डिजिटल कारोबारमा नयाँ फड्को मार्दै सहकारीः सहअध्यक्ष पौडेल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डिजिटल कारोबारमा नयाँ फड्को मार्दै सहकारीः सहअध्यक्ष पौडेल

बागलुङ । राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले अव बैंकमा जस्तै सहकारीहरुबीच पनि विद्युतीय माध्यमबाट अन्तर सहकारी कारोबार हुने वताउनु भएको छ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा हिजो बागलुङमा आयोजित एक अन्तरक्रियाका क्रममा सहअध्यक्ष पौडेलले एउटा सहकारीबाट अर्को सहकारीमा रकम ट्रान्सफर गर्ने व्यवस्था समेटिएको २५ वर्षे रणनीतिक योजना ल्याएको वताउनु भयो । उहाँले एक सहकारी संस्थामा रहेको सदस्यको बचतलाई अर्को सहकारी संस्थाबाट भुक्तानी लिन र दिन सकिने, भुक्तानी तथा फछ्यौट, आन्तरिक मनिट्रान्सफर, विल भुक्तानी लगायतका सेवालाई डिजिटल प्रविधि मार्फत जोड्न सकिने दाबी गर्नुभयो ।
 नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता चन्द्र प्रसाद ढकालले सहकारीले उद्यमशीलता विकास र रोजगारी सृजना गर्ने, अन्तर सहकारी, निजी क्षेत्र र समुदायसँगको साझेदारी गरी अगाडि बड्नुपर्ने वताउनु भयो ।

सिवाईसी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा राजनीतिज्ञ जगदिशचन्द्र उपाध्याय, जिल्ला सहकारी संघका उपाध्यक्ष असोकगोविन्द राजभण्डारी, सिवाईसीका पुर्व सञ्चालक जगन्नाथ आचार्य, भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरी वहादुर भण्डारी, स्वाभिमान बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकला थापा लगायतले वोल्नु भएको थियो ।

सहकारीका उपाध्यक्ष गण्डकी थापा अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले गर्नु भएको थियो । सिवाइसी साकोसको आज वार्षिक साधारणसभा समारोह सम्पन्न हुँदैछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप