कनकलक्ष्मीमा नेकोस सफ्टवेयर सञ्चालन सम्बन्धी तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कनकलक्ष्मीमा नेकोस सफ्टवेयर सञ्चालन सम्बन्धी तालिम

काठमाडौं । कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहैचा मोरङमा नेकोस प्लस सफ्टवेयर सञ्चालन सम्बन्धी तालिम हिजो सम्पन्न भएको छ । नेफ्स्कूनद्वारा सञ्चालन गरिएको नेकोस प्लस सफ्टवेयरका लागि एकीकृत कारोबार व्यवस्थापन साझेदार निकाय एक्सक्लुसिभ माइन्डजका प्रमुख कार्यकारी अधिकृत राजिव कर्णसहितको टीमले सहजीकरण गरेको थियो ।

सहजकर्ता राजिब कर्णले सफ्टवेयर अपडेट साथै आवश्यक टेक्नीकल फिचरका विषयमा सहजीकरण गर्नुभएको थियो भने सहजकर्ता अभिशेक लाभ र अतुल झा ले सफ्टवेयर सञ्चालन व्यवस्थापन र टेक्निकल सपोर्ट  तथा इडिटिङ पक्षमा थप सहजीकरण गर्नुभएको थियो । त्यसैगरी नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदी र सुनसरी फिल्ड कार्यालयका सूचना प्रविधि सहायक मिलन कोइरालाले प्राविधिक सहयोग पुर्याउनुभएको थियो । 

नेकोस प्लस सफ्टवेयर साझेदार निकाय एक्सक्लुसिभ माइन्डजका प्रमुख कार्यकारी अधिकृत राजिव कर्णले नेकोस सफ्टवेयर नविनतम सुविधासहित स्तरोन्नती भइरहेको साथै साना, मझौला तथा ठूला संस्थाहरुको आवश्यकता अनुरुप नयाँ फिचरहरु थप गरेर सफ्टवेयरको विकास र गुणस्तर बृद्धिको काम अगाडि बढेको जानकारी गराउनुभयो । 

कनकलक्ष्मी साकोसका प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराइ सहित तालिम कार्यक्रममा सहभागी कर्मचारीहरुले नेफ्स्कूनद्वारा विकास गरिएको सफ्टवेयर सम्पूर्ण वित्त व्यवस्थापनका लागि विश्वासिलो, भरपर्दो र नविनतम प्रविधिहरु सहित तथ्यांङ्कीय सुरक्षाका हिसावले पनि अन्यभन्दा मजवुद रहेको विश्वास व्यक्त गर्नुभएको थियो । 

पूर्वी मोरङमा सञ्चालित ९ साकोसहरु एकीकरण भई कनकलक्ष्मी साकोस मार्फत मंसिर १४ गतेदेखि एकीकृत कारोबार शुरु गरेको साकोसले केन्द्रीय कार्यालय सहित अन्य ६ वटा सेवा कार्यालयमार्फत एकसाथ नेकोस प्लस सफ्टवेयर सञ्चालनमा ल्याएको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप