दाङको तेजस्वी मातृभूमी साकोसको प्रथम साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङको तेजस्वी मातृभूमी साकोसको प्रथम साधारणसभा सम्पन्न

दाङ । जिल्लाको लमही नगरपालिका अवस्थित तेजस्वी मातृभुमी बचत तथा ऋण सहकारी संस्था ली.ले आफ्नो पहिलो वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । कोभिड १९ महामारीको बढ्दो संक्रमणका बीच स्वास्थ्य सतर्कता, भौतिक दुरी सहित सरोकारवाला निकायाबाट जारी साधारणसभा सञ्चालन सम्बन्धि निर्देशिकाको पालना गर्दै सभा सफलतापूर्वक सम्पन्न भएको संस्थाका अध्यक्ष भोज राज भुसालले जानकारी गराउनुभयो । साकोसको २०७७ आश्विन १२ गतेको सञ्चालक समितिको बैठकको निर्णय बाट साधारण सभाको तयारी, लेखा परिक्षण, प्रतिवेदन छपाई, महामारीमा साधारणसभा सञ्चालन सम्बन्धि कार्यबिधि २०७७ निर्माण सहित साधारण सभाको प्रारम्भ भएको थियो । सहकारी बिभागले असोज १ गते जारी गरेको “सहकारी संस्थाको साधारण सभा सञ्चालन सम्बन्धि सुचना” लाई आत्मसाथ गर्दै  साधारणसभा सञ्चालन कार्यदल गठन गरी भौतिक रुपमै सदस्य घरदैलो कार्यक्रम मार्फत वडा वडा मा प्रतिवेदन वितरण तथा सुझाव संकलन गरी भौतीक र अभौतीक पद्धति मार्फत साधारण सभाका सम्पूर्ण प्रक्रियाहरु संस्थाले पुरा गरेको हो । 

साबिकको तेजस्वी बचत तथा ऋण सहकारी संस्था ली.र मातृभूमि बचत तथा ऋण सहकारी संस्था ली. गत बर्ष कात्र्तिक ३ गते एकआपसमा एकिकरण गरी बनेको तेजस्वी मातृभुमी बचत तथा ऋण सहकारी संस्था ली.ले कार्तिक ३ गते सोमबार एक कार्यक्रम गरी आफ्नो प्रथम स्थापना दिवस मनाई वार्षिक साधारणसभाका गाउँपालिका स्तरीय कार्यक्रमहरु सुरु गरेको हो ।  राप्ती र गढवा गाउँपालिका र लमही नगरपालिकाबाट माइनुट प्रमाणितका लागी छनौट भएका सदस्यहरुको उपस्थितिमा भौतिक दूरीसहित आज साधारण सभा सम्पन्न भएको संस्थाका अध्यक्ष भोजराज भुसालले जानकारी गराउनुभयो ।

कुल १५५० जना सदस्य संख्या रहेको साकोसको साधारण सभामा ७१ प्रतिशत सदस्यहरुको उपस्थिति थियो । साधारण सभाले संस्थाका बार्षिक आय व्यय र संगठनात्मक प्रतिवेदनहरु, लेखापरिक्षण प्रतिवेदन र आगामी बर्षको कार्ययोजना अनुमोदन गरेको छ । विभिन्न निति तथा कार्यबिधि हरु अनुमोदन गरे संगै संस्थामा अब १० वटा नीतिहरु, ८ वटा निर्देशिका र ११ वटा कार्यबिधि रहेको संस्थाका अध्यक्ष भुसालले जानकारी गराउनु भयो ।  

कार्तिक ३ गते देखि सुरु गरिएको साधारण सभाका कार्यक्रममा संस्थाका प्रगति प्रतिवेदन तथा आय व्यव प्रतिवेदनहरु र आगामी कार्ययोजनाहरु स्थानीय स्तरमै संस्थाका शेयर सदस्यहरुलाई उपलब्ध गराइएको थियो ।  कार्तिक  ३ गते एक समारोहका बीच समापन गरिएको साधारण सभामा प्रमुख अतिथी लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य रेवतीरमण शर्माले तेजस्वी मातृभुमी साकोसले अब सिङ्गो देउखुरी उपत्यकालाई आफ्नो सशक्त कर्मभूमि बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले लुम्बिनी प्रदेशको स्थायी राजधानी भए संगै थप चुनौती र सम्भावना बढेकोले थप जिम्मेवारी र सम्पूर्ण वित्तिय आवश्यक्ता पुरा गर्न सक्नु पर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला बचत संघका कोषाध्यक्ष शिवध्वज मल्लले जिल्लामा रहेका धेरै साकोसहरु एक आपसमा एकिकरण गरी थोरै संख्यामा देशकै नमूना साकोस बनाउने जिल्ला बचत संघको योजना रहेको र सोका लागी आबश्यक सहजीकरण गर्न नेफ्स्कूनलाई आग्रह समेत गर्नु भयो ।  कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून ) दाङ्ग फिल्ड कार्यालयका इन्चार्ज वेद प्रसाद भट्टराई, लमही नगरपालीकाका प्रमुख कुल बहादुर केसी उप प्रमुख देवका बेलबासे लगायतकाले संस्थाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । संस्थाले गत आ ब मा २८,०४,६९१ खुद बचत गरी जम्मा ८,४६,२०,०३८  को कुल सम्पती कायम गर्न सफल भएको छ ।  संस्थाले नेफ्स्कून द्धारा सञ्चालीत नेकोस प्लस सफ्टवयेर द्धारा लेखामान राख्ने गरेको , लगातार  २  वर्ष देखी नेफ्स्कून द्धारा सञ्चालीत जोखीममा आधारीत साकोस स्परीवेक्षण कार्यक्रम (कर्बस) मा सहभागी छ ।

 यसैबीच, साकोसले आगामी चार वर्षका लागी जोगमान खड्काको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत् चयन गरेको छ । जसको उपाध्यक्षमा गीरीजा चौधरी, सचिवमा ऋषीराज रावत क्षत्री, कोषाध्यक्षमा सृजन भट्टराई, सदस्यहरुमा बसन्त कुमार भण्डारी, भरतलाल चौधरी, बिकास रजौरे, उमा पाण्डे र राधिका वली रहनु भएको छ भने र भिम बहादुर बस्नेतको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्मसम्मत रुपमा चयन गरेको छ । जसको सदस्यहरुमा नर बहादुर डि.सी र मिनराज अधिकारी रहनु भएको कार्यक्रमको सहजकर्ता संस्थाका व्यवस्थापक फणाधर ढकाल शर्माले साकोस आवाजलाई जानकारी दिनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप