जेष्ट आइडियोलोजी साकोसको बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जेष्ट आइडियोलोजी साकोसको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । न्यूरोडस्थित जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा समारोह हिजो सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

अध्यक्ष पौड्यालले कोभिड महामारीको विषम् परिस्थितिमा पनि साकोसले प्रभाव व्यवस्थापनका लागि चालेका कदम सह्रानिय रहेको बताउनुभयो । उहाँले सहकारीलाई अब उत्पादन सँग जोड्नुपर्ने, त्यसका लागि उद्यमशीलता विकास निर्विकल्प माध्यम भएको भन्दै नेफ्स्कूनले उद्यमशीलता विकासका लागि विभिन्न साझेदार निकायहरुसँग सहकार्य गरी पहिलो चरणमा उद्यमी निर्माण गर्ने अभियानको थालनी गरेको जानकारी गराउनुभयो । उहाँले उद्यमशीलता विकासमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा नेफ्स्कूनले रणनीतिक मार्गनिर्देश गरिसकेको हुँदा अब प्रत्येक सहकारी उद्यमशीलता विकास मार्फत उत्पादन अभिबृद्धिमा जोडिनुपर्ने जानकारी गराउनुभयो । 

साकोसका अध्यक्ष रामप्रसाद आचार्यले कोभिड महामारीका समयमा पनि संस्थाले सदस्यहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत स्वास्थ्य तथा वित्तीय अवस्थाका बारेमा जानकारी लिएको, समाजमा आर्थिक साथै सामाजिक उत्तरदायित्व बहन गर्दै विविध सामाजिक क्रियाकलापमा जोड दिइएको जानकारी गराउनुभयो । संस्थाले १०औं बार्षिक उत्सब बर्षलाई ध्यान दिँदै गत बर्ष सामाजिक कार्यको निरन्तरता स्वरुप विभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराएको जानकारी गराउनुभयो ।  

प्रमुख कार्यकारी सञ्चालक (सचिव) हेम कार्कीले संस्थाले एघारौं बसन्त पार गर्दैगर्दा भोगेका विविध कठिनाइ र उचारचढावको सामना सहित सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्न सिङ्गो टीम प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । उहाँले संस्थाले सहकारी सञ्चालनको मूल्य, मान्यता र सिद्धान्तलाई उच्चतम प्रयोग गर्दै पर्ल्स अनुगमन प्रणालीका महत्वपूर्ण सूचांकहरु अबलम्बन गर्दै अगाडि बढेको दाबी गर्नुभयो । 

विभिन्न सेवा केन्द्रहरु मार्फत साताव्यापी सदस्य उपस्थिति सहित साधारणसभा शुरुवात गरेको उक्त साकोसले हिजो सीमित संख्यामा उपस्थिति सहित विद्युतीय प्रविधि ( फेसबुक लाइभ ) सहित साधारणसभाको समापन गरेको हो । करिब १ अर्ब ७० करोड ८४ लाख कुल कारोबार रहेको साकोसले यस बर्ष रु. २ करोड ८९ लाख ९४ हजार मुनाफा आर्जन गरेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप