सुर्खेत भेरीगंगास्थित शिखर साकोसको २२ औं स्थापना दिवस सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेत भेरीगंगास्थित शिखर साकोसको २२ औं स्थापना दिवस सम्पन्न

सुर्खेत । शिखर बचत तथा ऋण सहकारी संस्था लि.भेरीगंगा ११, रामघाट सुर्खेतले आफ्नो २२औं स्थापना दिवस स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्दै हिजो सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष भूपेन्द्र बहादुर सिंहको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र सिंह ठकुरीको प्रमुख आतिथ्यतामा संस्थाको मुख्य कार्यालय भेरीगंगा ११ रामघाट सुर्खेतको आफ्नै सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सुर्खेत जिल्लाको पूर्वी क्षेत्रमा सहकारी अभियानमा आफ्नो छुट्टै अस्तित्व कायम गर्न सफल शिखर साकोसले १०१ जनाको भौतिक उपस्थितिमा उक्त दिवस सम्पन्न गरेको हो । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, सल्लाकारहरु, सेवा केन्द्र व्यवस्थापन उप समितिका सदस्यहरु, विभिन्न छाता संघका प्रतिनिधिहरु, विभिन्न उप समितिका सदस्यहरु, विभिन्न विद्यामा सम्मानीत तथा पुरस्कृत हुनुहुने शेयर सदस्यहरु, बाल बचत कर्ताहरु तथा शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । 

संस्थाले विभिन्न ८ वटा विधामा जम्मा ४९ जना सदस्यहरु र उत्कृष्ट हुने ३ वटा समुहलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरी हर्साेउल्लास पूर्ण तरिकाले स्थापना दिवस सम्पन्न गरेको संस्थाका सुचना अधिकारी खड्क बहादुर शाहीले जानकारी दिनुभयो । कार्यक्रममा चालु आर्थिक बर्षमा संस्थाले गरेका महत्वपूर्ण उपलब्धी तथा क्रियाकलापहरुको बारेमा संस्थाका व्यवस्थापक यामलाल खत्रीले आफ्नो प्रगति प्रतिवेदन मार्फत सबैलाई जानकारी गराउनुभएको थियो । कार्यक्रमलाई औपचारिक समापन गर्ने क्रममा संस्थाका अध्यक्षले आफ्नो शुभकामना मन्तव्य राख्दै संस्थालाई यहाँसम्म पुर्याउनका लागि अथक मेहनत र प्रयास गर्नुहुने सम्पूर्ण शेयर सदस्यहरुलाई धन्यवाद दिंदै आगामी दिनमा संस्थालाई थप विश्वासिलो र दिगो रुपमा स्थापीत गर्नकालागि सबैको रचनात्मक सुझाव र सल्लाहको आवश्यकता पर्ने जानकारी गराउदै उक्त दिवसमा पुरस्कृत तथा सम्मानित हुनहुने सम्पूर्णलाई हार्दिक बधाइका साथ कार्यक्रम औपचारिक रुपमा समापन गर्नुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप