर हुँदैन सदस्यको समेत व्यावसायिक निरन्तरता योजना तर्जुमा आवश्यक छ । त्यसका निम्ति सहकारी संस्थाले सहजिकरण गर्नुपर्दछ । सहकारी वित्तीय सेवा प्रदायक मात्र होइन सदस्यको संरक्षक, परामर्शदाता, व्यावसायिक प्राविधिक सहजकर्ता समेत भएको आभाष दिलाउनु सक्नुपर्दछ । सहकारी ऐन २०४८ सँगै व्यापक रुपमा स्थापित सहकारीहरु मध्ये वित्तीय कारोबार गर्ने नेफ्स्कून सञ्जाल भित्र अटाएका थुप्रै संस्थाहरुले प्रतिस्पर्धी वित्तिय सेवाको निम्ति गुणस्तर सुनिश्चितता प्रमाणीकरण, विश्व स्तरको सेवा, नवीनतम् प्रविधि, सुशासन मापदण्डहरु परिपालना गर्दै आफुलाई सदस्य र समुदायमा प्रतिष्ठित छवि निर्माण गर्न सफल भएका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप