‘संकटमा सामना शक्ति विकासका लागि बचत तथा ऋण सहकारी अभियानको भूमिका महत्वपूर्ण’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘संकटमा सामना शक्ति विकासका लागि बचत तथा ऋण सहकारी अभियानको भूमिका महत्वपूर्ण’ 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले कोभिड–१९ ले उब्जाएका संकट समाधानका लागि बचत तथा ऋण सहकारीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । कृषिमा व्यावसायिकीकरण र उद्यमशीलता विकास मार्फत गरिबी, बेरोजगारी तथा आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्धन गर्ने काममा बचत ऋण सहकारीहरुको अहम् भूमिका राष्ट्रले अपेक्षा गरेको उहाँले बताउनुभयो । त्यसको नेतृत्व मुलुकभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र अभिभावक निकाय नेफ्स्कूनले लिनुपर्ने पनि मन्त्री अर्यालले उल्लेख गर्नुभयो । विपत्तिको सामना गर्दै समृद्धि हासिल गर्ने वित्तीय सहकारीको अभियानमा मन्त्रालय र आफ्नो व्यक्तिगत समेत साथ सहयोगको प्रतिबद्धता मन्त्री अर्यालले व्यक्त गर्नुभएको छ ।

“कोभिड–१९ को विषम परिस्थितिले सृजना गरेको आर्थिक र सामाजिक, साँस्कृतिक र पर्यावरणीय समस्याहरुको सामना शक्ति विकासका लागि नेपालको बचत तथा ऋण सहकारी अभियानले गरिबी र बेरोजगारी समस्या समाधानमा थप जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ” ७२ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (बचत तथा ऋण सहकारी दिवस) को अवसरमा आज शुभकामना सन्देश दिदैं मन्त्री अर्यालले भन्नुभयो, “समुदाय र सदस्यहरुमा रोग, भोक, अशिक्षा र वित्तीय संकट समाधानका लागि नेपालको बचत तथा ऋण सहकारी अभियानले यस वर्षको आइसीयू डे को नाराले झै सदस्य र समुदायमा आशा जागृत गराउने विश्वास व्यक्त गर्न चाहन्छु ।” स्मरणीय छ प्रत्येक वर्ष अक्टोबर महिनाको तेस्रो विहिबार मनाइने प्रचलन अनुसार यस वर्ष आज अर्थात् अक्टोबर १५ मा परेको आइसीयू डे (बचत तथा ऋण सहकारी दिवस) को नारा पनि विश्व परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यसहित “विश्व समुदायमा आशाको जागरण” राखिएको छ । 

विश्व क्रेडिट युनियनका प्रणेता जर्मन सुधारक एफ डब्लु राइफाइसनले मुलुकमा व्याप्त गरिबी, खाद्य संकट र अभाव अन्त्यका लागि प्रजातान्त्रिक पद्धतिमा सदस्य सहभागिता र स्वायत्ततामा आधारित बचत तथा ऋण सहकारी अभियान प्रारम्भ गरेको इतिहास स्मरण गर्दै मन्त्री अर्यालले जब संकट पर्छ तब सहकारीको भूमिका बढी खोजी हुने बताउनुभयो । “आज नेपालको बचत तथा ऋण सहकारी अभियान सामु पनि समयक्रमले त्यस्तै जिम्मेवारी प्रदान गरेको छ,” उहाँले भन्नभुयो, “राइफाइसनले सन् १८४० को दशकमा जर्मनीमा व्याप्त भोकमरीबाट आक्रान्त गरिब, किसान र वित्तीय पहुँचबाट अलग भएकाहरुलाई संगठित गरी स्व सहयोग, स्व उत्तरदायित्व र स्व शासनका माध्यमबाट प्रजातान्त्रिक पद्धतिमा आधारित भई शुरु गरेको बचत तथा ऋण सहकारी अभियानले किसानहरुमा आशा जागृत गराएको थियो ।” मन्त्री अर्यालले आइसीयू डे ले नेपालको वित्तीय सहकारी अभियानलाई राष्ट्रिय संकटको सामनाका लागि अघि बढ्ने प्रेरणा र अवसर दुवै प्रदान गर्ने विश्वास समेत शुभकामना मार्फत व्यक्त गर्नुभएको छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप