आधारशिला कार्यक्रम अन्तर्गत दाङमा सहकारी सचेतना कार्यक्रम सुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आधारशिला कार्यक्रम अन्तर्गत दाङमा सहकारी सचेतना कार्यक्रम सुरु 

तुलसीपुर उपमहानगरपालिका र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनबीच सम्पन्न आधारशिला कार्यक्रममा सम्झौता भैसकेको परिप्रेक्ष्यमा २ दिने सहकारी सचेतना कार्यक्रम आज सुरु भएको छ । उपमहानगरपालिकाको सभाहलमा कार्यक्रम सुभारम्भ भएको हो  । तुलसीपुर उपमहानगरपालिका का सहकारी संयोजक एबम ७ नम्बर वडाध्यक्ष्य टोप बहादुर केसी को सभाअध्यक्ष एवम् नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा  कार्यक्रमको उद्घाटन सत्र समापन भएको थियो ।

कार्यक्रम को उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख पाण्डेले सरकारको समाजबाद प्रतिको उदार धारणाले गर्दा ३ खम्बे अर्थनीतिको एक खम्बा सहकारी राखेको तर जुन गतिले सहकारीको विकास हुनु पर्ने त्यो नभएको बताउनु भयो । तुलसीपुर उपमहानगरपालिका लाई सहकारीको हब बनाउन नेफ्स्कूनसँग सहकार्य गरी आधारशिला कार्यक्रम संचालन गरेको  बताउनु भयो । नेपालमा हेर्न लायक सहकारी मध्ये दाङको तुलसीपुरमा पनि उत्कृष्ट सहकारी बनाउने महाअभियानमा सहयोग गर्न यस क्षेत्रका सम्पुर्ण सहकारीहरुलाइ उहाँले अह्वान पनि गर्नुभयो । उहाँले सहकारीको सात सिद्धान्तहरु पालना गर्ने मात्रै वास्तवमा सहकारी भएको तर सिद्धान्त बाहिर गएर कारोवार गर्ने सहकारीहरुलाई नियमनको दायरामा ल्याइउने नगर प्रमुख पाण्डेले बताउनुभयो । सहकारीले आफ्ना शेयर सदस्यहरुसँग सेयर ,बचत र ऋण लगानी प्राभावकारी ढंगले सन्चालन गर्न पनि निर्देशन दिनु भयो  ।

२ दिन सम्म चल्ने कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकाका विभिन्न प्रकृतिका ४५ सहकारीका ५० जना भन्दा बढी को सहभागितामा छ ।   नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य हेमन्त योगीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिती सदस्य रमा आचार्य, लगाएतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । नेफ्स्कूनका वरिष्ठ अधिकृत नविनराज दाहालले आधारशिला कार्यक्रमको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेफस्कून दाङका इन्चार्ज बेद प्रसाद भट्टराईले गर्नु भएको थियो भने व्यवस्थापन सहयोग नेफस्कूनका बरिष्ठ कार्यक्रम सहायक मनोहर आचार्यले गर्नु भएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप