दाङको नमस्ते साकोसको २० औ साधारणसभा सम्पन्नः सञ्चालक र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङको नमस्ते साकोसको २० औ साधारणसभा सम्पन्नः सञ्चालक र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन 

दाङ । घोराही उपमहानगरपालिकास्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.ले सर्वसम्मत सञ्चालक र लेखा सुपरिवेक्षण समिति चयन गर्दै २० औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभीड १९ महामारीको बढ्दो संक्रमणकाबीच स्वास्थ्य सतर्कता, भौतिक दुरी सहित सरोकारवाला निकायबाट जारी साधारणसभा सञ्चालन निर्देशिकाको पालना गर्दै सदस्यहरुको सर्वोच्च सभा शनिवार सफलतापूर्वक सम्पन्न भएको संस्थाका अध्यक्ष अञ्जन कुमार पौडेलले जानकारी गराउनुभयो । साकोसको आश्विन २ गतेको सञ्चालक समितिको बैठकको निर्णयबाट साधारण सभा तयारी, लेखा परिक्षण,  प्रतिवेदन छपाई , महामारीमा साधारणसभा सञ्चालन सम्बन्धी कार्यबिधि २०७७ निर्माण सहित साधारण सभा प्रारम्भ भएको थियो । संस्थाले साधारणसभा आयोजना कार्यदल गठन गरी भौतिक रुपमै सदस्य घरदैलो कार्यक्रम मार्फत वडा वडा मा प्रतिवेदन वितरण तथा सुझाव संकलन गरी भौतिक र अभौतिक मिश्रित पद्धति मार्फत साधारण सभा सम्पन्न गरेको हो ।  
मिश्रित पद्धति अपनाउँदै वडा वडा बाट माइनुट प्रमाणितका लागी चुनिएका सदस्यहरुको उपस्थितिमा भौतिक दूरी कायम गर्दै साधारण सभा सम्पन्न भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी गराउनु भयो । ७३१ जना सदस्य संख्या रहेको साकोसको साधारण सभामा ६१.५६ प्रतिशत सदस्यहरुको उपस्थिति थियो । साधारण सभाले साकोस एकरुपता प्रणालीको अबलम्बन, बिचार मिल्ने साहकारी सँगको एकिकरण, सुलभ कर्जा प्रवाहमा जोड, विभिन्न ६ वटा नीतिहरु अनुमोदन गर्नुका साथै कार्यक्षेत्र विस्तारका लागी विनियम संसोधन प्रस्ताव समेत पास गरेको छ । 

आश्विन १० गते देखी सुरु गरिएको साधारण सभाका कार्यक्रम आश्विन १७ गते एक समारोहका साथ सम्पन्न गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि घोराही उप महानगरपालिकाका सहकारी, गरीबी तथा रोजगार प्रवद्र्धन शाखा का प्रमुख हुमलाल भुसालले किसान र उपभोक्ता बिचको ठूलो खाडल बिचौलीयाले भरेको र त्यो खाडल अब सहकारी मार्फत  पुरिनुपर्नेमा जोड दिनुभयो । दोहेरो सदस्यताको बिषयमा बिभाग केही लचिलो समेत हुन सक्ने सुचना आफुलाइ प्राप्त भएको जिकिर गर्दै हठात् नहुन तर तयारीमा रहन समेत आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै नेफ्स्कुन दाङ शाखा प्रबन्धक बेद प्रसाद भट्टराइले साकोस सफलता उन्मुख रहेको प्रति खुसी व्यक्त गर्दै थप सफलताको समेत कामना गर्नु भयो । उहाले साकोस नेफ्स्कून द्धारा सञ्चालीत जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्बस) मा सामेल रहेको र नेकोस प्लस सफ्टवयर मार्फत लेखा पद्धति राखेकोमा उच्च प्रशंसा गर्दै सदस्यहरुलाई बधाइ समेत दिनुभयो । यसैबीच, साकोसले आगामी चार वर्षका लागि अञ्जन कुमार पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र सुनिल कुमार रेग्मीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन समेत गरेको छ ।  
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप