बागमती प्रदेश सरकारले समयमा विवरण नबुझाउने सहकारीलाई जरिवाना गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश सरकारले समयमा विवरण नबुझाउने सहकारीलाई जरिवाना गर्ने

 

वागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समयमै मन्त्रालयको सहकारी महाशाखामा विवरण बुझाउन सम्बन्धित सबै सहकारी संघ संस्थाहरूलाई सूचित गरेको छ । प्रदेशका कानुन अधिकृत प्रकाश चापागाईंंले बिहीबार एक सूचना जारी गर्दै समयमा विवरण नबुझाउने यस्ता संघ–सस्थालाई जरिवाना गर्ने जनाउनुभएको छ । 

मन्त्रालयले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका सहकारी संघ तथा संस्थाहरूको प्रदेश सहकारी ऐन, २०७६, प्रदेश सहकारी नियमावली, २०७६ तथा सहकारी संघ संस्था दर्ता, सञ्चालन, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, २०७७ बमोजिम कार्य गर्न तथा समयमै मन्त्रालयको सहकारी महाशाखामा विवरण बुझाउन सम्बन्धित सबै सहकारी संघ तथा संस्थाहरूको लागि सूचित गरेको हो ।

मन्त्रालयको मिति २०७७–०९–२९ गतेको निर्णयानुसार प्रचलित सहकारी कानुनको पालना नगर्ने सहकारी संघ तथा संस्थाहरूलाई जरिवाना गरिने कानुन अधिकृत प्रकाश चापागाईंले हरेकपललाई जानकारी गराए । जरिवानासम्बन्धी व्यहोरा निम्नबमोजिम छ

१. लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको निर्णयको प्रतिलिपि तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि प्रत्येक आव को माघ मसान्तभित्र बुझाएमा कुनै जरिवाना लाग्ने छैन ।
२. लेखा परीक्षण प्रतिवेदन तयार भई साधारण सभाबाट अनुमोदन समेत गरेको कर चुक्ता भएको, तर विवरण नबुझाउने संघ–संस्थाको हकमा प्रत्येक आर्थिक वर्षको बढीमा तीन हजारको दरले जरिवाना हुनेछ ।
३. लेखा परीक्षण नगर्ने , करा चुक्ता प्रमाणपत्र नलिने तथा साधारणसभा नगर्ने संघ–संस्थाको हकमा प्रत्येक आ।व।को बढीमा थप पाँच हजारको दरले जरिवाना हुनेछ ।
४.रजिष्ट्रारले प्रचलित सहकारी कानुनको पालना गर्नको लागि दिएको लिखित आदेश अवज्ञा गर्ने सहकारी संघ संस्थालाई पहिलोपटक बढीमा एक लाख सम्म र दोस्रो पटक दुई लाखसम्म तथा तेस्रोपटक सोही कसुर गरेमा तीन लाखसम्म जरिवाना हुनेछ ।
५. प्रचलित सहकारी कानुनको प्रतिकूल हु्ने गरी सदस्यसँग ब्याज लिएमा, ब्याजलाई पुँजीकृत गरेमा, कार्यक्षेत्र बाहिर गई कारोबार गरेमा तथा गैर सदस्य कारोबार गरेमा पहिलोपटक एक लाखसम्म र त्यसपछि दोब्बर जरिवाना गर्दै बढीमा छ लाखसम्म जरिवाना हुनेछ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप