प्रविधियुक्त सेवा प्रवाहलाई जोड दिँदै प्रभात दिदीबहिनी साकोसको २२औं बार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रविधियुक्त सेवा प्रवाहलाई जोड दिँदै प्रभात दिदीबहिनी साकोसको २२औं बार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं, असोज २८ । भरतपुर–१२ चितवनस्थित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि. को २२ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कोभिड १९ महामारीका कारण संस्थाले साताव्यापी (असोज २२ देखि २७) सदस्य उपस्थिति कार्यक्रम सहित आज सीमित भौतिक उपस्थितिका बीच साधारणसभा सामारोह सम्पन्न गरेको हो । प्रविधिमैत्री सदस्य सेवालाई जोड दिँदै आएको साकोसले साधारणसभाको अवसर  पारेर क्यूआर कोड प्रविधि सञ्चालनमा ल्याएको छ ।

प्रमुख अतिथि प्रदेश सांसद एमव् शिक्षा, स्वास्थ्य तथा कृषि समिति सदस्य घनश्याम दाहालले संस्थाका सदस्यलाई क्यूआर कोड वितरण गर्दै महिला सशक्तिकरणमा सहकारीको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले सहकारी क्षेत्रमार्फत महिलाको आर्थिक सशक्तिकरण गर्न महिलामैत्री सहकारी कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

संस्थाले असोज २२ गतेदेखि स्वास्थ्य मापदण्डहरुको पालना सहित सामाजिक दुरी कायम गर्दै ४ वटा सेवा केन्द्र ( मुख्य कार्यालय भरतपुर, शरदपुर सेवाकेन्द्र, शक्तिखोर सेवा केन्द्र र लक्ष्मीपुर बचत संकलन केन्द्र) मार्फत साधारणसभाको पुस्तिकामा सदस्यहरुको भौतिक उपस्थिति गराइएको संस्थाका सचिव साधना पोखरेलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “ ४४ सय ७७ जना सदस्यहरुमा साधारणसभामा ६० प्रतिशत सदस्य उपस्थिति रहेको छ, हामीले असोज २२ देखि २६ गतेसम्म सदस्य उपस्थिति र प्रतिवेदन वितरणको कार्य गरि असोज २७ गते भर्चुअल माध्यमबाट कार्यक्रम गरी सुझाव संकलन गरेका थियौं ।” संस्थाले कोभिड महामारीका कारण साधारणसभाको कार्यक्रममा सदस्यहरुको भौतिक उपस्थित कम गराईने, टेलिभिजन र फेकबुक पेजमार्फत लाइभ प्रशारण गरिने जानकारी सदस्य उपस्थितिकै क्रममा गराएको थियो । साधारणसभाले उत्कृष्ट शेयर सदस्यहरु, असल ऋणि, असल बचतकर्ताहरुलाई सम्मान तथा पुरस्कारको कार्यक्रम राखेको भएपनि सबै विधामा समय परिस्थितिका कारण सम्मान तथा पुरस्कार वितरण असम्भव भएको र संस्थाको आगामी बार्षिकोत्सवका अवसरमा गराइने जानकारी गराएको थियो । 

संस्थाका संस्थापक सचिव एवम् दुई कार्यकाल अध्यक्ष समेत रहनुभएकी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले चरणबद्ध रुपमा सदस्यहरुको उपस्थिति गराएको साथै देश तथा विदेशमा रहनुभएका सदस्य तथा शुभचिन्तकहरुसँग पनि भर्चुअल विधिमार्फत साधारणसभाको अघिल्लो दिन असोज २७ गते सुझाव संकलन गरिएको जानकारी गराउनुभयो । प्रविधिमार्फत तीब्र र सुरक्षित सेवा प्रदान गर्ने उद्देश्यले आजैबाट क्यूआर कोड भुक्तानी सेवाको शुरुवात गरिएको जानकारी गराउँदै अध्यक्ष विमला न्यौपानेले भन्नुभया,े “लकडाउन शुरु भएसँगै मोबाइल बैकिङ सेवा सुरु गरिएको र प्रविधिमार्फत सेवा प्रवाहलाई जोड्ने संस्थाको रणनीति अनुरुप क्यू आर कोड भुक्तानी सेवाको प्रारम्भ गरेका हौं ।” 
 
स्थापनाको २६ औं वर्ष प्रवेशको संघारमा रहेको प्रभात दिदीबहिनी साकोसमा ४७ सय भन्दा बढी सदस्यहरु र कुल २८ करोड १२ लाखको कारोबार रहेको छ । साकोस नेफ्स्कून र प्रदेश स्तरीय उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्थाका रुपमा पुरस्कृत भैसकेको छ । साथै नेफ्स्कूनले विकास गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय स्तरको कार्यक्रम प्रोबेशन मा २ पटक ब्राण्ड प्राप्त गर्न सफल संस्था एशियालीस्तरको गुणस्तर प्रमाणीकरण कार्यक्रम एक्सेसमा पनि आबद्ध छ । साधारणसभा समारोह को टेलिभिजनबाट प्रत्यक्ष प्रसारण र फेकबुक मार्फत लाइभ गरिएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप