काठमाडौं टु कसराः सहकारी सहयात्रा, सम्बन्ध र सिकाइ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौं टु कसराः सहकारी सहयात्रा, सम्बन्ध र सिकाइ

(राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाको व्यवस्थापकीय बागडोर सम्हालेका प्रमुखहरुका लागि चेतनशील नेतृत्व तालिम आयोजना गरेको थियो । माघ २५ गते सम्पन्न ३ दिने तालिममा ३० जनाको सहभागिता थियो । उक्त तालिममा सहभागिताका लागि काठमाडौंको थानकोटस्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ अन्य ३ सहकारी सखाहरुसँगै चितवनको तालिम आयोजनास्थल कसरा रिसोर्ट पुग्नुभएको थियो । श्रेष्ठले मुलुकभित्र लिएको पछिल्लो तालिम प्रयोजनको यात्रा, नवप्रवर्तनात्मक सिकाइ, सहकारी सम्बन्ध, व्यवस्थापकीय भूमिका आदिका बारेमा साकोस आवाजसँग गर्नुभएको सम्वाद एकालाप शैलीमा प्रस्तुत गरिएको छः)

यात्रारम्भ
महासंघले तालिम आयोजना गर्ने खबरपछि सहभागिताको लागि नाम लेखाएँ । पछि फोन सम्पर्कका माध्यमबाट अन्य सहभागीहरुबारे जानकारी भयो । मैले प्रस्ताव गर्दा कास्कीको पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.का मुख्य प्रबन्धक मिलन ढकाल, काभ्रेको पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत, दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत नवराज दाहालसँग सहयात्राको संयोग जुर्यो । हामी तिनजना काठमाडौंबाट र मिलनजी मुङ्लिङबाट जोडिनुभयो ।

यात्राले सहकारी, सम्बन्ध र सिकाइ आयातनलाई पक्कै विस्फारित गराउँदछ । फेरि कोभिडका कारण पछिल्लो समय भौतिक भेटघाटको मेसो पनि जुरेको थिएन । हामी ४ जनाबीच एउटै तालिम कार्यक्रममा करिब १ वर्षपछि संयुक्त भेट भएको थियो । यात्रामा सहकारीइतर सुस्केराहरु पनि लिइयोँ । सम्वादहरु सम्बन्धहरु सिउँने र सौम्य बनाउँदै जीउने खालका थिए । यद्यपि, हाम्रा वार्तापहरु प्रत्यावर्तन भएर सहकारीकर्म र धर्मसँगै सन्निकट हुनपुग्थे ।

तालिम
ठीक एक वर्षअघि मैले अन्तर्राष्ट्रिय तालिम लिएको थिएँ । राष्ट्रिय तालिम लिइरहेपनि यो भने अधिक चित्तबुझ्दो रह्यो । तालिममा ३ जना महिलाहरु हुनुहुन्थ्यो । मलाई लाग्छ सम्भवतः यो नौलो प्रकारको तालिम थियो । तालिममा मुख्यतया ३ वटा कुरामा जोड दिइएको थियो–व्यक्तिगत कौशलता (पर्सनल माष्टरी), जनता कौशलता (पिपल माष्टरी–सहकारीको परिप्रेक्ष्यमा सदस्य कौशलता) र संस्थागत कौशलता (अर्गनाइजेशनल माष्टरी) । तालिममा आध्यात्मिकता र परार्थको पहलका निम्ति चेतना जागृत गराउने काम भयो । तालिममा विविध विषयहरु समाविष्ट थियो । उत्प्रेरणा जागृत गराउने काम भएको थियो । यसले काममा थप उर्जा सञ्चार गर्ने अपेक्षा गरेको छु । हरेक व्यक्तिले उत्तम तरिकाले जीवन जीउनुपर्छ । संस्था पनि जीवन्त हुनुपर्छ । सरोकारवालाहरुको जीवन पनि सफलीभूत बनाउनुपर्छ । तालिमले ‘स्पेक्ट्रम लीडरशीप‘ निर्माणको यत्नमा घोत्लिन घच्घच्याएको छ । 

अमेरिकी मनोवैज्ञानिक अब्राहम मास्लोको मानवीय आवश्यकता सम्बन्धी ‘द हाइर्यार्कि अफ निड’ सिद्धान्तले भनेको उच्चतम विन्दू ‘सेल्फ अ्याक्चुअलाइजेशन वा सेल्फ फुल्फिलमेन्ट’ भन्दा पनि माथि वा पर सेल्फ कन्ससनेश हुँदै उपलब्धि वा प्राप्तिपछि स्वार्थरहित वितरणको मार्ग चित्र पनि कोरिनु आवश्यक छ भन्ने मनन् गरियो । सौराहामा होटल व्यवसायीहरुसँग छलफल भयो । कोभिड काँडाले कुन हदसम्म बिझायो भनी बुझ्ने काम भयो । पछिल्लो छिमल पर्यटकीय सहर सौराहामा बढेको चहलपहलको चर्चा भयो । भीडहरु बढे पनि स्वास्थ्य सावधानीहरु अपनाउने कुरामा कमी आएको पाइयो ।

संस्थागत सम्बन्ध
हामी आबद्ध ४ संस्थाबीच पनि घनिष्ठ सम्बन्ध छ । पोखरा रोयलसँग त औपचारिक रुपमा भगिनी सम्बन्ध नै स्थापित छ । अन्य संस्थासँगको मेरो विगतको व्यक्तिगत संलग्नताले पनि संस्थागत सम्बन्धलाई मजबूत बनाएको छ ।
जनसचेतन र सामुदायिक २ वटा एक्सेस् ब्राण्डेड संस्था हुन्, चन्द्रागिरी एक्सेस्मा सहभागी छ । रोयल पनि प्रोवेसनमा छ । यसैले कही न कही हामी ‘नेफ्स्कूनले भन्दै आएको’ र ‘हामीहरुले खोज्दै आएको’ गुणस्तर सुनिश्चितताको कार्यक्रममा आबद्ध छौं । यस आधारमा पनि हामीहरुबीच समानताका धर्साहरु कोरिएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त बचत तथा ऋण सहकारीको गुणस्तर प्रमाणित भएका कारण जनसचेतन र सामुदायिक हामीभन्दा बलियो र दिगो मान्नुपर्ने हुन्छ । हामी बचत तथा ऋण सहकारीहरुले उत्कृष्टताको आधार मापन गर्ने सबैभन्दा विश्वासिलो विधि त्यही हो भन्ने मेरो बुझाइ हो । हामीबीच व्यक्तिगत र संस्थागत रुपमा पनि धेरै विचारहरुको विमर्श हुन्छ ।

सफलताको कडी
हामी ४ वटै संस्थाहरुले अझ गर्न धेरै बाँकी छ । तैपनि केही कार्य सम्पादन र योगदानका आधारमा अभियानभित्र एक किसिमको छवि बनाएका छौं भन्ने गर्व लाग्छ । यसको कडी भनेको हामी सबैको संस्थाभित्र सञ्चालक समिति र व्यवस्थापन टीमबीच जिम्मेवारी र भूमिकाको स्पष्ट कित्ताकाट छ । हामी व्यवस्थापनमा बसेर नेतृत्व गर्नेले कहिले पनि सञ्चालक समितिको अवमूल्यन गरेका छैनौं र समितिले पनि हाम्रो काममा अहस्तक्षेपकारी नीति लिएकोले नै स्वतन्त्रताको अभ्यास गर्दै नजिता देखाउन सफल भएका छौं । दुवैको निर्दिष्ट भूमिका छ ।

४ संस्थाका चुनौती 
म आबद्ध संस्था काठमाडौंमा भएकाले समुदाय केन्द्रित बनाउने सबैभन्दा ठूलो चुनौती हो । नचाहँदा नचाहँदै पनि कर्पोरेट कलर र फ्लेवर आउन खोज्छ । मदनजी, नवराजजी र मिलनजीको हकमा भने त्यो चुनौती तुलनात्मक रुपमा कम छ । मेरो नजरमा उहाँहरुको प्रमुख चुनौती भनेको समुदाय र सदस्यको वित्तीय व्यवहारलाई सहज बनाउने हो । म पनि केही वर्ष काठमाडौं बाहिर रहेर काम गरेको अनुभवले पनि के बताउँछ भने मोफसलका सहकारी सदस्यहरुको वित्तीय व्यवहारमा धेरै उल्झनहरु छन् तिनको व्यवस्थापनमा हाम्रो भूमिका स्पष्ट देखिनुपर्छ । सदस्यहरुको वित्तीय व्यवहारमा सुधारका लागि काम गर्नुपर्ने हुन्छ । त्यसका लागि वित्तीय शिक्षालाई विकेन्द्रित बनाउनुपर्छ, सेवा केन्द्रहरु मार्फत त्यो शिक्षा भान्सा र कोठाहरुमा पुर्याउनुपर्छ ।

व्यक्तिगत सम्बन्ध
मदनजीसँग १४ वर्षअघि, मिलनजीसँग ५ वर्ष र नवराजजीसँग ३ वर्ष अघि चिनजान भएसँगै बिस्तारै घनिष्ठता बढेको हो । मदनजीमा जहिले पनि कुनै पनि काममा लागि तयार रहने स्वभाव छ । ‘रेडिनेश’ वा तत्परता उहाँको विशेषता हो । तर उहाँ बढी सुत्नुहुन्छ । मिलनजी नाम जस्तै मिलनसार हुनुहुन्छ, सबैलाई महत्व दिनुहुन्छ । हामीभन्दा उहाँ बढी हसिमजाक गर्नुहुन्छ । नवराजजी धेरै मिहेनती हुनुहुन्छ । तर मेरो विचारमा उहाँ कुनै पनि कुरामा छिटो निर्णयमा पुग्नुहुन्छ ।  (ही इज् अ प्रम्ट डिसिजन मेकर) हामीबीच कुनै अहम् छैन । कुनै नयाँ नीतिहरु निर्माणको कुरा हुँदा केही ‘इनपुट’ दिनसकियोस भन्ने हामी सबैको ध्येय हुन्छ । व्यक्तिगत तहमा स्वस्थ्य र स्वच्छ प्रतिस्पर्धा त मानवीय स्वभाव नै मान्नुपर्छ । यात्राका बीचमा पनि हामी यस्तै छलफलमा जुट्यौं ।

हाम्रो सम्बन्ध अनेकतामा एकताको छ । म नेवार परे उहाँहरु गैर–नेवार । यद्यपि, हामीहरु एकअर्काको संस्कृति, परम्परा र रीतिरिवाजमा रमण गर्छौं । दोलखामा देवाली गर्नेहरुको प्रचलन हाम्रा लागि आकर्षण हुन्छ, पनौतीका बस्नेतहरुको आफ्नै साँस्कृतिक सुगन्ध छ, कास्कीको कला र संस्कृतिले हामीलाई मात्र होइन विश्वको ध्यानाकृष्ट गर्छ । हामी एक अर्काका महत्वपूर्ण पारिवारिक जमघटहरुमा समय मिलेसम्म सहभागी हुन्छौं । व्यक्तिगत घनिष्टताको तहसम्म जस्तै नभएपनि पारिवारिक सम्बन्धको सेतु जोडिएको छ । नवराजजी अविवाहित भएकाले उहाँसँग व्यक्तिगत मात्र हो चिनजानी । कसरा यात्रा पनि सम्बन्धको निरन्तरता थियो । मदनजी मसँग केही महिनाले कान्छो हुनुहुन्छ, म जेठको उहाँ मंसिरको, नवराजजी ठीक १० वर्ष कान्छो हुनुहुन्छ भने मिलनजी म भन्दा ५ वर्ष जेठो हुनुहुन्छ । तर पनि हामी एक अर्काबीच हार्दिकता, सम्मान र सहकारिता छ । त्यही निकटताले काठमाडौंदेखि कसरा रिसोर्टसम्मको यात्रा थप स्मरणीय बनायो ।
 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप