चन्द्रागिरी नगरपालिकाको प्रायोजनमा सहकारीकर्मीहरुका लागि उद्यम विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरी नगरपालिकाको प्रायोजनमा सहकारीकर्मीहरुका लागि उद्यम विकास तालिम

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको प्रायोजन, चम्किला तारा महिला साकोसको व्यवस्थापन र शान्ति महिला कृषि समूहको आयोजनामा सात दिने साबुन उद्योग व्यवस्थापन र उद्यम विकास तालिम कार्यक्रमको आज छैटौं दिन सहभागीहरुका लागि साबुन बनाउने तालिम प्रदान गरिएको छ ।  प्रशिक्षक सञ्जित आलेमगर र चम्किला तारा महिला साकोसकी कोषाध्यक्ष सीतादेवी सिग्देलले आज उद्यम विकास तालिमका १५ सहभागीहरुलाई झोल साबुन बनाउने तालिम दिनुभयो । माघ १४ गते चन्द्रागिरी नगरपालिका १२, हरियालीस्थित सञ्चालित तालिमको उद्घाटन नगरपालिकाका मेयर घनश्याम गिरीले गर्नुभएको थियो । उहाँले महिलाहरुलाई उद्यमशीलता विकासमा जोड्दै आर्थिक शसक्तिकरणमा उल्लेखनीय योगदान गर्न स्थानीय तहले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । तालिम उद्घाटन सत्रमा विशेष अतिथिमा सोही नगरपालिकाकी उपमेयर लिशा नकर्मी हुनुहुन्थ्यो ।

सात दिने उक्त तालिममा महिलाहरुलाई उद्यम विकास, आम्दानीका स्रोत पहिचान, सफल उद्यमीका गुणहरु, व्यवसाय विकासका सम्भावना, झोल सावुन निर्माण लगायत विविध विषयमा तालिमहरु प्रदान गरिएको छ । सात दिने उक्त तालिमको अध्यक्षता शान्ति महिला कृषि समूहकी संयोजक सविना सञ्जेलले गर्नुभएको छ । अध्यक्ष तारा रानाको नेतृत्वमा सञ्चालित चम्किला तारा महिला साकोस महिला सञ्चालकहरुद्वारा सञ्चालित साकोस हो भने सेयर सदस्यहरुमा महिला पुरुष दुवैको सहभागिता छ । तालिम भोलि समापन हुँदैछ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप