“लैङ्गिक हिंसा न्यूनीकरणमा सहकारीको भूमिका” विषयक कार्यक्रम चितवनमा आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“लैङ्गिक हिंसा न्यूनीकरणमा सहकारीको भूमिका” विषयक कार्यक्रम चितवनमा आयोजना

चितवन । नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजनामा  लैङ्गिक  हिंसा न्यूनीकरणमा सहकारीको भुमिका विषयक कार्यक्रम आज  आयोजना गरिएको छ । कार्यक्रमको  अध्यक्षता नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो भने अतिथिमा संघकी सचांलक विद्या कोइराला,  जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष माधव प्रसाद गौतम लगायतको उपस्थिति थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने संयुक्त राष्ट्र संघीय अभियान (२५ नोभेम्बर देखि १० डिसेम्बर) को छेको पारेर नेफ्स्कून फिल्ड कार्यालय चितवनले आज उक्त कार्यक्रम आयोजना गरेको हो ।
चितवन र नवलपुर  क्षेत्रका विभिन्न साकोसका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधि गरी ४० जना महिलाको उपस्थिति थियो । कार्यक्रममा नेफ्स्कुन उपाध्यक्ष  शान्ति अधिकारीले साकोसले बचत तथा ऋणको मात्र कार्य नगरी सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा वार्षिक कार्ययोजना बनाएर सदस्यहरुलाई लैगिंक हिसा सम्बन्धी जनचेतनामुलक शिक्षाका कार्यक्रम दिएर सहकारीद्धारा सामाजिक रुपान्तरण गरिनुपर्ने जानकारी गराउनुभयो। कार्यक्रममा अतिथी लगायत सहभागीहरुलाई सचांलक विद्या कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने अधिवक्ता फूलमाया रानाभाटले उक्त विषयको प्रस्तुतिकरण  गर्नु भएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी कार्यक्रम अधिकृत यमकला सुबेदीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप