‘नवीन सोच, सहकार्य र प्रविधिमैत्री सेवाका माध्यमबाट कोभिडको असर न्यूनीकरण गर्न सकिने’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नवीन सोच, सहकार्य र प्रविधिमैत्री सेवाका माध्यमबाट कोभिडको असर न्यूनीकरण गर्न सकिने’

विश्वभरका बचत तथा ऋण सहकारीहरुले कोभिड महामारीको असर न्यूनीकरणका लागि सहकार्यको भावना अनुरुप लचिलो तर नवीन उपाय र प्रविधिकरणमा विशेष जोड दिनुपर्नेमा आवश्यकतामा विज्ञहरुले जोड दिनुभएको छ । विश्व ऋण परिषद् (ओकू) अन्तर्गतको कोभिड रेस्पन्स कमिटी, एसियाली ऋण महासंघस (आकू) तथा कोरियाली ऋण संघ (नाकूफोक) ले संयुक्त रुपमा आज आयोजना गरेको अभौतिक एशियाली वित्तीय गोष्ठीका वक्ताहरुले अन्य मुलुकहरुको तुलनामा एसियामा आर्थिक संकटको मात्रा न्यून भएपनि यस क्षेत्रका बचत तथा ऋण सहकारीहरुले पनि विभिन्न प्रकारका वित्तीय समस्याहरु सामना गर्नुपरेको भन्दै विषयविज्ञहरुले समयानुकुल अभियानकर्मीहरुबीच सहकार्य, एकताका साथमा नवीनतम प्रविधिमा आधारित सेवा प्रवाहमा जोड दिनुपर्ने औंल्याउनुभएको छ ।

कार्यक्रममा आकूकी प्रमुख कार्यकारी अधिकृत लेनी, अर्थशास्त्री कामियार मोहद्देश तथा प्रोजित च्याटर्जीले प्रस्तुतिसँगै सहभागीहरुको प्रश्नको जवाफ दिनुभएको थियो । वक्ताहरुले कोभिडका कारण समय चुनौतीपूर्ण भएपनि यो सँगै जुधेँर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँहरुले यो समयमा अरु सामान्य अवस्थामा भन्दा बढी काम गर्नुपर्ने, सदस्यहरुलाई बढी सुविधा प्रदान गर्नुपर्ने, नीतिगत तथा कानुनी सहजताका लागि पहल गर्नुपर्ने जस्ता उपायहरु राख्नुभएको थियो ।

अर्थविद्हरुले एशियाली मुलुकहरुमध्ये चीन, भारत, इन्डोनेशिया जस्ता मुलुकहरुले विपत्तिको सामनाका लागि दरिलो शक्ति विकास गरेको र उनीहरु सबल अर्थतन्त्रको रुपमा विकसित हुँदै गएको तथ्य राख्नुभएको थियो । कोभिडको असर न्यूनीकरणको यही नै उपाय हो भन्ने ठोकुवा गर्ने वा सुत्रबद्ध जवाफ नभएपनि थप सहकार्य, प्रविधिमैत्री सेवा र समय अनुसार नयाँ व्यावसायिक योजनाहरु अघि सार्नुको विकल्प नभएको उहाँहरुको भनाई थियो ।

कार्यक्रममा आकूकी प्रमुख कार्यकारी अधिकृत लेनीले बढ्दो नेपाल लगायतका मुलुकको अहिलेको चुनौती भएको स्वीकार्दै त्यसको लागि नयाँ व्यावसायिक योजनाहरु अघि सार्ने, सदस्यहरुलाई आर्थिक गतिविधि सुचारु गर्न प्रेरित गर्ने, धेरै भन्दा धेरै छलफल र बैठकहरु गर्ने, सहकार्यलाई प्राथमिकतामा राख्ने र बचत तथा ऋण सहकारीकर्मीहरुले धेरै भन्दा धेरै खट्नुपर्ने धारणा राख्नुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप