सिवाइसी साकोसको एकै दिन दुई सेवा केन्द्र विस्तार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाइसी साकोसको एकै दिन दुई सेवा केन्द्र विस्तार

बागलुङ । सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले जिल्लाको जैमिनी नगरपालिकामा एकै दिन दुई वटा सेवा केन्द्र विस्तार गरेको छ । बागलुङका सबै स्थानीय तहमा सेवा विस्तार गरेको सहकारीले वडा स्तरमा सेवा विस्तार थालेको हो । सोमबार बागलुङको जैमिनी नगरपालिका वडा नम्वर ७ जैदीको चौर र वडा नम्वर ६ अर्जेवाको ओख्लेमा १५ औ र १६ औ सेवा केन्द्र विस्तार गरेको हो । 

सिवाईसी वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिका को सेवा केन्द्र उद्घाटन गर्दैे नगर प्रमुख इन्द्रराज पौडेलले सहकारी मध्य सिवाईसी जिल्लाको फरक पहिचान बोकेको सहकारी भएको र सधै सदस्यको सन्तुष्टिमा क्रियाशिल रहेको बताउनुभयो । 

त्यसैगरी अर्जेवामा १६ औ सदस्य सेवा केन्द्रको उद्घाटन गर्दे सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सिवाईसी वचत तथा ऋण सहकारीले जिल्लाका दुर दराजका सवै नागरिकलाई वित्तीय र गैर वित्तीय सेवा दिन सहकारीको सेवा विस्तारलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले ग्रामिण तहमा बचत गर्ने बानीको विकास नहुँदा गरिबी झेल्नु परेकोले गरिबी अन्तको लागि सहकारीले काम गर्ने वताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, जनशिक्षित माविका प्रअ नारायण चालिसे, सिवाइसी साकोस केन्द्रीय संचालक कृष्ण प्रसाद रिजाल, जैमिनी ६ का वडा सदस्य केशवराज शर्मा, पत्रकार सुजन प्रेमी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ जिल्लाका १६ स्थानमा सेवा विस्तार गरेको सहकारीले आगामी २१ र २२ गते म्याग्दी र पर्वतमा सेवा केन्द्र विस्तारको तयारी गरेको अध्यक्ष पौडेलले वताउनु भयो । १३ हजार ४ सय ७७ शेयर सदस्य रहेको सहकारीमा शेयर पूजी २४ करोड ६ लाख ४० हजार, वचत १ अर्व २७ करोड १६ लाख ३९ हजार रहेको भने कुलपूजी १ अर्व ७२ करोड ३ लाख २५ हजार रहेको छ । सेवा केन्द्र उद्घाटनका क्रममा अर्जेवा र जैदीमा एकै दिन ७५ जना नयाँ शेयर सदस्य बनेका संस्थाले जनाएको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप