बाराको हातेमाले साकोसको १३ औं साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाराको हातेमाले साकोसको १३ औं साधारण सभा सम्पन्न

बारा । सिमराको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.ले आफनो १३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आफनो वार्षिक साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको छ । यस वर्ष कोरोना भाइरसको महामारीका कारण सदा झै साधारण सभा गर्दा मानव स्वास्थमा जोखिम हुने भएकोले सहकारी बिभागको सूचनाका आधारमा संस्थाले “महामारीमा साधारण सभा सञ्चालन सम्वन्धि कार्यविधि” निर्माण गरी असोज १६ गतेबाट सुरु गरी कार्तिक १ गते  एक कार्यक्रम आयोजना गरी समापन गरेको हो । १५ दिनको समयमा कर्मचारीले साधारण सभाका सम्पूर्ण प्रतिबेदनहरु सदस्यलाई पायक पर्ने स्थानहरुमा गएर उपलब्ध गराएका थिए । समापन कार्यक्रममा संस्थाका सदस्य रही कार्यक्षेत्र भित्र बसोबास गरिरहेका सदस्यमध्ये जितपुर सिमरा उमनपामा निर्वाचित ६ जना वडा अध्यक्षहरु, एकजना नगरप्रमुख तथा २ जना प्रदेश सभा सदस्यहरु तथा संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति तथा बिभिन्न उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

प्रदेश सभा सदस्य सुन्दर बहादुर बि.क, नगर प्रमुख डा. कृष्णप्रसाद पौडेल र वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरेले मन्तब्य राख्नु भएको कार्यक्रममा संस्थाकी सञ्चालक मनकुमारी खनालले स्वागत गर्नुभएको थियो भने शुभकामना मन्तब्य सहकारी बैकका शाखा प्रमुख सुरेश लागेले राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले गर्नु भएको थियो भने सो सहजिकरण सञ्चालक बरुणप्रसाद गौतमले गर्नुभएको थियो । हाल ३५ सय सदस्य रहेको संस्थाले ५० करोडको कारोबार गरिरहेको छ । संस्थाले आ.ब २०७६/०७७ मा २,३१,४४,००० (कर पुर्व) नाफा गरेको थियो । संस्थाले आफना सदस्यहरुलाई सहकारी ऐनले तोकेको अधिकतम १८ प्रतिशत शेयर लाभांश बितरणको घोषणा गरेको छ । साथै कारोवारको आधारमा असल ऋणीहरुलाई उनीहरुले तिरेको ब्याजको ४.१८ प्रतिशत तथा बचत कर्ताहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४.८२ प्रतिशत रकम संरक्षित पूजी फिर्ता कोषबाट बितरण गर्ने समेत निर्णय गरेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप