हिमाली र ब्राम्ही महिला साकोसबीच एकीकरण घोषणा सभा एवम् सम्मान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमाली र ब्राम्ही महिला साकोसबीच एकीकरण घोषणा सभा एवम् सम्मान कार्यक्रम

चितवन । हिमाली बचत तथा ऋण सहकारी संस्था लि. र ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.को आज एकिकरण घोषणा सभा एवंम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको छ । सभाध्यक्ष भवानी देवी अधिकारी प्रमुख अतिथि  पूर्व संबिधान सभा सदस्य मानीय उमा रेग्मी, विशिष्ट अतिथि नेफ्स्कून संचालक सदस्य विद्या कोइराला, अतिथिहरु अथर्व साकोस अध्यक्ष बिजया लम्साल नेफ्स्कून फिल्ड कार्यालय चितवनकी इन्चार्च यमकला सुबेदी तथा दुवै सस्थाका सल्लाहाकारहरु तथा शेयर सदस्यहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो भने एकीकरण पछि केन्द्रीय कार्यालय हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर महानगरपालिका ११ मा रहने र सेवा केन्द्र हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर महानगरपालिका २ मा  ब्राह्मी महिला सेवा केन्द्र रहने जानकारी समेत  दिइएको थियो ।  उक्त कार्यक्रम मा संस्थाको पहिचान सहित को विषयमा तदर्थ समिति संयोजक भवानी देवी अधिकारीले जानकारी गराउनुभएको थियो भने सस्थाकी व्यवस्थापक सजना श्रेष्ठले  संस्थाको वित्तीय कारोबारको झलक प्रस्तुत गर्नुभएको थियो । आजकै कार्यक्रममा जेष्ठ नागरिक, असल बचत कर्ता , असल ऋणी, सदस्यता विस्तार , पूर्व सल्लहाकार एवं कानुनी सल्लहाकार, व्यवस्थापक समेत लार्इ सम्मान पत्र र प्रसंशा पत्र , मायाको चिनो समेत वितरण गरिएको थियो । कार्यक्रम को संचालन गीता केसी ले गर्नुभएको थियो भने स्वागत मन्तब्य मिना कुमारी पाण्डेले गर्नु भएको थियो ।

उक्त कार्यक्रम मा शुभकामना मन्तब्य दिनुहुने प्रमुख अतिथि संबिधान सभाका पूर्व सदस्य उमा रेग्मी नेफ्स्कून संचालक विद्या कोइराला, हिमाली साकोस का सस्थापक अध्यक्ष तेजमाया पौडेल,   ब्राह्मी महिला साकोसकी सस्थापक अध्यक्ष शशी श्रेष्ठ, सल्लाहाकारहरु केशब कुमार श्रेष्ठ, टंक प्रसाद पौडेल ,शालिग्राम शर्मा पौडेल,  प्रकाश काडेल, कानुनी सल्लाहाकार कृष्णहरि देवकोटा, नेफ्स्कून फिल्ड कार्यालय चितवन का इन्चार्च यमकला सुबेदी लगायतले शुभकामना मन्तब्य संथाको संस्थागत विकास, नीति, विधि र प्रविधिको माध्यमबाट सदस्यको सेवा र सुविधामा सदैव अग्रगामी भूमिका खेली चितवन को नमुना महिला सहकारी बन्न को लागि मार्गर्देशन सहित  शुभेच्छा ब्यक्त गर्नु भएको थियो ।

उक्त घोषणा सभाको उद्घाटन कार्यक्रम समापन पश्चात बन्द सत्र सुरुवात गरी सर्बसम्बत रुपबाट नवौ सदस्यीय संचालक समिति अध्यक्ष भवानी देवी अधिकारी, उपाध्यक्ष्य मिना कुमारी पाण्डे, सचिब गीता केसी अधिकारी ,कोषाध्यक्ष सरला घिमिरे आचार्य, सदस्य विद्या कोइराला, सदस्य निर्मला शर्मा, सदस्य डिकमया भट्टराई, सदस्य सरस्वति ढकाल, सदस्य सरिता लामिछाने, त्यसैगरी, लेखा सुपरिवेक्षण समिति का संयोजक इन्दिरा घिमिरे, सदस्य मेनुका मल्ल हमाल, सदस्य लक्ष्मी गोदार कार्की  निर्बिरोध निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निर्वाचन समितिका संयोजक सारदा खनालले सर्ब सम्बत निर्वाचन गराउन सहयोग गर्नुहुने सबैलाई बधाई तथा धन्यवाद दिनुभयो । यसैगरी नवनिर्वाचित अध्यक्ष भवानी  देवी अधिकारीले कार्यक्रमको समापन गर्नु भएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२१ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप