प्रविधियुक्त सेवा प्रवाहलाई जोड दिँदै प्रभात दिदीबहिनी साकोसको २२औं बार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रविधियुक्त सेवा प्रवाहलाई जोड दिँदै प्रभात दिदीबहिनी साकोसको २२औं बार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं, असोज २८ । भरतपुर–१२ चितवनस्थित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि. को २२ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कोभिड १९ महामारीका कारण संस्थाले साताव्यापी (असोज २२ देखि २७) सदस्य उपस्थिति कार्यक्रम सहित आज सीमित भौतिक उपस्थितिका बीच साधारणसभा सामारोह सम्पन्न गरेको हो । प्रविधिमैत्री सदस्य सेवालाई जोड दिँदै आएको साकोसले साधारणसभाको अवसर  पारेर क्यूआर कोड प्रविधि सञ्चालनमा ल्याएको छ ।

प्रमुख अतिथि प्रदेश सांसद एमव् शिक्षा, स्वास्थ्य तथा कृषि समिति सदस्य घनश्याम दाहालले संस्थाका सदस्यलाई क्यूआर कोड वितरण गर्दै महिला सशक्तिकरणमा सहकारीको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले सहकारी क्षेत्रमार्फत महिलाको आर्थिक सशक्तिकरण गर्न महिलामैत्री सहकारी कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

संस्थाले असोज २२ गतेदेखि स्वास्थ्य मापदण्डहरुको पालना सहित सामाजिक दुरी कायम गर्दै ४ वटा सेवा केन्द्र ( मुख्य कार्यालय भरतपुर, शरदपुर सेवाकेन्द्र, शक्तिखोर सेवा केन्द्र र लक्ष्मीपुर बचत संकलन केन्द्र) मार्फत साधारणसभाको पुस्तिकामा सदस्यहरुको भौतिक उपस्थिति गराइएको संस्थाका सचिव साधना पोखरेलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “ ४४ सय ७७ जना सदस्यहरुमा साधारणसभामा ६० प्रतिशत सदस्य उपस्थिति रहेको छ, हामीले असोज २२ देखि २६ गतेसम्म सदस्य उपस्थिति र प्रतिवेदन वितरणको कार्य गरि असोज २७ गते भर्चुअल माध्यमबाट कार्यक्रम गरी सुझाव संकलन गरेका थियौं ।” संस्थाले कोभिड महामारीका कारण साधारणसभाको कार्यक्रममा सदस्यहरुको भौतिक उपस्थित कम गराईने, टेलिभिजन र फेकबुक पेजमार्फत लाइभ प्रशारण गरिने जानकारी सदस्य उपस्थितिकै क्रममा गराएको थियो । साधारणसभाले उत्कृष्ट शेयर सदस्यहरु, असल ऋणि, असल बचतकर्ताहरुलाई सम्मान तथा पुरस्कारको कार्यक्रम राखेको भएपनि सबै विधामा समय परिस्थितिका कारण सम्मान तथा पुरस्कार वितरण असम्भव भएको र संस्थाको आगामी बार्षिकोत्सवका अवसरमा गराइने जानकारी गराएको थियो । 

 

संस्थाका संस्थापक सचिव एवम् दुई कार्यकाल अध्यक्ष समेत रहनुभएकी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले चरणबद्ध रुपमा सदस्यहरुको उपस्थिति गराएको साथै देश तथा विदेशमा रहनुभएका सदस्य तथा शुभचिन्तकहरुसँग पनि भर्चुअल विधिमार्फत साधारणसभाको अघिल्लो दिन असोज २७ गते सुझाव संकलन गरिएको जानकारी गराउनुभयो । प्रविधिमार्फत तीब्र र सुरक्षित सेवा प्रदान गर्ने उद्देश्यले आजैबाट क्यूआर कोड भुक्तानी सेवाको शुरुवात गरिएको जानकारी गराउँदै अध्यक्ष विमला न्यौपानेले भन्नुभया,े “लकडाउन शुरु भएसँगै मोबाइल बैकिङ सेवा सुरु गरिएको र प्रविधिमार्फत सेवा प्रवाहलाई जोड्ने संस्थाको रणनीति अनुरुप क्यू आर कोड भुक्तानी सेवाको प्रारम्भ गरेका हौं ।” 
 
स्थापनाको २६ औं वर्ष प्रवेशको संघारमा रहेको प्रभात दिदीबहिनी साकोसमा ४७ सय भन्दा बढी सदस्यहरु र कुल २८ करोड १२ लाखको कारोबार रहेको छ । साकोस नेफ्स्कून र प्रदेश स्तरीय उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्थाका रुपमा पुरस्कृत भैसकेको छ । साथै नेफ्स्कूनले विकास गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय स्तरको कार्यक्रम प्रोबेशन मा २ पटक ब्राण्ड प्राप्त गर्न सफल संस्था एशियालीस्तरको गुणस्तर प्रमाणीकरण कार्यक्रम एक्सेसमा पनि आबद्ध छ । साधारणसभा समारोह को टेलिभिजनबाट प्रत्यक्ष प्रसारण र फेकबुक मार्फत लाइभ गरिएको थियो । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप