धरानमा नेफ्स्कून सेवा केन्द्र स्थापनाको माग: लेटाङका साकोसकर्मीहरु नेफ्स्कूनको सेवाबाट प्रसन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धरानमा नेफ्स्कून सेवा केन्द्र स्थापनाको माग: लेटाङका साकोसकर्मीहरु नेफ्स्कूनको सेवाबाट प्रसन्न

धरान । नेफ्स्कूनको सेवा व्यवसाय प्रवर्धनको सिलसिलामा केही दिनदेखि प्रदेश नं १ का जिल्लाहरुको भ्रमणमा रहनुभएका संघका कोषाध्यक्ष दिपक पनेरु आज सुनसरी र मोरङको २ वटा कार्यक्रममा सहभागी हुनुभयो । बिहान सुनसरीको धरानमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका उहाँ दिउँसो मोरङको लेटाङमा साकोसकर्मीहरुसँग छलफलमा व्यस्त रहनुभयो । कोषाध्यक्ष पनेरुसँगै भ्रमणमा रहनुभएका नेफ्स्कूनका व्यवसाय अधिकृत मनोज बुढाथोकीका अनुसार धरानको रेडक्रस सोसाइटीको सभा हलमा बिहान ११ बजे आयोजित कार्यक्रममा स्थानीय साकोसकर्मीहरुले त्यहाँ नेफ्स्कूनको सेवा केन्द्र स्थापनाको माग गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी १५ वटा साकोसका सञ्चालक समिति तथा व्यवस्थापन प्रतिनिधिहरुले नेफ्स्कूनको सेवा व्यवसायसँग जोडिएर अघि बढ्न आफुहरु इच्छुक रहेको धारणा राख्नुभएको थियो । प्रत्युत्तरमा कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका कोषाध्यक्ष पनेरुले धरानका सबै साकोसकर्मीहरुको माग र साथ रहेमा छिट्टै सेवा केन्द्र खोल्न सकिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । त्यसका लागि धेरै भन्दा धेरै साकोसकर्मीहरुको नेफ्स्कूनको सेवा व्यवसायप्रति विश्वास र सहभागिता आवश्यक हुने उहाँले बताउनुभयो । सुनसरी जिल्ला बचत संघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका व्यवासय अधिकृत मनोज बुढाथोकीले संघको सेवा व्यवसायका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनप्रति सहभागीहरुले देखाएको विश्वासबाट उत्साहित भएको धारणा कोषाध्यक्ष पनेरुले राख्नुभयो भने अध्यक्ष श्रेष्ठले पनि नेफ्स्कूनको छवि उजिल्याउने काममा जिल्ला संघको साथ र सहयोग रहने धारणा राख्नुभयो । कार्यक्रममा सहकारी र साकोस अभियानका अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो ।
त्यसैगरी, लेटाङ साकोसको सभा हलमा अपरान्ह भएको अर्को छलफलमा पनि नेफ्स्कूनको सेवा व्यवास प्रवर्धनका विविध पक्षमा स्थानीय साकोसकर्मीहरुसँग अन्तरक्रिया भएको थियो । कार्यक्रममा साकोसकर्मीहरुबाट नेफ्स्कूनको सेवाका सम्बन्धमा पृष्ठपोषण माग गरिएको थियो । लेटाङस्थित नेफ्स्कून सेवा केन्द्रको गतिविधिका बारेमा पनि कार्यक्रममा छलफल भएको थियो । विभिन्न साकोसका सञ्चालक समितिका पदाधिकारी एवम् व्यवस्थापन प्रतिनिधि सहभागी कार्यक्रमका वक्ताहरुले नेफ्स्कूनको लेटाङस्थित सेवा केन्द्रबाट विश्वासिलो र भरपर्दो सेवा प्राप्त गरिहेको भन्दै प्रशंसा गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप