स्थापना दिवसको अवसरमा ग्रामीण साकोसको सामाजिक कार्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसको अवसरमा ग्रामीण साकोसको सामाजिक कार्य

सल्यान । जिल्लाको शारदा नगरपालिका–२ खलंगास्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापना दिवसको पूर्वसन्ध्यामा विविध सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छ  । 

स्थापना दिवसको अवसर पारेर हिजो देखि विविध कार्यक्रमहरुको शुरुवात भएको संस्थाका प्रवन्धक शान्ता राइले जानकारी गराउनुभयो । संस्थाले त्रिजमावि मार्केमा कक्षा ११ र १२ मा अध्ययनरत ३१ जना विद्यार्थीहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । यस अघि पनि संस्थाले विभिन्न समयमा विद्यालयहरुमा गरिएको वित्तीय शिक्षा कार्यक्रम प्रभावकारी भएको प्रवन्धक राइले जानकारी गराउनुभयो । उहाँले विद्यार्थीहरुमा वित्तीय शिक्षाको ज्ञान हुँदा अभिभावकहरुलाई सहकारीमा जोड्न सकिएको र बाल बचत पनि बढ्ने गरेको बताउनुभयो । 

त्यसैगरी संस्थाले जिल्लामा रगत अभावको समस्या न्यून गर्न रक्तदान कार्यका लागि ५४ जना स्थानीय व्यक्ति एवम् सदस्यहरुको रक्त समूह पहिचान तथा अभिलेखीकरण गरेको छ । स्थानीय समुदाय तथा सदस्यहरु विरामी परेको र रगत आवश्यक परेको बेलामा भन्नेवित्तीकै रक्तसमूह मिल्ने व्यक्ति उपलब्ध नहुने भएकोले संस्थाले रक्त पहिचान गरी अभिलेख राख्ने कार्यलाई प्राथमिकता दिएको संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले जानकारी गराउनुभयो । स्थापना दिवस विशेष समारोहका अवसरमा संस्थाले भोलि विहान वित्तीय साक्षरताको व्यानर सहित प्रभातफेरीको कार्यक्रम र दिउँसो जेष्ठ सदस्य सम्मान कार्यक्रम राखेको छ । 

वि.सं. २०५१ साल माघ २८ गते  स्थानीय ३१ जना महिला तथा पुरुषहरुको सहभागितामा शुरु भएको सहकारी आज २७ औं वर्ष प्रवेश गर्दै गर्दा १८ सय ४२ सदस्यमार्फत कुल २० करोड ४७ लाखको कारोबार गरिरहेको छ । सस्थामा कुल २ करोड २९ लाख सेयर पुँजी, १५ करोड ३ लाख १८ हजार बचत संकलन र १५ करोड ५ लाख ७७ हजार ऋण लगानी रहेको छ । संस्था नेफ्स्कूनद्वारा प्रवर्द्धित एशियाली स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस मा आबद्ध छ भने नेपाल स्तरको गुणस्तर प्रमाणिकृत कार्यक्रम प्रोबेसनमा ५ बर्षदेखि नियमित रुपमा ब्राण्ड प्राप्त गर्न सफल छ । 
    
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप