सहकारीले कृषिका लागि सहुलियतपूर्ण कर्जा दिनुपर्छः उद्यमी सीता दवाडी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीले कृषिका लागि सहुलियतपूर्ण कर्जा दिनुपर्छः उद्यमी सीता दवाडी

एकका लागि सवै र सबैका लागि एक को भावनालाई समेट्न सहकारी स्थापना भएको हो । तर सहकारीले कृषि क्षेत्रको विकास र प्रबर्द्धनका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध नगराएको गुनासो धादिङ निकलण्ठ नगरपालिका १२ स्थित उद्यमी सीता दवाडी लम्सालको रहेको छ ।

धादिङको निलकण्ठ नपा १२, पुरनडी पशुपति एरियामा कृषि तथा पशुपालन व्यवसाय गर्दै आउनुभएकी उद्यमी सीताले हाल ३ वटा गाई, २ भैंसी, २०० बट्टाइ र लोकल कुखुरा पाल्नुभएको छ । २०७३ देखि आफ्नै सानो लगानीमा वेमौसमी तरकारी खेती सँगै पशुपंक्षिपालनलाई समेत निरन्तरता दिंदै आएनुभएकी उद्यमी सीताको व्यावसायिक लगानी अहिले २५ लाख पुगेको छ । धादिङ निलकण्ठ नगरपालिका १२ स्थित साहारा साकोसको सदस्य समेत रहनुभएकी सीताले सहकारीमा नियमित बचत गर्दै आउनुभएको छ । तर सहकारीले व्यवसाय विस्तारका लागि सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध नगराएकोप्रति उद्यमी सीताको गम्भिर गुनासो रहेको छ । उहाँ भन्नुहुन्छ, “सहकारीबाट कृषिका लागि सहुलियतपूर्ण कर्जा सुविधा नपाउँदा बैंकले प्रदान गर्ने कृषि लोन लिएर व्यवसाय विस्तारको योजना बनाएकी छु ।”

साहारा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सन्तोष थापा मगर भन्नुहुन्छ, “बैंकलाई जस्तो कृषि अनुदान तथा सुविधा सहकारीलाई छैन । सदस्यले जम्मा गरेको बचतको पैसा सस्तोमा ऋणिलाई दिएर सदस्यलाई कसरी सेवा दिने ? बचतमा ९ प्रतिशत र ऋण को व्याजदर १४ प्रतिशत प्लस छ । सदस्यहरुले कृषि व्यवसायका लागि १४ प्रतिशत मै कर्जा लिनुभएको छ ।” उहाँ भन्नुहुन्छ, “साहारा समुदायमा आधारित सहकारी हो, यसले बचत र ऋणि दुवैलाई प्रभावकारी सेवा दिएको छ, कहि कतैबाट कृषिमा लगानीका लागि सहुलियतपूर्ण बजेट प्राप्त भएमा कृषि व्यवसायमा इच्छुक सदस्यहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सकिन्थ्यो, तर त्यो हुन सकेको छैन ।” 

प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन गर्नुभएकी ३४ बर्षिय सीता श्रीमान श्रीमतीको सामान्य रोजगारीबाट घर व्यवहार सञ्चालनमा समेत अभाव खड्किएपछि खाइपाइ आएको जागिर छोडेर २०७२ सालमा साना किसान कृषि सहकारी संस्था मार्फत कृषि प्रशिक्षार्थीको रुपमा इजरायल जानुभएको थियो । १० महिने कृषि प्रशिक्षार्थीका रुपमा उहाँले भेडे खुर्सानीको अध्ययन गर्नुभयो । सो अवधिमा इजरायलमा गरेको विभिन्न अध्ययन÷अवलोकन र भ्रमणबाट गरे के हुन्न भन्ने सोचका साथ नेपाल फर्किनुभएकी सीताले कृषि तथा पशुपालन व्यवासाय को थालनी गर्नुभयो ।  

एकै प्रकृतिको पशुपंक्षि पालन गर्दा कहिं कतै समस्या आइहालेमा एकसाथ घाटा व्यहोर्नु नपरोस भनेर पशुपंक्षि पालनमा विविधता अपनाएको उद्यमी सीताको भनाई छ । कोरोना भाइरसका कारण २०७५ साल चैत्र ११ गतेदेखि लकडाउन भएसँगै उहाँको व्यवसाय मा पनि निकै चुनौती थपियो  । लकडाउनसँगै होटलहरु बन्द हुँदा अण्डा र मासुको लागि पालिएका लोकल कुखुरा र बट्टाइ करिब ६ महिना बढी समय पाल्नुपर्दा खर्च ठूलो उठ्यो, आम्दानी शून्य भयो उहाँ भन्नुहुन्छ, सो अवधिमा पालिएका ३०० सय बट्टाइ न्याउनी मुसो पसेर मारिदियो । 

तरपनि उद्यमी सीताले हरेश खानुभएन, लकडाउन केही खकुलो भएसँगै व्यवसाय विस्तारको योजना अनुरुप कार्तिकमा २०० बट्टाइका चल्ला हाल्नुभयो । गर्मिको समयमा ५४/५५ दिनमा अण्डा दिन थाल्ने बट्टाइले भने जाडोमा ६० दिन काटिसक्दा समेत अण्डा पार्न नसकेको उहाँले सुनाउनुभयो । त्यसैगरी स्थानीय लोकल स्वाद दिनका लागि उद्यमी सीताले लोकल कुखुरालाई खुला ठाउँमा चराउने र मकै चामल खुवाउने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, थुनेर दाना खुवाएर पालिने लोकल कुखुरा र मैले पालेको लोकल कुखुरामा स्वाद धैरै फरक हुन्छ । शुरुमा मानिसहरुलाई विश्वास लाग्दैन, एकपटक स्वाद थाहा पाउनुभएकाहरुमा नै यसको माग बढि छ । 

यतिमात्रै होइन उहाँको बारिमा वेमौशमी अर्ग्यानिक तरकारी खेती पनि उत्तिकै लोभलाग्दो छ । उहाँले जोड्नुभयो, शुरुमा तरकारी खेतीमै जोड दिएका थियौं तर पुशपंक्षि पालनलाई विस्तार गर्दै जाँदा तरकारी खेतिमा कमी आएको छ,  आफूलाई पुग्ने र वेला मौकामा विक्रि पनि गर्न सकिने गरी तरकारी बालीको कामलाई पनि हालसम्म निरन्तरता दिइरहेकै छु । 
३ वटा होलस्टेन गाई र ४ वटा लाहुरी भैसी बाट गरी दैनिक ३० लिटर दूध स्थानीय डेरी फर्ममा दिँदै आएनुभएको छ । गाई भैसीं लैंनो हुँदा दैनिक ५० लिटर दूध डेरीमा जान्थ्यो , उहाँ सुनाउनुहुन्छ, दुख गरेअनुसार दूधको बजार मूल्य छैन । गाईको प्रति लिटर ५२ रुपैंयामा र भैसीको प्रति लिटर ८० रुपँंयामा डेरीमा विक्रि हुन्छ । 

कक्षा ११ र १२ मा पढ्ने उहाँका दुई छोराछोरीले पनि विदाको समय र साँझ विहान आमा बाबुको व्यवसायमा सघाउने गरेका छन् । केही महिना अघि बैंकबाट लिएको १५ लाख लोनबाट दुहुना गाई भैंसी थप्ने योजना सीताको रहेको छ । विरगञ्जबाट लाहुरी भैसी र होइलस्टेन गाई ल्याउने तयारी गरिरहेकी छु, उहाँ भन्नुहुन्छ गाई र भैसी गरेर २० वटा पाल्ने तयारी छ । दाना, चोक्कर, पराल, भुस्साको मूल्य दिनप्रतिदिन बढेको छ, तर दूधको बजार मुल्य चित्तबुझ्दो नभएसँगै आफ्नै विक्रि केन्द्र मार्फत डेरी उत्पादन विक्रि गर्ने लक्ष्य छ । 

कृषि उद्यमका लागि सहुलियतपूर्ण लगानी सुविधा नहुँदा म जस्तै धेरै उद्यमी महिला दिदीवहिनीहरुले समस्या भोग्नुपरेको छ, भन्नुहुन्छ, यकातर्फ लगानीको वातावरण प्रभावकारी छैन अर्को बजारको समस्या छ । लगानी प्रवर्द्धन र बजार व्यवस्थापनका लागि स्थानीय निकाय लगायत विभिन्न सहकारीका कार्यक्रमहरुमा उहाँले आफ्ना गुनासा राख्ने गर्नुभएको छ । कृषि तथा पशुपंक्षिपालनमा ५/७ बर्षको लगानी आवश्यक पर्छ, चर्को व्याजदरमा ऋण लिएर हामी व्यवसाय गर्न सक्नेअवस्थामा छैनौं , उहाँले जोड्नुभयो म जस्तै व्यवसाय गर्न चाहने दिदीबहिनीहरुका लागि सहकारीले व्यावसायिक सीप तथा तालिम र शुन्य प्रतिशत मा लगानी गरिदिन सके महिलाहरुको आर्थिक आयमा बृद्धि हुनेथियो ।  

भर्खरै
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२४ घण्टा अगाडि

सहकारीलाई प्रविधिमैत्री बनाउन नेफ्स्कूनको एआई सम्बन्धी  तालिम सम्पन्न
सहकारीलाई प्रविधिमैत्री बनाउन नेफ्स्कूनको एआई सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 
कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कून र शुभ चन्द्रसूर्य साकोस बीच स्क्यान कार्यक्रम कार्यान्वयन सम्बन्धि सम्झौता सम्पन्न
नेफ्स्कून र शुभ चन्द्रसूर्य साकोस बीच स्क्यान कार्यक्रम कार्यान्वयन सम्बन्धि सम्झौता सम्पन्न

३ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

लोकप्रिय
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप