सदस्य सेवा केन्द्र विस्तारमा सिवाईसी साकोसको जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवा केन्द्र विस्तारमा सिवाईसी साकोसको जोड

बागलुङ । जिल्लाको सिवाईसी वचत तथा ऋण सहकारी संस्था लि. ले पर्वतको कुस्मा बजारमा १८औं सदस्य सेवा केन्द्र शुभारम्भ गरेको छ । गुप्तेश्वर सदस्य सेवा केन्द्रको नाममा आज उद्घाटित कार्यालयबाट भोलिदेखि सदस्य सेवा सुचारु हुने संस्थाले जनाएको छ । सोमबार मात्रै संस्थाले जैमिनी नगरपालिकामा एकै दिन दुई वटा सेवा केन्द्र विस्तार गरेको थियो भने बुधबार बेनी नगरपालिका–८, बेनीबजार म्याग्दीमा बेनी सदस्य सेवाकेन्द्र शुभारम्भ गरेको थियो । 

संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले धौलागिरि कार्यक्षेत्र रहेको सिवाईसीले कार्यक्षेत्रमा सेवा विस्तार गर्ने योजना अनुसार सेवा केन्द्र विस्तारमा जुटेको बताउनुभयो । हुने खानेको पैसा हुँदा खानेसम्म पुर्याउने र हुँदा खानेलाई हुने खाने बनाउने उद्देश्य अनुरुप सिवाईसीले आफ्नो सेवालाई प्रभावकारी बनाउँदै आएको उहाँको भनाई छ ।

१३ हजार ४ सय ४१ जना शेयर सदस्य रहेको सिवाईसीमा २३ करोड ९८ लाख ९६ हजार तीन सय शेयर पुँजी, एक अर्ब २७ करोड १६ लाख २५ हजार ६ सय ६५ बचत संकलन र ९९ करोड २१ लख १७ हजार १८१ लगानी रहेको छ ।

सहकारीको एटिएम, मोवाईल बैंकिङ, क्युआर कोड, ट्याबलेट बैँकिङ, मिष्डकल,इटेलर लगायतका सेवाहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

सहकारीले २१ प्रकारका बचत र ३५ प्रकारका ऋण सेवा, रेमिट्यान्स सेवाहरुसंगै शेयर सदस्यहरुलाई लक्षित गरि विभिन्न सामाजिक उत्तरदायित्वका आकर्षक योजनाहरु समेत समावेश गर्दै आएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप