विन्धवासिनी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विन्धवासिनी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न

काभ्रे । काठमाडौ र काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र भई सदस्य, समुह र समुदायमा आधारित एशियाली स्तरको गुणस्तर प्रमाणिकृत संस्थाका रुपमा परिचित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. को अर्धवार्षिक समिक्षा गोष्ठी माघ १७ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त समीक्षा गोष्ठीमा २०७७ श्रावण महिनामा भएको बार्षिक समीक्षाको निष्कर्ष तथा रणनीतिहरु र कार्यान्वयनको अवस्था, अर्धबार्षिक प्रगतिको समिक्षा तथा सबल पक्ष, सुधार गर्नुपर्ने कुराहरु र चालू आ.व. २०७७/७८ को निर्धारित लक्ष्य तथा प्रगति हासिल गर्नका लागि अपनाउनु पर्ने थप रणनीतिहरुको बारेमा विस्तृत छलफल भएको थियो । 

उक्त कार्यक्रममा संस्थाको कर्पोरेट कार्यालय लगायत ७ वटा सेवा कार्यालयको क्षेत्रगत प्रगति प्रतिवेदन एवं रणनीति एवं कर्पोरेट कार्यालयका विभागीय व्यवस्थापकहरुले विभागीय प्रगति एवं रणनीति, प्रमुख व्यवस्थापकले  समष्टिगत प्रगति एवं लक्ष्य, ऋण उपसमितिको प्रतिवेदन एवं रणनीति समितिका संयोजक भिम वहादुर के.सी, लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन एवं रणनीति समितिका संयोजक सुन्दर श्रेष्ठ, लघुवित्त उपसमितिको प्रतिवेदन एवं रणनीति समितिका संयोजक पुनम घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने लक्ष्य हासिल गर्ने रणनीति र कार्यक्रम संचालनका लागि थप निर्देशन संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले गर्न भएको कार्यक्रममा कार्यक्रमको सभापति एवं संस्थाको अध्यक्ष प्रदिप थापाज्यूबाट निचोड सहित कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संचालक समितिका पदाधिकारी एवं सदस्यहरु, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक एवं सदस्यहरु, ऋण लागानी तथा असूली उपसमितिका संयोजक एवं सदस्यहरु, सेवा कार्यालय व्यवस्थापन उप समितिका संयोजक एवं पदाधिकारी, प्रमुखव्यवस्थापक, विभागीय व्यवस्थापक, कार्यालय व्यवस्थापक, सहायक कार्यालय व्यवस्थापक एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा संस्थाको शेयर सदस्य संख्या ३९ हजार २ सय ६८, बचत तथा निक्षेपतर्फ २अर्ब ५३ करोड ८३ लाख १४ हजार, ऋण लगानीमा रहेको रकम २ अर्व ५६ करोड ६३ लाख, ९९ हजार र कुल सम्पत्ती ३ अर्ब ४१ करोड ८६ लाख ५१ हजार रुपैंया पुर्याउन संस्था सफल भएको व्यवस्थापक केबी लामाले प्रस्तुतिकरणका क्रममा जानकारी गराउनुभएको थियो । 

सचिव रामशरण भण्डारीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाले र समुद्घाटन सहित कार्यक्रमको औचित्यता संस्थाका अध्यक्ष एवं कार्यक्रममा सभापति प्रदिप थापाले राख्नु भएको थियो । उहाँले वर्तमान कोभिडको विषम परिस्थितमा आफ्नो संस्थाको साख कायम गर्न संस्थाले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि सवैले आफ्नो तह र तप्काबाट महत्वपूर्ण भुमिका खेल्नहुन समेत निर्देशन दिनुभएको थियो ।  

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप