ललितपुरमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सम्पन्न; अर्को तालिम फागुन दोस्रो साता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सम्पन्न; अर्को तालिम फागुन दोस्रो साता 

ललितपुर । नेफ्स्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा २ दिने ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम आज सम्पन्न भएको छ । माघ १८ र १९ गते  आयोजित तालिममा पहिलो दिन धितो मुल्यांकन सम्न्धबमा इन्जिनियर राजेन्द्र गौतमले सहजिकरण गर्नु भएको थियो भने दोस्रो दिनको सहजीकरण ऋणको कानुनी प्रक्रिया सम्बन्धमा नेफ्स्कूनका कानुनी सल्लाहकार रामचन्द्र सिम्खडा र बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । तालिममा ललितपुर ,काठमान्डौ, सिन्धुपाल्चोक र गोरखा जिल्लाका विभिन्न संंस्थाहरु बाट २० महिला र २४ पुरुष गरी ४४ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमको समापन सत्र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता तथा महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।  सहभागी मध्ये ४ सहभागीले तालिमबाट प्राप्त सिकाइ तथा अनुभवको सुनाउनुभएको थियो । उहाँहरुले महत्त्वपूर्ण विषयमा आयोजना गरिएको तालिमले ऋण लगानीमा अझ धेरै जिम्मेवार हुन सहयोग पुगेको, विविध कानुनी बिषयमा जानकारी भएको जस्ता धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून महासचिव दामोदर अधिकारीले संघले साकोस अभियानलाई मजबूत बनाउन विभिन्न कार्यक्रम संचालन गरेकोमा सस्थाहरुले त्यसबाट लाभ लिइ गुणस्तरीय अभ्यासमा लैजानुपर्ने, गुणस्तरीय ऋण प्रवाहमा जोड दिनु पर्ने धारणा राख्दै तालिमको बिषय पूर्ण प्राबिधिक भएकोले सहभागीले सिकाइलार्इ संस्थामा लागू गर्न सकेको खण्डमा मात्रै यसको सार्थकता प्रमाणित हुने धारणा व्यक्त गर्नु भयो  ।

नेफ्स्कून कोषाध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष दिपक पनेरुले  संस्था संचालन गर्दा कानुनी पाटो लाई ध्यान दिनु पर्ने कानुनी बिषयमा हेल्चेक्राइ गरियो भने संस्थामा नकारात्मक प्रभाव पर्न जाने, कानुनी बिषयलाई मिचेर कसैले काम गर्नु भनेर कसैले दबाब दिन्छ भने ब्यबस्थापक वा कर्मचारीले यस्ता काम गर्न सक्दिन भन्न सक्नुपर्ने धारणा राख्दै सिकेका कुरा संस्थामा लागु हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको समन्वय तथा सन्चालन नेफ्स्कून फिल्ड कार्यालय ललितपुर प्रमुख दिनेश गौतमले गर्नु भएको थियो । समसामयिक विषयमा सञ्चालित तालिम उपयोगी भएको सहभागीहरुको धारणा रहेको थियो । यसै विषयमा अन्य २७ संस्थाबाट माग भएको जानकारी गराउँदै प्रमुख गौतमले फागुन दोस्रो हप्ता अर्को तालिम सन्चालन गर्ने तयारी गरिएको साकोस आवाजलाई बताउनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप