विश्वको ११ औं सफल उद्यमको सूचीमा स्पेनको श्रमिक सहकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्वको ११ औं सफल उद्यमको सूचीमा स्पेनको श्रमिक सहकारी

स्पेन । स्पेनको बास्कस्थित बिश्वकै सबैभन्दा ठूलो श्रमिक सहकारी मनड्रागन करपोरेसन विश्व प्रसिद्ध अमेरिकी फर्च्युन म्यागजिनको विश्व परिवर्तन गर्न सफल उद्यमहरुको सूचीमा पर्न सफल भएको छ । सूचीको ११ औं नम्बरमा रहेको मनड्रागनले माइक्रोसफ्ट्, मास्टरकार्ड जस्ता विश्व प्रसिद्ध कम्पनीहरुलाई उछिनेको छ । मुनाफा भन्दा सदस्य सेवालाई ध्यान दिदैं आएको सहकारीलाई म्यागजिनले वित्तीय रुपमा सबल भनी प्रशंसा गरेको छ । उक्त सहकारीमा कार्यरत सबैभन्दा बरिष्ठ कर्मचारीले प्राप्त गर्ने सेवासुविधा सबैभन्दा कनिष्ठ कर्मचारीको भन्दा ६ गुना बढी नरहेको अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले जनाएको छ । निर्माण, वित्तीय सेवा, उत्पादन, कृषि तथा खाद्य उत्पादन लगायतका क्षेत्रमा काम गर्ने मनड्रागन श्रमिक सहकारी अन्तर्गत २ सय ६० कम्पनीहरु छन् । 

५ वटा महादेशका १ सय ५० देशमा सञ्चालित मनड्रागन अन्तर्गतका कम्पनीहरुमा गरी हाल ८१ हजार ५ सय ७ कर्मचारी कार्यरत छन् । उक्त सहकारी सन् १९५६ मा एक युवा पादरी होजे मारिया अरिज्मेन्डियारियटाको पहलमा गठन भएको थियो । अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यालय रहेको फर्च्युन म्यागजिन अत्यन्त लोकप्रिय र प्रतिष्ठित प्रकाशन मानिन्छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप