साकोस सञ्जाल एवम् नेफ्स्कूनको सेवा तथा व्यवसायहरु सम्बन्धमा सतुंगलमा अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस सञ्जाल एवम् नेफ्स्कूनको सेवा तथा व्यवसायहरु सम्बन्धमा सतुंगलमा अन्तरक्रिया 

काठमाडौं । नेफ्स्कूनले आज साकोस सञ्जाल एवम् संघको सेवा तथा व्यवसायहरु सम्बन्धमा काठमाडौंको सतुंगलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नेफ्स्कून कलंकी फिल्ड कार्यालयको अग्रसरतामा भएको कार्यक्रममा कलंकी र आसपासका क्षेत्रका करिब २६ साकोसका ३५ जनाको प्रतिनिधित्व रहेको थियो । कार्यक्रमका सहभागीहरुले नेफ्स्कूनसँग आफुहरुले निरन्तर सेवा व्यवसाय गरिरहेको भन्दै सम्बन्ध थप मजबूत बनाउन प्रविधिकरणमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । सहभागीहरुले स्थिरीकरण कोष, सदस्यता, तालिम तथा शिक्षा, प्रविधिकरण आदिका विषयमा विभिन्न जिज्ञासाहरु राख्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून कलंकी फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक एवम् संघका सञ्चालक सदस्य जनक कार्की तथा सदस्यहरु नारायण महर्जन, सुर्य महर्जन, लेमन श्रेष्ठको उपस्थिति थियो । संयोजक खत्रीले सदस्यहरुको इच्छा र अपेक्षालाई केन्द्रमा राखेर नेफ्स्कूनले आफ्ना सेवा व्यवसायहरु सञ्चालन गर्नेमा सहभागीहरुलाई आश्वस्त तुल्याउनुभएको थियो ।

सदस्यहरुको जिज्ञासा सम्बोधन गर्दै नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठले प्रविधिकरणमा नेफ्स्कूनले विशेष जोड दिएको भन्दै विविध सेवा र योजनाका बारेमा पनि जानकारी गराउनुभएको संघको कलंकी फिल्ड कार्यालय इन्चार्ज अस्मिता अधिकारीले बताउनुभयो ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप