दाङको हरियाली साकोसको १५ औ साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङको हरियाली साकोसको १५ औ साधारणसभा सम्पन्न 

दाङ । जिल्लाको राप्ती गाउँपालिका स्थित हरियाली बचत तथा ऋण सहकारी संस्था लि.ले १५ औ वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । कोभीड १९ महामारीको बढ्दो संक्रमणका बिच स्वास्थ्य सतर्कता, भौतिक दुरी सहित सरोकारवाला निकायबाट जारी साधारणसभा सञ्चालन सम्बन्धि निर्देशिकाको पालना गर्दै सभा सम्पन्न भएको संस्थाका अध्यक्ष शिवध्वज मल्लले जानकारी गराउनुभयो । साकोसको २०७७ आश्विन ८ गतेको सञ्चालक समितिको बैठकको निर्णयबाट साधारण सभाको तयारी, लेखा परिक्षण,  प्रतिवेदन छपाई , महामारीमा साधारणसभा सञ्चालन सम्बन्धी कार्यबिधि २०७७ निर्माण सहित साधारण सभा प्रारम्भ भएको थियो । सहकारी बिभागले असोज १ गते जारी गरेको “सहकारी संस्थाको साधारण सभा सञ्चालन सम्बन्धि सुचना” आत्मसाथ गर्दै  साधारणसभा सञ्चालन कार्यदल गठन गरी भौतिक रुपमै सदस्य घरदैलो कार्यक्रम मार्फत वडा वडा मा प्रतिवेदन वितरण तथा सुझाव संकलन गरी मिश्रीत विधिबाट साधारण सभाका सम्पूर्ण प्रकृयाहरु पुरा गरिएको थियो । 

वडा वडा बाट माइनुट प्रमाणीतका लागी छनौट भएका सदस्यहरुको उपस्थितीमा भौतीक दुरी सहित साधारण सभा सम्पन्न भएको अध्यक्ष मल्लले जानकारी गराउनु भयो । कुल २९०० जना सदस्य संख्या रहेको साकोसको साधारण सभामा ७० प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । साधारण सभाले संस्थाका बार्षिक आय व्यय र संगठनात्मक प्रतिवेदनहरु, लेखापरिक्षण प्रतिवेदन र आगामी बर्षको कार्ययोजना अनुमोदन गरेको छ । विभिन्न निति हरु अनुमोदन गरे संगै संस्थामा अब २० वटा नितिहरु र विभिन्न ११ वटा निर्देशिका र १३ वटा कार्यबिधि रहेको संस्थाका अध्यक्ष मल्ललले जानकारी गराउनु भयो ।  

आश्विन २३ गते देखी सुरु गरिएको साधारण सभाका कार्यक्रममा संस्थाका प्रगती प्रतीवेदन तथा आय व्यव प्रतिवेदनहरु र आगामी कार्ययोजनाहरु स्थानीय टेलिभिजन, एफएम, संस्थाको आधिकारिक फेसबुक पेज र युट्युब मार्फत ५ दिन सम्म प्रसारण गरी सेयर सदस्यहरुलाई सुसूचित गराइएको थियो ।  आश्विन ३० गते एक समारोहको बीच समापन गरिएको साधारण सभामा प्रमुख अतिथी राप्ती गाउँपालीकाका अध्यक्ष नुमानन्द सुवेदीले हरियाली साकोसले अब राप्ती गाउँपालिकाका अन्य साकोसहरुलाई नेतृत्व गर्दै एकीकरणको अभियान चलाउन आग्रह गर्नु भयो । उहाँले गाउँपालिका स्तरीय मजबुद र देशकै नमुना सहकारी बन्न आग्रह गर्नु भयो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी भए सँगै चुनौती र सम्भावना बढेकोले थप जिम्मेवारी र अनुशासित हुन समेत उहाँले जोड दिनु भयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोबिन्द प्रसाद शर्माले जिल्लामा मात्रै नभएर राष्ट्रिय स्तरमै अब्बल साबित भएको हरियाली साकोसले आगामी दिनमा थप सफलता प्राप्त गर्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) दाङ फिल्ड कार्यालय इन्चार्ज वेद प्रसाद भट्टराई, राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नारायण बेलबासे, सिसहनिया उघोग बाणिज्य संघका महासचिव इश्वरी प्रसाद अधिकारी लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । संस्थाले गत आ.ब मा ७३,१५,७१८ खुद बचत गरी २३,२१,४१,०८० को कुल सम्पति बनाउन सफल भएको छ । संस्थाले नेफ्स्कूनद्धारा सञ्चालित नेकोस प्लस सफ्टवेयरद्धारा लेखामान राख्ने गरेको , लगातार  २  वर्ष देखि नेफ्स्कून र सहकारी बिभागले संयुक्त रुपमा प्रदान गर्ने प्रोबेसन ब्रान्ड प्राप्त गरेको र विगत १ वर्ष देखि एशियाली स्तरको एक्सेस कार्यक्रममा सहभागी भएको छ ।  यसै बर्ष सस्थाले दियो बचत तथा ऋण सहकारी संस्थालाई एकीकरण समेत गरेको छ ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप