काभ्रेको बेथानचोकका स्थानीय बासिन्दाहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काभ्रेको बेथानचोकका स्थानीय बासिन्दाहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन

काभ्रे । जिल्लाको बनेपास्थित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को ढुंखर्क सेवा कार्यालय, रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र  बेथानचोक गाउँपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क आँखा परीक्षण शिविर बेथानचोक गाउँपालिका वडा नं. ६ भुग्देउमा अवस्थित स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । 

सामाजिक तथा सामुदायिक उत्तरदायित्व अन्तर्गत अन्धोपन निवारण गर्ने मूख्य उद्देश्यले भुग्देउ लगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दाहरुलाई निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो । उक्त आँखा शिविरमा भुग्देउ लगायत आसपासका ३०१ जनाको आँखाका विरामीहरुले आँखाको परीक्षण गरेका थिए भने ९२ वटा चस्मा एवं आवश्यक औषधी निःशुल्क वितरण गरिएको बिन्धवासिनी साकोसका सूचना अधिकारी मित्र प्रसाद दाहालले जानकारी दिनुभएको छ । 
बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम वहादुर तिमल्सिनाको प्रमख आतिथ्यता रहको उक्त कार्यक्रममा विन्धवासिनी साकोसका संचालक समितिका सदस्य गोविन्द प्रसाद अधिकारीले उपस्थित सम्पूर्णमा स्वागत गर्दै कार्यक्रमको औचित्यता बारे जानकारी गराउनु भएको थियो । 

 बेथानचोक गाउँपालिकाका प्रशासकीय प्रमुख राजेन्द्र भण्डारी, बेथानचोक गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु तामाङ, स्वास्थ्य चौकी प्रमुख किरण न्यौपाने लगायत बिन्धवासिनी साकोसका समिति, उपसमिति एवं कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको समुद्घाटन बेथानचोक गाउपालिका अध्यक्ष प्रेम वहादुर तिमल्सिनाले  आँखा परीक्षण गराई शुभारम्भ गरिएको थियो । उक्त आँखा शिविरमा ४० जना मोतियाविन्दुको विरामीहरु देखिएको परीक्षणमा संलग्न प्राविधिकहरुले बताएका छन । आँखा परीक्षणबाट पहिचान भएका मोतियाविन्दुका विरामीहरुलाई निःशुल्क अपरेशन, कोरोना परीक्षण तथा अस्पताल सम्मको आतेजाते यातायातको व्यवस्था समेत गरिने आयोजकले जानकारी दिएको छन् । 

 नियमित निःशुल्क आँखा परीक्षण गरी गाउँपालिका भित्र अन्धोपन निवारण गर्न आ.व.२०७७।०७८ को लागि बिन्धवासिनी साकोस, बेथानचोक गाउपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बीच त्रिपक्षीय संझौता गरी निःशुल्क आँखा परीक्षण कार्यक्रम प्रारम्भ गरिएको बिन्धवासिनी साकोसका प्रमुख व्यवस्थापक के.बि. लामा स्याङ्तानले जानकारी दिनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप