सिन्धुलीमा आधारशिला कार्यक्रम कार्यान्वयन अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा आधारशिला कार्यक्रम कार्यान्वयन अभिमुखीकरण

सर्लाही । सिन्धुलीको कमलामाई नगरपालिकामा नेफ्स्कूनद्वारा प्रवर्द्धित आधारशिला कार्यक्रम कार्यान्वयन सम्बन्धमा सरोकारवालाहरु सँग परामर्श कार्यशाला हिजो सम्पन्न भएको छ । आधारशिलामा साझेदारी वित्तिय पहुँच र स्वरोजगारी स्थापित गर्ने उद्धेश्यसहित यस कार्यक्रमलाई स्थानीय तहसँगको सहकार्य तथा साझेदारी मार्फत सहकारीहरुको प्रवद्र्धन तथा व्यावसायिकता विकास मा पहूँच अभिवृद्धी गर्ने लक्ष्य रहेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिकाको हलमा सम्पन्न अभिमुखीकरण कार्यक्रमको अध्यक्षता जिल्ला बचत  संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठ, प्रमुख अतिथि कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री, उप प्रमुख मन्जु देवकोटा नेफ्स्कूनका  महासचिव दामोदर अधिकारी, कमलामाई नगरपालिकाका प्रशासकीय  अधिकृत विशकसेन ढकाल सहितको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम उद्घाटनका क्रममा प्रमुख अतिथि कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले समाजको आर्थिक सामाजिक विकासमार्फत समाज सुदृढीकरणका लागि सहकारीको भूमिका उल्लेख्य रहेको चर्चा गर्दै नगरपालिका सहकारी सँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । 

त्यसैगरी  कमलामाई नगरपालिकाकी उप प्रमुख मन्जु देवकोटा र प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले सहकारी संस्थाहरुले सहकारीको भावना अनुरुप काम गर्नेुपर्ने सुझाव प्रस्तुत गर्दै सहकारीको दिगो संस्थागत विकासका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । 

जिल्ला बचत संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रतिनिधिहरु, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कमलामाई नगरपालिकाका विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक लगायतको  उपस्थिति रहेको थियो । 

स्थानीय निकाय सँगको समन्वय र साझेदारी मार्फत सहकारीहरुको दिगो विकास र प्रबर्द्धन गर्ने लक्ष्य सहित नेफ्स्कूनले प्रारम्भ गरेको आधारशिला कार्यक्रम सम्बन्धमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले केन्द्रीय संघ र स्थानीय तहसँगको साझेदारीमा वित्तीय पहुँच अभिबृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालिकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभिप्राय राखेर सहकारी क्षेत्रका प्राप्त उपलब्धीहरुको सम्बर्द्धन गर्न आधारशिला कार्यक्रम अगाडि सारिएको जानकारी गराउनुभयो । कार्याक्रमको संचालन नेफ्स्कून फिल्ड कार्यालय हरिवन सर्लाहीको कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नु भएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप