बागमती प्रदेश सरकारले समयमा विवरण नबुझाउने सहकारीलाई जरिवाना गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश सरकारले समयमा विवरण नबुझाउने सहकारीलाई जरिवाना गर्ने

वागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समयमै मन्त्रालयको सहकारी महाशाखामा विवरण बुझाउन सम्बन्धित सबै सहकारी संघ संस्थाहरूलाई सूचित गरेको छ । प्रदेशका कानुन अधिकृत प्रकाश चापागाईंंले बिहीबार एक सूचना जारी गर्दै समयमा विवरण नबुझाउने यस्ता संघ–सस्थालाई जरिवाना गर्ने जनाउनुभएको छ । 

मन्त्रालयले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका सहकारी संघ तथा संस्थाहरूको प्रदेश सहकारी ऐन, २०७६, प्रदेश सहकारी नियमावली, २०७६ तथा सहकारी संघ संस्था दर्ता, सञ्चालन, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, २०७७ बमोजिम कार्य गर्न तथा समयमै मन्त्रालयको सहकारी महाशाखामा विवरण बुझाउन सम्बन्धित सबै सहकारी संघ तथा संस्थाहरूको लागि सूचित गरेको हो ।

मन्त्रालयको मिति २०७७–०९–२९ गतेको निर्णयानुसार प्रचलित सहकारी कानुनको पालना नगर्ने सहकारी संघ तथा संस्थाहरूलाई जरिवाना गरिने कानुन अधिकृत प्रकाश चापागाईंले हरेकपललाई जानकारी गराए । जरिवानासम्बन्धी व्यहोरा निम्नबमोजिम छ

१. लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको निर्णयको प्रतिलिपि तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि प्रत्येक आव को माघ मसान्तभित्र बुझाएमा कुनै जरिवाना लाग्ने छैन ।
२. लेखा परीक्षण प्रतिवेदन तयार भई साधारण सभाबाट अनुमोदन समेत गरेको कर चुक्ता भएको, तर विवरण नबुझाउने संघ–संस्थाको हकमा प्रत्येक आर्थिक वर्षको बढीमा तीन हजारको दरले जरिवाना हुनेछ ।
३. लेखा परीक्षण नगर्ने , करा चुक्ता प्रमाणपत्र नलिने तथा साधारणसभा नगर्ने संघ–संस्थाको हकमा प्रत्येक आ।व।को बढीमा थप पाँच हजारको दरले जरिवाना हुनेछ ।
४.रजिष्ट्रारले प्रचलित सहकारी कानुनको पालना गर्नको लागि दिएको लिखित आदेश अवज्ञा गर्ने सहकारी संघ संस्थालाई पहिलोपटक बढीमा एक लाख सम्म र दोस्रो पटक दुई लाखसम्म तथा तेस्रोपटक सोही कसुर गरेमा तीन लाखसम्म जरिवाना हुनेछ ।
५. प्रचलित सहकारी कानुनको प्रतिकूल हु्ने गरी सदस्यसँग ब्याज लिएमा, ब्याजलाई पुँजीकृत गरेमा, कार्यक्षेत्र बाहिर गई कारोबार गरेमा तथा गैर सदस्य कारोबार गरेमा पहिलोपटक एक लाखसम्म र त्यसपछि दोब्बर जरिवाना गर्दै बढीमा छ लाखसम्म जरिवाना हुनेछ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप