सहकारी सञ्चालन सम्बन्धी पढ्नै पर्ने तीन पुस्तक 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सञ्चालन सम्बन्धी पढ्नै पर्ने तीन पुस्तक 

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थालाई सुव्यवस्थित, मर्यादित  एवं विधिसम्मत तरिकाले सञ्चालन गरी सुशासनको स्तरमा उत्कृष्टता कायम गर्न नेफ्स्कूनले पढ्नै पर्ने महत्वपूर्ण तीन पुस्तक प्रकाशनमा ल्याएको छ । बचत तथा ऋण सहकारीमा सुशासन स्तरको उत्कृष्टता कार्यान्वयन मार्गनिर्देशिका, व्यवसाय विकास सेवा कार्यक्रम सम्बन्धी व्यवसाय क्याटलग र एकीकृत स्वनियमन मार्गनिर्देशन २०७७ प्रकाशन गरेको हो । 

संस्थालाई सुव्यवस्थित, मर्यादित  एवं विधिसम्मत तरिकाले पारदर्शी, नियमित, सुनिश्चित, प्रभावकारी र जवाफदेही रुपमा सञ्चालन गरी सुशासनको स्तरमा उत्कृष्टता कायम गर्न सदस्य संस्थाहरुलाई आआफ्नो संस्थाको कार्यान्वयन निर्देशिका निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले मार्गदर्शनको रुपमा उक्त पुस्तक तयार गरिएको संघले जनाएको छ । 

बचत तथा ऋण सहकारीका सिद्धान्त तथा असल अभ्यासहरु विकास गर्न निर्देशिका मार्फत महत्वपूर्ण आधार तयार हुने विश्वास लिइएको छ । एशियाली ऋण महासंघ अकु ले बचत तथा ऋण सहकारीमा सुशासन स्तरको उत्कृष्टता कार्यान्वयन का लागि तय गरेका विषयहरुलाई मार्गनिर्देशिका पुस्तकमा दुई भागमा समावेश गरिएको छ । पहिलो भागमा सुशासन प्रबद्र्धन गर्ने नीति वा आन्तरिक कार्यविधिको आधार र दोस्रो भागमा सुशासनको अवस्था परिक्षण गरी उत्कृष्ठताको स्तर पत्ता लगाउने विधि सुझाइएको छ । 

यसभित्र ८ परिच्छेद सहित १३२ पृष्ठ रहेको छ । व्यावसायिक नैतिक मर्यादा, साधारणसभा, सञ्चालक संरचना र उक्तरदायित्व, सञ्चालक भर्ना र अभिमुखीकरण, सञ्चालक समिति सञ्चालन, सञ्चालक समितिको कार्यसम्पादन मूल्यांकन, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन र सञ्चालक समिति तालिमको विषयमा विस्तृतीकरण गरिएको छ ।  निर्देशिका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा  उपसमितिहरुको सक्रियता एवं पेशागत कार्यक्षमता विकासमा योगदान गर्ने दिशामा लक्षित छ । सुशासनमा आधारित बचत ऋण सहकारीता प्रबद्र्धन गर्न तथा संघ संस्थालाई सुरक्षित वित्तीय सहकारीको रुपमा विकास गर्न यस मार्गनिर्देशिका सहयोगी बन्ने अपेक्षा संघको छ । 

त्यसैगरी एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा तयार पारिएको व्यवसाय क्याटलग उद्यमशीलता विकास र सही उद्यम छनोटमा महत्वपूर्ण टेवा पुर्याउने विषयमा लक्षित छ । उद्यमशीलता प्रबद्र्धनका विविध कार्यक्रमहरु समेटिएको क्याटलगले सहकारीमा आबद्ध सदस्यहरुको जीवनस्तर सुधार ल्याउन उद्यमशीलता सिर्जनाका  नविन क्षेत्रहरु पहिचान गराएको छ । 

बचत तथा ऋण सहकारीमा सुशासन स्तरको उत्कृष्टता कार्यान्वयन मार्गनिर्देशिका र  व्यवसाय विकास सेवा कार्यक्रम सम्बन्धी व्यवसाय क्याटलग दुवै प्रति पुस्तक रु. ५ सयमा प्राप्त गर्नसक्नुहुनेछ । पुस्तकको लागि नेफ्स्कून केन्द्रीय कार्यालय स्टेशनरी शाखा र संघका नजिकका फिल्ड कार्यालय तथा सेवा केन्द्रहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । साथै नेफ्स्कूनको ३३औं स्थापना दिवसको अवसरमा प्रकाशित एकीकृत स्वनियमन मार्गनिर्देशन २०७७ र नेफ्स्कूनद्वारा त्रैमासिक रुपमा प्रकाशन हुने साकोस आवाजको असोज अंक समेत प्रकाशनमा रहेको हुँदा उक्त पुस्तकहरु निशुल्क अध्ययन गर्नुहुन समेत संघको अनुरोध छ ।   

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप