२६औं बार्षिक साधारणसभाः एकीकरण मार्फत सम्पूर्ण सेवा तथा उत्पादन एकै छानामुनीबाट प्रदान गर्ने सामुदायिक साकोसको अभियान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
२६औं बार्षिक साधारणसभाः एकीकरण मार्फत सम्पूर्ण सेवा तथा उत्पादन एकै छानामुनीबाट प्रदान गर्ने सामुदायिक साकोसको अभियान 

काभ्रेपलाञ्चोक, पनौती । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौती ४, टौखालको २६ औं वार्षिक साधारण सभा २०७७ कार्तिक २६ गते बुधवार विधिवत रुपमा समापन भएको छ । संस्थाका अध्यक्ष प्रकाश वन्जाराज्यूको सभाध्यक्षता एवं प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपाने,  वागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष उद्धव सापकोटा, प्रदेश सहकारीका सदस्य एवं विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रदिप थापा, पनौती नगरपालिका बरिष्ठ प्रशासकिय अधिकृत एवं स्थानीय सहकारी रजिष्ट्रार इन्द्रप्रसाद अधिकारी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुँदै संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले २६ औ वार्षिक साधारण सभा मनाइरहँदा गौरवको महसुस भएको विचार ब्यक्त गर्नुहुँदै सवैको साथ, सहयोग तथा सहकार्यले आगामी दिनहरुमा अझै बृहत भब्य रुपमा संस्थालाई अगाडि बढाउने अवसर प्राप्त हुनेछ भन्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४ टौखाल, पालाञ्चोक भगवती बचत तथा ऋण सहकारी संस्था लि. का.म.न.पा. ११, सुकेधारा, काठमाण्डौ, धुनीदेवी बचत तथा ऋण सहकारी संस्था लि. नमोबुद्ध न.पा. २, भकुण्डेवेशी, र लड्केश्वरी महिला चेतना बचत तथा ऋण सहकारी संस्था लि. पनौती ११ का पदाधिकारीहरुको ऐक्यद्धताका साथ संस्थाहरुको एकीकरण घोषणा समेत भएको थियो । यस एकीकरण घोषणा पछि संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, काठमाडौ, भक्तपुर र ललितपुर गरि ४ जिल्ला हुनेछ भने एकीकरण पछि  सदस्य संख्या २८००० र कारोवार रकम २ अर्ब ५० करोड पुग्नेछ । 

कार्यक्रममा मन्तब्य राख्नुहुँदै प्रमुख अतिथि प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले सामुदायिक बचत तथा ऋण सहकारी जिल्लामा मात्र नभै देश र विदेशमा समेत उत्कृष्ट रहेको उल्लेख गर्नुहुँदै एकीकरणको अभियानमा जिल्लामै अग्रणि भुमिका प्रस्तुत गर्दै सहकार्य र सदस्य सेवामा उत्कृष्ट कार्य गर्न सफल भएकोमा बधाई समेत दिनु भएको थियो । संस्थाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन उल्लेख्य रहेको र हरेक वर्ष यसमा देखिएको वित्तिय तथा गैर वित्तिय प्रगति अझै उत्कृष्ट हुँदै जाओस् र देशमै नमुना सहकारी बन्न सफलहोस् भन्ने शुभकामना सहितको मन्तब्य राख्नु भएको थियो ।

पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले कार्यक्रममा नीति तथा विधिमा सञ्चालन भएको संस्थाले स्थानीय तह समेत सहकार्यमा सामाजिक कार्य लगायत कृषि तथा पशुपालनमा समेत सहकार्य गरिहेकोमा खुसि ब्यक्त गर्नुहुँदै अगामी दिनमा यस कार्यलाई अझै प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता समेत जनाउनु भएको थियो । संस्थाको आर्थिक सामाजिक स्तर उन्नतिको कार्यहरुमा अभियानकै रुपमा अगाडि बढाएको यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भएको थियो । 
मन्तब्यकै क्रममा पनौती नगरपालिकाका बरिष्ठ प्रमुख प्रशासकीय अधिकृत तथा स्थानीय सहकारी रजिष्ट्रार इन्द्र प्रसाद अधिकारीले समयको गतिलाई बुझेर नीति, विधि अनुरुप अगाडि बढेकोले नै एकीकरण अभियान मार्फत बृहत हुँदै गएको विचार ब्यक्त गर्नुभयो । अझै अभियानलाई अगाडि बढाउँदै सहकार्यका माध्यमवाट सर्वोत्कृष्ट संस्था बन्न सफल होस भन्ने कामना समेत ब्यक्त गर्नुभयो ।
वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष उद्धव सापकोटाले एकीकरण अभियानको प्रशंसा गर्नुहुँदै यसले संस्थालाई जीवित राख्ने मात्र हैन दिर्घकालीन रुपमा सञ्चालनको अवसर पनि प्रदान गर्ने उल्लेख गर्नु भएको थियो । यसरी संस्थाहरुलाई एकीकरणको अभियानमा ल्याएर संस्था तथा सदस्य हितमा गर्नुभएको कार्यको प्रशंसा गर्दै साधारण सभाको सफलताको कामना ब्यक्त गर्नु भएको थियो ।

नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिनाले सामुदायिक साकोसले गरिरहेको सदस्य हित तथा प्रदान गरिरहेको आर्थिक,  गैर आर्थिक कृयाकलाप उत्कृष्ट रहेको उल्लेख गर्नुहुँदै अवस्था र विकासले अवका दिनमा प्रविधियुक्त सेवामा जोड दिनुपर्ने समेत उल्लेख गर्नुहुँदै संस्थाको एकीकरण अभियान र समग्र संस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।

यसै क्रममा संस्थाका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठले स्थापनाकालको विगतलाई स्मरण गर्नुहुँदै जिल्लाभरि मात्र नभै देश विदेशमा समेत उत्कृष्टता हासिल गर्न सफल भएकोमा गौरवान्वित महशुस भएको विचार ब्यक्त गर्नुहुँदै एकीकरण अभियानले संस्थाको क्षेत्र, स्तर र अवस्था समेतको वृहत विकास हुने भएकोले अभियानमा साथ दिनुहुने सवैमा धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । मन्तब्यकै क्रममा संस्थासँग एकीकरण घोषणा भएको पलाञ्चोक भगवती बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष यज्ञ प्रसाद सेंढाइले नीति, विधि र सुशासनमा रहेको संस्थासँग एक भएर अगाडि बढ्ने अवसर प्राप्त भएकोमा खुसि ब्यक्त गर्नुहुँदै यसले परिपक्व भएको अनुभव भएको र सदस्य सेवामा उच्चता प्राप्त हुने समेत विचार राख्नु भएको थियो ।

विश्वभर फैलिएको कोभिड १९ (कोरोना भइरस)को संक्रमणकालिन अवस्थालाई मध्यनजर गर्दै सम्वन्धित निकायहरुको सूचना तथा निर्देशनको समेत पालनाका साथ भौतिक दुरी कायम हुने गरि सुरक्षा मापडण्ड पालना गर्दै कार्तिक १५ गते देखि २६ गते सम्म संस्थाको सवै सेवाकेन्द्रहरुमा साधारण सभाको उपस्थितिको ब्यवस्था मिलाइएको थियो । 

कार्यक्रममा आ.व. २०७६।०७७ को सचिव र कोषाध्यक्षको प्रतिवेदन सहित आ.व. २०७७।०७८ को कार्यक्रम तथा बजेट सम्बन्धी प्रतिवेदन संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकारले प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति र लेखा परिक्षकको प्रतिवेदन लेखा संयोजक हरि प्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा सञ्चालक समिति सदस्यहरु, उपसमितिका संयोजक तथा सदस्यहरु लगायत सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमिति संयोजक तथा सदस्यहरु र एकीकरण घोषणा भएका सहकारी संस्थाहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले संस्थाको स्थापना गरि यस अवस्थासम्म पुग्नका लगि अभिप्रेरित गर्नुहुने संस्थापकहरु, जिल्लाभर कार्यक्षेत्र प्राप्तिमा एकीकरण अभियानमा सहयोग गर्ने ब्यक्तित्व एवं जगत गुरु बचत तथा ऋण सहकारी संस्था लि. लगायत प्रति आभार ब्यक्त गर्नु भएको थियो । संस्था सदस्य र समुदायको आर्थिक तथा सामाजिक स्तर उन्नतिमा योगदान गर्दे अएको र यस अभियानमा प्राप्त सल्लाह सुझावहरुलाई नीति र विधि अनुरुप लागुगर्दे जाने प्रतिबद्धता समेत जनाउनु भएको थियो । यसै क्रममा संक्रमणकालमा समेत कृषि र पशुपालनमा खासै असर नदेखिएकोले यसै मार्फत नै सदस्यहरुको अर्थिक स्तर उकासि आत्मनिर्भर बनाउने अभियानमा स्थानिय तह, संघ र प्रदेश सँग समेत सहकार्य गरि अगाडि बढ्ने उल्लेख गर्नुभयो र यसै अन्तर्गत पशुधन सुरक्षण ऋण पनि सुरु गरिएको समेत जानकारी गराउनु भयो । संस्था एकीकरण अभियान मार्फत एकै संस्था र एकै छानामुनि सवै प्रकारका बस्तु तथा सेवा प्रदान गर्ने अभियानमा रहेको उल्लेख गर्नुहुँदै संस्थालाई बृहत बनाउँदै नीति र विधिमा सञ्चालन गर्दे बृहत र सर्वाेत्कृष्ट संस्था बनाउने अभियानमा रहेको उल्लेख गर्दै प्रस्तावित एजेण्डाहरुमा सर्वसहमत निर्णय गराउँदै सभा समापन भएको जानकारी गराउनु भयो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप