रुपन्देहीमा बचत परिचालकहरूको क्षमता अभिबृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीमा बचत परिचालकहरूको क्षमता अभिबृद्धि तालिम सञ्चालन

रुपन्देही । नेफ्स्कून फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा बुटवलमा सहकारीका बचत परिचालकहरुको क्षमता अभिबृद्धि तालिम हिजो सम्पन्न भएको छ । एक दिवसीय उक्त तालिममा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा र गुल्मी  जिल्ला का गरी २६ बचत तथा ऋण सहकारी संस्थाबाट ६९ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिममा साकोस गुणस्तर सुनिश्चितताका कार्यक्रमः एक्सेस, प्रोवेसन र कब्स मा आबद्ध र आबद्ध हुन बाँकी अन्य बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता चन्द्रप्रसाद ढकालको अध्यक्षतामा शुरु उद्घाटन सत्रमा नेफ्स्कून सञ्चालक सन्दीप सापकोटा, रुपन्देही फिल्ड व्यवस्थापन उपसमिति सदस्य शुवकान्त न्यौपाने उपस्थित हुनुहुन्थ्यो । 

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले संघ संस्थाहरूको क्षमता अभिबृद्धि तथा दिगो विकासका लागि प्रमुख माध्यम तालिम तथा शिक्षा रहेकोले नेफ्स्कूनले निरन्तर रुपमा मागमा आधारित सहभागितामूलक निःशुल्क तथा सःशुल्क तालिमहरू प्रदान गर्दै सहकारी क्षेत्रमा दक्ष जनशक्ति विकास गर्ने नीति लिएको स्पष्ट पार्नुभयो । उहाँले संघद्वारा प्रदान गरिने विभिन्न तालिम शिक्षा साथसाथै साकोस सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । 

सञ्चालक सन्दीप सापकोटा र रुपन्देही फिल्ड व्यवस्थापन उप समिति सदस्य शुवकान्त न्यौपानेले तालिम तथा शिक्षाले कर्मचारीहरुमा उर्जा प्रदान गर्ने हुँदा संस्थाको कार्यगतिविधिमा चुस्तता आउने विचार व्यक्त गर्नुभयो । 

तालिम सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण रुपन्देही फिल्ड इन्चार्ज राधा पोखरेलले गर्नुभएको थियो । तालिममा सहभागी गुल्मीको तम्घास स्थित लेकाली स्वावलम्बन साकोस का कर्मचारी माया खनाल, नवलपरासी सुस्ता पश्चिमको सुनवान सामुदायिक साकोसका कर्मचारी अशोक श्रेष्ठ लगायतले तालिम उपलब्धीमुलक रहेको र कार्यकुशलता प्रवर्द्धनमा सहयोगीसिद्ध हुने विचार व्यक्त गर्नुभएको थियो ।  
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप