ललितपुरमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सम्पन्न; अर्को तालिम फागुन दोस्रो साता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सम्पन्न; अर्को तालिम फागुन दोस्रो साता 

ललितपुर । नेफ्स्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा २ दिने ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम आज सम्पन्न भएको छ । माघ १८ र १९ गते  आयोजित तालिममा पहिलो दिन धितो मुल्यांकन सम्न्धबमा इन्जिनियर राजेन्द्र गौतमले सहजिकरण गर्नु भएको थियो भने दोस्रो दिनको सहजीकरण ऋणको कानुनी प्रक्रिया सम्बन्धमा नेफ्स्कूनका कानुनी सल्लाहकार रामचन्द्र सिम्खडा र बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । तालिममा ललितपुर ,काठमान्डौ, सिन्धुपाल्चोक र गोरखा जिल्लाका विभिन्न संंस्थाहरु बाट २० महिला र २४ पुरुष गरी ४४ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमको समापन सत्र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता तथा महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।  सहभागी मध्ये ४ सहभागीले तालिमबाट प्राप्त सिकाइ तथा अनुभवको सुनाउनुभएको थियो । उहाँहरुले महत्त्वपूर्ण विषयमा आयोजना गरिएको तालिमले ऋण लगानीमा अझ धेरै जिम्मेवार हुन सहयोग पुगेको, विविध कानुनी बिषयमा जानकारी भएको जस्ता धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून महासचिव दामोदर अधिकारीले संघले साकोस अभियानलाई मजबूत बनाउन विभिन्न कार्यक्रम संचालन गरेकोमा सस्थाहरुले त्यसबाट लाभ लिइ गुणस्तरीय अभ्यासमा लैजानुपर्ने, गुणस्तरीय ऋण प्रवाहमा जोड दिनु पर्ने धारणा राख्दै तालिमको बिषय पूर्ण प्राबिधिक भएकोले सहभागीले सिकाइलार्इ संस्थामा लागू गर्न सकेको खण्डमा मात्रै यसको सार्थकता प्रमाणित हुने धारणा व्यक्त गर्नु भयो  ।

नेफ्स्कून कोषाध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष दिपक पनेरुले  संस्था संचालन गर्दा कानुनी पाटो लाई ध्यान दिनु पर्ने कानुनी बिषयमा हेल्चेक्राइ गरियो भने संस्थामा नकारात्मक प्रभाव पर्न जाने, कानुनी बिषयलाई मिचेर कसैले काम गर्नु भनेर कसैले दबाब दिन्छ भने ब्यबस्थापक वा कर्मचारीले यस्ता काम गर्न सक्दिन भन्न सक्नुपर्ने धारणा राख्दै सिकेका कुरा संस्थामा लागु हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको समन्वय तथा सन्चालन नेफ्स्कून फिल्ड कार्यालय ललितपुर प्रमुख दिनेश गौतमले गर्नु भएको थियो । समसामयिक विषयमा सञ्चालित तालिम उपयोगी भएको सहभागीहरुको धारणा रहेको थियो । यसै विषयमा अन्य २७ संस्थाबाट माग भएको जानकारी गराउँदै प्रमुख गौतमले फागुन दोस्रो हप्ता अर्को तालिम सन्चालन गर्ने तयारी गरिएको साकोस आवाजलाई बताउनुभयो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२० घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप