उपभोक्ता, श्रमिक र उत्पादन सहकारीमा काठमाडौं महानगरको जोडः सहकारी बजेट १ करोड ८५ लाख
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उपभोक्ता, श्रमिक र उत्पादन सहकारीमा काठमाडौं महानगरको जोडः सहकारी बजेट १ करोड ८५ लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले यस आर्थिक वर्षमा उपभोक्ता, श्रमिक र उत्पादन सहकारी संस्था प्रवर्धनमा बिशेष जोड दिने भएको छ । यसैगरी, महानगर सहकारी संघ (बिशिष्टीकृत सहकारी संघ) को माध्यमबाट साना तथा घरेलु उद्योग सञ्चालन गर्न प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्ने तयारी पनि अघि बढाएको छ । “कोराना महामारीको बढ्दो संक्रमणका कारण काम गर्ने केही असहजता पक्कै भएको छ,” कामनपा सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले साकोस आवाजसँग भन्नुभयो, “तर पनि नीति तथा कार्यक्रमहरुलाई समयमै व्यावहारिक परिणति दिन हामी लागिपरेका छौं ।” महानगरले विशिष्टीकृत सहकारी संघ स्थापना संम्भाव्यता अध्ययनका लागि ४ लाख र स्थापना तथा सञ्चालनका लागि लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरभित्रका सहकारी संस्थाहरुबीच समन्वय एवम् बचत र लगानीलाई प्रभावकारी बनाउन काठमाडौं महानगरस्तरीय बिशिष्टीकृत संस्था स्थापना तथा सञ्चालन सहजिकरणको काम अघि बढेको जानकारी पोखरेलले  दिनुभयो ।

“समृद्धिको लागि सहकारी अभियान” को नारा तय गरेको महानगरले साना तथा मझौला व्यवसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति अवलम्बन गरेको छ भने गुणस्तरीय  खाद्यवस्तु उपभोगको संवैधानिक हक सुनिश्चित गर्न प्रत्येक वडामा कम्तिमा एक नमूना उपभोक्ता सहकारी संस्थापना गरी सो मार्फत थोक बजार सञ्चालन तथा प्रवर्धन गर्ने कार्यक्रम अघि सारेको छ । सकारकारले नजिकिदै गरेको बडादशैं लगायतका चाडपर्व लक्षित सुपथ मुल्य पसल भर्खरै सञ्चालनमा ल्याएपनि महानगरको योजना अनुरुप नमूना उपभोक्ता सहकारी भने सञ्चालनमा आएको छैन । यद्यपि, उत्पादन, उपभोक्ता र श्रममा आधारित सहकारी प्रवर्धनलाई भनेर महानगरले २५ लाख रुपैयाँ छुट्टाएको छ ।

पोखरेलले महानगर सहकारी नियमावली र सहकारी अनुगमन निर्देशिका बनाउने काम पहिलो प्राथमिकतामा रहेको जानकारी गराउनुभयो । महानगर सहकारी ऐन २०७४ मै बनेपनि नियमावली अझै बनिनसकेको अवस्था छ । “तयार भैसकेको छ अब निर्णय हुनमात्र बाँकी छ,” पोखरेलले भन्नुभयो, पछिल्लो समयमा काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्रबिन्दु बन्दै गएका कारण भने काम गर्न असहजता भएको छ ।” महानगरले सहकारी क्षेत्र प्रवर्धनका लागि चालु आर्थिक वर्षमा कुल १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सहकारी संस्थाको नियमनका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको महानगरले सहकारी नियमन तथा  प्रवर्धन सम्बन्धी सूचना, टेलिभिजन विज्ञापन तथा वृत्तचित्र निर्माण र स्मारिका प्रकाशनका लागि १५ लाख रुपैयाँ छुट्टाएको छ भने सहकारी अध्ययन भ्रमणका लागि ३ लाख र सहकारी कार्यमूलक योजना तयार गर्न परामर्श सेवाका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

काठमाडौं महानगरको चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमः

  • श्रमिक सहकारी मार्फत अनौपचारिक क्षेत्रमा काम गर्ने मजदूरहरु आबद्ध भई उत्पादन तथा स्वरोजगार कार्यक्रमको प्रारम्भ भएको छ ।
  • सहकारी तथा नीजि क्षेत्रको लगानीमा गुणस्तरीय एवम् आधुनिक बधशाला निर्माण तथा सञ्चालन गर्न सहयोग गरिनेछ ।
  • व्यक्ति, समूह तथा सहकारीले उत्पादन गरेका तरकारीहरु बिक्री, वितरण तथा आपूर्ति व्यवस्था सहजताका लागि प्रत्येक वडामा निश्चित समयको लागि तरकारी तथा घरेलु उत्पादन बजारको व्यवस्था गरिनेछ, जसको सञ्चालन स्थानीय समुदायले गर्नेछन् ।
  • “समृद्धिको लागि सहकारी अभियान” लाई सफल पार्न साना तथा मझौला व्यवसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति लिइनेछ ।

सहकारी नीति कार्यान्वयनका लागि कामनपाले तयार पारेको कार्यनीतिः

  • विद्युतीय प्रणालीमार्फत सहकारी संस्थाको दर्ता, नियमन र प्रवद्र्धन गरिने कार्यलाई निरन्तरता दिइ थप प्रभावकारी बनाइनेछ । सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि एकीकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • सहकारीहरुको नियमन तथा व्यवस्थापनको लागि सहकारी कार्यमूलक योजना ल्याइनेछ ।
  • अनौपचारिक क्षेत्रमा संलग्न महिला, दैनिक ज्यालादारीमा कार्य गर्ने मजदूरहरुलाई सहकारीमा आबद्ध गराउन बिशेष कार्यक्रमको व्यवस्था गरिनेछ । तरकाली, फलफूल, घरेलु खाद्य उद्योग, सरसफाई, क्याफे तथा रेष्टुरेन्ट, मनोरञ्जन, प्राविधिक, पेशागत शिल्पी, निर्माण, स्वास्थ्य क्षेत्र समेतमा आधारित उपभोक्ता, श्रमिक र उत्पादन सहकारी संस्था प्रवर्धन जोड दिइनेछ ।
  • महानगरभित्रका सहकारी संस्थाहरुबीच समन्वय एवम् बचत र लगानीलाई प्रभावकारी बनाउन काठमाडौं महानगरस्तरीय बिशिष्टीकृत संस्था स्थापना तथा सञ्चालन गर्न सहजिकरण गरिनेछ ।
  • उपभोक्ताको गुणस्तरीय तरकारी तथा खाद्यवस्तुको उपभोग गर्ने हक सुनिश्चित गर्न प्रत्येक वडामा कम्तिमा एक नमूना उपभोक्ता सहकारी संस्थापना गरी सो मार्फत थोक बजार सञ्चालन तथा प्रवर्धन गरिनेछ ।
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप