सिन्धुलीमा आधारशिला कार्यक्रम कार्यान्वयन अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा आधारशिला कार्यक्रम कार्यान्वयन अभिमुखीकरण

सर्लाही । सिन्धुलीको कमलामाई नगरपालिकामा नेफ्स्कूनद्वारा प्रवर्द्धित आधारशिला कार्यक्रम कार्यान्वयन सम्बन्धमा सरोकारवालाहरु सँग परामर्श कार्यशाला हिजो सम्पन्न भएको छ । आधारशिलामा साझेदारी वित्तिय पहुँच र स्वरोजगारी स्थापित गर्ने उद्धेश्यसहित यस कार्यक्रमलाई स्थानीय तहसँगको सहकार्य तथा साझेदारी मार्फत सहकारीहरुको प्रवद्र्धन तथा व्यावसायिकता विकास मा पहूँच अभिवृद्धी गर्ने लक्ष्य रहेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिकाको हलमा सम्पन्न अभिमुखीकरण कार्यक्रमको अध्यक्षता जिल्ला बचत  संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठ, प्रमुख अतिथि कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री, उप प्रमुख मन्जु देवकोटा नेफ्स्कूनका  महासचिव दामोदर अधिकारी, कमलामाई नगरपालिकाका प्रशासकीय  अधिकृत विशकसेन ढकाल सहितको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम उद्घाटनका क्रममा प्रमुख अतिथि कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले समाजको आर्थिक सामाजिक विकासमार्फत समाज सुदृढीकरणका लागि सहकारीको भूमिका उल्लेख्य रहेको चर्चा गर्दै नगरपालिका सहकारी सँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । 

त्यसैगरी  कमलामाई नगरपालिकाकी उप प्रमुख मन्जु देवकोटा र प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले सहकारी संस्थाहरुले सहकारीको भावना अनुरुप काम गर्नेुपर्ने सुझाव प्रस्तुत गर्दै सहकारीको दिगो संस्थागत विकासका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । 

जिल्ला बचत संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रतिनिधिहरु, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कमलामाई नगरपालिकाका विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक लगायतको  उपस्थिति रहेको थियो । 

स्थानीय निकाय सँगको समन्वय र साझेदारी मार्फत सहकारीहरुको दिगो विकास र प्रबर्द्धन गर्ने लक्ष्य सहित नेफ्स्कूनले प्रारम्भ गरेको आधारशिला कार्यक्रम सम्बन्धमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले केन्द्रीय संघ र स्थानीय तहसँगको साझेदारीमा वित्तीय पहुँच अभिबृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालिकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभिप्राय राखेर सहकारी क्षेत्रका प्राप्त उपलब्धीहरुको सम्बर्द्धन गर्न आधारशिला कार्यक्रम अगाडि सारिएको जानकारी गराउनुभयो । कार्याक्रमको संचालन नेफ्स्कून फिल्ड कार्यालय हरिवन सर्लाहीको कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नु भएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप