सहकारी राजनीतिक दाउपेचबाट टाढा राख्नुपर्छः अभियानका अग्रजको अभिव्यक्ति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी राजनीतिक दाउपेचबाट टाढा राख्नुपर्छः अभियानका अग्रजको अभिव्यक्ति

स्व. भोजराज घिमिरे
संस्थापक अध्यक्ष, नेफ्स्कून

ऐन नभएपनि संस्थागत रुपमा अगाडि बढ्ने योजना बनायौं । दर्ता प्रक्रियाका लागि छलफल चलाइरहने र संघलाई संस्थागत रुपमा विकसित गर्दै पनि लैजाने भन्ने हाम्रो निर्णय थियो । यो कस्तो संस्था हो भनेर खोजीनीति पनि भयो । हामीसँग न विधान थियो न त कसरी सञ्चालन गर्ने भन्ने अनुभव नै ।

हामीले नेफ्स्कून स्थापना गर्दा अहिलेको जस्तो अवस्थामा आइपुग्ला भनेर कल्पना पनि गरेका थिएनौं । त्यतिवेला हामीले वचत तथा ऋणको काम गर्ने समूहहरुलाई बटुलेर संघ गठन गरेका थियौं । कृषि विकास बैंक, महिला विभाग लगायतले ससाना रुपमा समूह गठन गरेका थिए । साझा केन्द्रमा रहेको समूहहित ती समूहहरुको पहिचान गरेर हामीले संघको रुप दिएका थियौं । 

अमेरिका, थाइल्याण्डका सहकारी अभियन्ताहरु आएर मलाई भेट्थे । संघ गठनका लागि घचघच्याइरहन्थे । म साझा केन्द्रको अध्यक्ष भएकाले पनि म प्रति उनीहरुको विश्वास थियो । त्यसैगरी संघ स्थापना गर्नुपर्छ भनेर मलाई राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर हरिदेव पन्त, विष्णु श्रेष्ठले मनोबल बढाइदिन्थे । उनीहरुले नेफ्स्कून स्थापनाका लागि खुब मिहिनेत पनि गरे । मलाई यस्तो संघ स्थापना गर्दा नेपालजस्तो मुलुकमा सहकारी अभियान मार्फत् जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ भन्ने लाग्यो । तर पञ्चायती व्यवस्था भएकोले आफू खुसी यस्ता संघ स्थापना गर्न गाह्रो थियो । त्यतिवेला साझा केन्द्रमा सरकारले विभिन्न मन्त्रालयका सचिवहरु, गभर्नर, योजना आयोगका प्रतिनिधिलाई पदाधिकारीमा राख्थ्यो । गभर्नर गणेशबहादुर थापासँग पनि सल्लाह गरेँ । त्यसपछि सहकारी विभागसँग पनि सल्लाह लिएँ तर विभागले मलाई त्यति राम्रो कोअपरेट गरेन । तैपनि हामीले संघ खोल्ने अठोट गरेर समूहहरुको एउटा भेला गर्यौं । प्रारम्भिक छलफलमै एउटा तदर्थ समिति बनाएर जाने भन्ने समूहको म्यानडेट अनुसार मेरो अध्यक्षतामा तदर्थ समिति गठन भयो । 

ऐन नभएपनि संस्थागत रुपमा अगाडि बढ्ने योजना बनायौं । दर्ता प्रक्रियाका लागि छलफल चलाइरहने र संघलाई संस्थागत रुपमा विकसित गर्दै पनि लैजाने भन्ने हाम्रो निर्णय थियो । यो कस्तो संस्था हो भनेर खोजीनीति पनि भयो । हामीसँग न विधान थियो न त कसरी सञ्चालन गर्ने भन्ने अनुभव नै । त्यस्तो अवस्थामा आकुका प्रबन्धक सोमचित, श्रीलंकाका क्रिवन्दनीया र नेपालका मोहनमान सैंजु लगायतले निकै सहयोग गरे । उनीहरुको सहयोग पाएर नै हामीले पाइला चालेका थियौं भन्दा पनि फरक नपार्ला । एक्सन एडका श्रीराम श्रेष्ठ लगायतले नाङ्लेभारेतिर वचत समूहहरु बनाउनुभएको रहेछ । तिनीहरुलाई गोलबद्ध गर्ने काम गरियो । यसलाई कानुनी रुपमा कसरी दर्ता गरेर चल्ने भनेर व्यापक छलफल भने निरन्तर चलिरहन्थ्यो । यसका लागि राष्ट्र बैंकका विष्णुप्रसाद श्रेष्ठ निकै छलफल गर्नुहुन्थ्यो । 

दर्ता नभए पनि हामीले यसलाई करिब ६ वर्ष निरन्तर चलायौं । त्यतिबेला म पञ्चायतको नजिकको मान्छे थिएँ । त्यसैले संघ दर्ता नभए पनि संघलाई बचाइराख्न गाह्रो भने भएन । दरबारसँग पहुँच नभइकन साझा केन्द्रको अध्यक्षमा मनोनित हुने कुरै आउँदैनथ्यो । त्यसैले गर्दा पनि मलाई त्यतिबेला दरबारसँग सम्बन्ध राम्रो भएको र पृष्ठभूमि पनि राम्रो भएको मान्छेको रुपमा चिन्थे । मैले संघ गठन भएको विषयमा दरबारमा जानकारी पनि चढाएको थिएँ । त्यतिवेला दरबारलाई थाहा नदिइ संघ गठन गर्न सकिने अवस्था थिएन । त्यहाँबाट नकारात्मक कुरा नआएपछि मैले नैतिक समर्थन पाएको आभाष गरेको थिएँ ।
 
नेफ्स्कूनले छरिएर रहेको संस्थालाई समेट्नुपर्छ । संघ अझ बलियो बनाउनका लागि ऐन नियममा परिवर्तन गर्न पहल गर्नुपर्छ । संस्थाहरुमा नियमन अनुगमन गर्नुपर्छ । सहकारीमा देखिएको चुनौती समाधानतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्छ । सहकारीहरुले बचत गरिरहेका छन् त्यसलाई कसरी सुरक्षित लगानी गर्ने भन्ने सिकाउनुपर्छ । सरकारले सहकारीलाई सरकारीकरण गर्न खोजेको मलाई आभाष भएको छ । यो स्वायत्त संस्था हो यसमा सरकारी हस्तक्षेप हुन दिनुँहुँदैन । सबै एक भएर अगाडि बढ्नुपर्छ । नेफ्स्कूनलाई मेरो यही शुभकामना छ । 

राष्ट्र बैंकका विष्णुप्रसाद श्रेष्ठ लगायतको कार्यदलले संघलाई कसरी चलाउने भनेर विनियम ड्राफ्ट गर्नुभयो । त्यसैमा टेकेर हामीले पहिलो साधारणसभा २०४८ सालमा गर्यौं । त्यतिवेला देशमा राजनीतिक परिवर्तन भइसकेको थियो । हाम्रो कार्यकालमा तत्कालीन अर्थ मन्त्री महेश आचार्य, कृषि मन्त्री रामचन्द्र पौडेलहरु पनि आउनुभएको थियो । त्यसपछि सहकारी ऐनमा पनि केही परिवर्तन भए । त्यसमा टेकेर यस्ता संस्था दर्ता गर्न सक्ने आधार फेला परेपछि दर्ता गर्न सफल भयौं । दर्ता अघि पनि हामीले निर्वाचन गरेका थियौं । जसमा मेरा प्रतिद्वन्दी शान्ताराम शर्मा हुनुहुन्थ्यो । मैले ४० मत प्राप्त गरी निर्वाचित भएको थिएँ । यसरी २०५० साल भाद्र २९ गतेका दिन संघ विधिवत रुपमा दर्ता भयो । त्यतिवेला हामी खुसीले गद्गद् भएका थियौं । विभागमा ४७ वटा संस्था मात्र दर्ता थिए । नेपाल जस्तो राष्ट्रमा सहकारीको विकास र विस्तार हुन आवश्यक छ भन्ने सोचेर नै हामीले यो संघ खोलेका थियौं । उसो त मेरो राजनीतिक सुरुवातसँगै सहकारीमा आवद्धता रह्यो । म भूमिसुधार सहकायक मन्त्री हुँदा सो मन्त्रालयले नै सहकारीलाई हेर्थ्यो । 

दर्ता भएपछि फेरी तीन महिनामा निर्वाचन गर्नुपर्थ्यो । पुनः निर्वाचन भयो । दर्ता भएपछिको निर्वाचनबाट हामीले नै कैलाशभक्त प्रधानाङ्गलाई नेतृत्व दिने निर्णय गर्यौं । उनले भक्तपुरमा सहकारीको क्षेत्रमा राम्रो पनि गरेका थिए । उनी पहिला पनि लेखा तथा सुरपरिवेक्षण समितिमा थिए । सो समितिमा तात्कालिन नेफ्स्कूनका उपाध्यक्ष ऋषिराज घिमिरे पनि थिए । घिमिरेले पनि मलाई सँधै हौसला प्रदान गरिरहन्थे । 

आफूले जन्माएको संघ फलोस् फुलोस् भन्ने इच्छा हुँदोरहेछ । त्यसका लागि त्याग गर्न पनि सकिने रहेछ । त्यतिवेला मैले कैलाशलाई अगाडि सार्नुको कारण के थियो भने म, अध्यक्ष भएँ भने पञ्चायतको पूर्वमन्त्री अध्यक्ष भएको भन्थे । म भूमिसुधार सहायक मन्त्री पनि भएको थिएँ । जसले गर्दा यो संस्था कुन्ठित हुन्छ । यसलाई राजनीतिक दाउपेचबाट टाढा राख्नुपर्छ । त्यसैले अहिले मैले त्याग गर्नुपरे पनि यदि आवश्यक परेपछि आउँला भनेर छाडेको थिएँ । हामीले परिकल्पना गरेर स्थापना गरेको नेफ्स्कूनको वर्तमान नेतृत्वले राम्रै गरेको पाएको छु । ७१ जिल्लामा संगठन विस्तार भएको छ । अहिले देशभरी सहकारी त्यसमा पनि वचत तथा ऋण सहकारीको  लहर देख्दा मैले ठीक समयमा ठीक निर्णय गरेछु भन्ने लाग्छ । 
नेफ्स्कूनमा राजनीतिक तरङ्ग आउन दिनुहुँदैन भन्ने मेरो मान्यतालाई नयाँ नेतृत्वले आत्मसात गरोस् भन्ने मेरो चाहना छ । सबै मान्छे कुनै न कुनै दलसँग सम्बन्धित हुन्छन् तर यसमा दलगत भागबन्डा नगरेर सक्षम नेतृत्व विकास गर्न सकेमा नेपालको मुहार फेर्ने संघका रुपमा नेफ्स्कूनले काम गर्न सक्ने मेरो विश्वास छ । उसो त यतिवेला राजनीतिक रुपमा कुनै पनि संस्था मुक्त रहन गाह्रो छ । अझ अहिलेत दलगत कोटा सिस्टममा चल्न थालेको छ । तर पनि विशुद्ध गैरराजनीतिक संघका रुपमा यसलाई चलाउँ भन्ने धारणा राखेर जसरी मैले त्याग गरें, त्यसैले भावी पुस्ताले पनि यसमा राजनीतिक तरङ्ग आउन नदिउँन् भन्ने लाग्छ । 

अर्को कुरा नेफ्स्कूनले छरिएर रहेको संस्थालाई समेट्नुपर्छ । संघ अझ बलियो बनाउनका लागि ऐन नियममा परिवर्तन गर्न पहल गर्नुपर्छ । संस्थाहरुमा नियमन अनुगमन गर्नुपर्छ । सहकारीमा देखिएको चुनौती समाधानतर्फ बढी ध्यान केन्द्रित गर्नुपर्छ । सहकारीहरुले बचत गरिरहेका छन् त्यसलाई कसरी सुरक्षित लगानी गर्ने भन्ने सिकाउनुपर्छ । सरकारले सहकारीलाई सरकारीकरण गर्न खोजेको मलाई आभाष भएको छ । यो स्वायत्त संस्था हो यसमा सरकारी हस्तक्षेप हुन दिनुँहुँदैन । सबै एक भएर अगाडि बढ्नुपर्छ । नेफ्स्कूनलाई मेरो यही शुभकामना छ । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप