नेफ्स्कूनको गुणस्तर सुनिश्चितता प्रमाणीकरण कार्यक्रममा सहभागिता बढ्दै, आजै एक्सेस र प्रोबेशनमा १–१ संस्था थपिए
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको गुणस्तर सुनिश्चितता प्रमाणीकरण कार्यक्रममा सहभागिता बढ्दै, आजै एक्सेस र प्रोबेशनमा १–१ संस्था थपिए

काठमाडौं । नेफ्स्कूनले बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चितता सम्बन्धमा सञ्चालन गरेको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रमाणीकरण कार्यक्रमहरुको लोकप्रियता दिनानुदिन बढ्दो छ । खासगरी कोभिड–१९ का कारण कतिपय संस्थाहरु संञ्चालनमा कठिनाइ आएको सन्दर्भमा नेफ्स्कूको सञ्जालमा आबद्ध हुने मात्र होइन आन्तरिक र बाह्य सुशासनका लागि संघले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा संलग्न हुने संख्या थपिदो छ । आजै मात्र गुल्मीको लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. एसिया प्रशान्त स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम (एक्सेस) मा आबद्ध भएको छ भने काठमाडौंको जेष्ट बचत तथा ऋण सहकारी संस्था लि राष्ट्रिय गुणस्तर कार्यक्रम प्रोबेशनसँग जोडिएको छ । यसअघि हिजो बर्दियाको हाम्रो मध्यवर्ती राधाकृष्ण साकोस एक्सेसमा आबद्ध भएको थियो ।

गुल्मीको रेसुङ्गा नगरपालिका–१ स्थित लेकाली साकोस प्रोबेशन ब्राण्ड प्राप्त गरे पछिको माथिल्लो खुड्किलो उक्लिने प्रयासमा एक्सेसमा आबद्ध भएको संस्थाकी व्यवस्थापक कल्पना बस्नेतले साकोस आवाजलाई बताउनुभयो । “कक्षा १० पास गरेपछि ११ कक्षामा भर्ना भए झै हामी पनि राष्ट्रिय ब्राण्ड प्राप्त गरेपछि अब एसिया प्रशान्त स्तरको ब्राण्ड पाउने उद्देश्यसहित यो कार्यक्रममा सहभागी भएका हौं,” उहाँले भन्नुभयो,“ यसले संस्थालाई वित्तीय तथा व्यवस्थाकीय दृष्टिकोणले थप मजबुत बनाउने विश्वास लिएका छौं ।” संस्थाले २०७६ सालमा राष्ट्रिय मान्यता सहितको प्रोबेशन ब्राण्ड प्राप्त गरेको थियो ।

२०५० सालमा स्थापित समुदायमा आधारित संस्थामा करिब ३ हजार सदस्य छन् । करिब ६० करोडको कारोबार गरिरहेको संस्थाको कार्यक्षेत्र नगरपालिका भित्रका १ देखि १३ नं वडा रहेको छ । “प्रोबेशन ब्राण्ड प्राप्त गरेपछि सदस्यहरुको विश्वासमा बढोत्तरी भएको छ,” व्यवस्थापक बस्नेतले भन्नुभयो, “यसले सदस्य, सञ्चालक, कर्मचारीलाई मात्र होइन समुदायस्तरमै सहकारीप्रतिको जनविश्वास आर्जनमा सहयोग पुगेको छ । अब एक्सेसमा आबद्ध भएपछि संस्थागत वृद्धिले नयाँ उचाइ प्राप्त गर्ने अपेक्षा गरेका छौ ।” संस्था र नेफ्स्कूनबीच आजै अभौतिक सहमति भएको नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपानेले बताउनुभयो ।

यता, काठमाडौंको गोगंबुस्थित जेष्ट साकोस पनि आज नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय प्रमाणीकरण कार्यक्रम प्रोबेशनमा आबद्ध भएको छ । “नेफ्स्कूनले सञ्चालन गरेका गुणस्तर सुनिश्चिताका कार्यक्रमहरुको प्रभावकारिता, नियमित प्रत्यक्ष अप्रत्यक्ष अनुगमन, निदानात्मक विधि सहितको पृष्ठपोषण, सरकारी मान्यता प्राप्त कार्यक्रम आदि कारण हामी उत्साहित भएर आबद्ध भएका हौं,” संस्थाका प्रमुख व्यवस्थापक सरोज खतिवडाले भन्नुभयो,“यसले हामीलाई सुशासन कायम गर्दै संस्थागत वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरेका छौं ।”

२०६५ सालमा स्थापित काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको जेष्ट साकोसका ५ वटा सेवा केन्द्र मार्फत १२ हजार सदस्यले सेवा प्राप्त गरिरहेका छन् ।  संस्थाले हाल २ अर्ब माथिको कारोबार गरिरहेको जानकारी प्रमुख व्यवस्थापक खतिवडाले जानकारी दिनुभयो । संस्थाको मुख्य कार्यालयमा आज सम्पन्न प्रोबेशन सम्झौता कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने, कार्यक्रम अधिकृत कोमल राज अधिकारी र व्यवसाय सहायक पुरुषोत्तम धिताल तथा संस्थाका तर्फबाट सचिव मधुसुदन पाठक “सीते बा” र प्रमुख व्यवस्थापक सरोज खतिवडा सहभागी हुनुहुन्थ्यो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले काठमाडौं भित्रका वित्तीय सहकारीहरु पनि नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा सहभागी हुने क्रम बढेको दाबी गर्नुभयो । “कोभिडका कारण पनि हुनसक्छ, वित्तीय सूचकांकहरु सन्तुलित राख्दै संस्थागत सुशासन कायम गर्ने दिशामा पछिल्लो समय काठमाडौं उपत्यका भित्रका बचत तथा ऋण सहकारीहरु पनि बढी संवेदनशील भएको पाएका छौं,” उहाँले भन्नुभयो,“ यसले नेफ्स्कूनले सञ्चालन गरेका कार्यक्रमहरुको लोकप्रियता र प्रभावकारिता बढाएको पुष्टि हुन्छ ।”

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप