नेफ्स्कूनको धादिङ फिल्ड व्यवस्थापन उप समिति बैठकमा प्रगति समीक्षा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको धादिङ  फिल्ड व्यवस्थापन उप समिति बैठकमा प्रगति समीक्षा

धादिङ । नेफ्स्कूनका कोषाध्यक्ष एवम् धादिङ फिल्ड व्यवस्थापन उप समितिका संयोजक दिपक पनेरुले केन्द्रबाट तय भएका बार्षिक लक्ष्यका साथै स्थानीय आवश्यकता मध्यनजर गरी हरेक महिना सम्भावित माध्यम चयन गरी कार्यक्रमहरु आयोजनाको आवश्यकता औल्याउनुभएको छ । उहाँले केन्द्रबाट जारी नीति निर्देशनलाई सदस्य संस्थाहरु समक्ष प्रवर्धन, ४ वर्षे रणनीतिक योजनाका कार्यक्रमहरुलाई निरन्तरता दिने, तालिम तथा व्यवसाय प्रवर्धन कार्यलाई तिब्रताका साथ अघि बढाउने, बार्षिक योजना र लक्ष्य हासिलको अग्रसरता र नियमित साकोसहरुसँगको समन्वय आवश्यक भएको बताउनुभएको छ ।

संयोजक पनेरुले नतिजामा आधारित कार्यलाई प्राथमिकतामा राखी कार्य गर्ने फिल्ड व्यवस्थापन उपसमितिका सदस्यहरु समक्ष आग्रह गर्नुभएको छ ।  नेफ्स्कून फिल्ड कार्यलय धादिङले हिजो आयोजना गरेको फिल्ड व्यवस्थापन उप समितिको भर्चुअल बैठकमा बोल्दै संयोजक पनेरुले उक्त कुरा बताउनुभएको हो । 

बैठकमा त्रैमासिक रुपमा फिल्ड कार्यालयले हासिल गरेको प्रगतिको समीक्षा, ऋण लगानी, वार्षिक लक्ष्यको समीक्षा तथा कार्तिक महिनामा संचालन गरिने कार्याक्रमको बारेमा छलफल भएको थियो । फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य गणेश श्रेष्ठले आगामी दिनमा कार्यविधि सहितको जिम्मेवारीमा रही कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । अर्का सदस्य तुलसी प्रसाद अधिकारीले संस्थाको वित्तीय अवस्था विश्लेषण गरी ऋण लगानी बढाउनुपर्ने बताउनुभयो । अर्का सदस्य प्रदिप अधिकारीले ऋण नीतिमा आधारित रही विश्लेषण गरेर मात्र ऋण लगानी गर्नुपर्ने र सदस्य वृद्धिमा सबैको सहयोग आवश्यक हुने धारणा राख्नुभयो ।  

अर्का सदस्य देव प्रसाद त्रिपाठीले कोभिडको विषम परिस्थितिमा पनि फिल्ड कार्यालयबाट भएका कार्यहरु सन्तोषजनक भएको दाबी गर्नुभयो । उहाँले व्यवसाय प्रवर्धनका कार्यहरुलाई बार्षिक लक्ष्य बमोजिम उपयुक्त समयमा नै संचालन गर्ने बताउनुभयो । समितिका सदस्यहरुमा प्रदिप अधिकारी, तुलसी प्रसाद अधिकारी, गणेश श्रेष्ठ, देव प्रसाद त्रिपाठी र टाप बहादुर श्रेष्ठ हुनुहुन्छ । कार्यक्रम सञ्चालन नेफ्स्कून फिल्ड कार्यालय धादिङका इन्चार्ज शम्भु प्रसाद घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप