सिको साकोसको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिको साकोसको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । “सिप र श्रम युवाको ः वित्तीय सेवा सिकोको” भन्ने मुल नाराका साथ बर्दियाको ठाकुरबाबा १ स्थित  सिको बचत तथा ऋण सहकारी संस्था लि. को तेस्रो वार्षिक  साधारण आज सम्पन्न भएको छ । कोभिड १९ महामारीको बढ्दो संक्रमणका बीच स्वास्थ्य सतर्कता, भौतिक दूरी सहित सरोकारवाला निकायबाट जारी साधारण सभा सञ्चालन सम्बन्धी निर्देशिकाहरुको पालना गर्दै सदस्यको सर्वोच्चता र प्रजातान्त्रिक नियन्त्रण प्रणाली मार्फत सदस्यहरुको सर्वोच्च सभा साधारणसभा सफलतापूर्वक सम्पन्न भएको संस्थाका अध्यक्ष दामोदर अधिकारीले जानकारी गराउनुभयो । 

                                                                

साधारणसभाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घन नारायण श्रेष्ठले गर्नुभएको थियो । साकोसको २०७७ भाद्र १४ गतेको सञ्चालक समितिको बैठकको निर्णयवाट साधारण सभा तयारी, लेखा परिक्षण, वार्षिक नीति तथा योजना र बजेट तयारी, प्रतिवेदन छपाई, महामारीमा साधारण सभा सञ्चालन सम्वन्धी कार्यविधि २०७७ निर्माण सहित साधारणसभाको प्रारम्भ भएको थियो । साथै साधारणसभा कार्यदल गठन, सदस्य घरदैलो कार्यक्रम, प्रतिवेदन र प्रस्ताव प्रेसित, उपस्थिति केन्द्र तयारी, भर्चुअल (रेडियो) प्रतिवेदन सार्वजनिकीकरण र अन्तरक्रिया, भर्चुअल सदस्य अन्तरक्रिया, ड्रप बक्स मार्फत सुझाव संकलन सहित भौतिक र अभौतिक मिश्रित पद्धती मार्फत साधारणसभाका सम्पूर्ण प्रक्रियाहरु पुरा गरिएको थियो ।  


मिश्रीत पद्धति अपनाउदै केन्द्रवाट माइन्यूट प्रमाणित गर्न छनौट भएका सदस्यहरुको उपस्थितिमा भौतिक दूरी सहित माइन्यूट प्रमाणित गर्दै साधारणसभा सम्पन्न भएको संस्थाका अध्यक्ष अधिकारीले जानकारी गराउनुभयो । ७ हजार ३ सय ८० सदस्य रहेको साकोसको साधारण सभामा ६८ प्रतिशत सदस्यहरुको उपस्थिति रहेका थियो ।  साधारण सभाले  साकोस एकरुपता प्रणालीको अवलम्वन, विषय गत सहकारी संस्थाहरुको एकिकरणमार्फत अभियानको सुदृढीकरण, एक अंकको ब्याजदरमा युवा स्वरोजगार ऋण,  सिको स्मार्ट कृषि गाउँ एक टोल एक उत्पादन, सिको जिविकोपार्जन क्लबमार्फत महिला तथा विपन्न सदस्यहरुमा  विना धितो ऋण, प्रविधिगत सुधार, स्थानीय निकायसँगको सहकार्यमा ४ प्रतिशत ब्याजदरमा स्वरोजगार ऋण कार्यक्रम लाई विशेष कार्यक्रमको रुपमा पारित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुखले बचत मार्फत निर्माण भएको पूँजी अव उत्पादन वृद्धि र ब्याावसायिक लगानीको योजना अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो । सभामा ५१ जना ब्यावसायिक सदस्यलाई ग्रीन कार्ड प्रदान गर्ने, उत्कृष्ठ २ सय जना शेयर खरिद कर्ता, बचत कर्ता, वाल बचत कर्ता, सदस्य अभिवृद्धि योगदान र उत्कृष्ठ ३ वटा सिको जिविकोपार्जन दिदीबहिनी क्लबलाई सम्मान तथा पुरस्कृत घोषणा गरिएको थियो ।


                                                        

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप