झापाको कमल गाउँपालिकामा सञ्चालित सहकारीका सदस्यहरुसँग नेफ्स्कून अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापाको कमल गाउँपालिकामा सञ्चालित सहकारीका सदस्यहरुसँग नेफ्स्कून अन्तरक्रिया 

झापा । नेफ्स्कून फिल्ड कार्यालय दमक झापाको आयोजना तथा सहकारी समन्वय सञ्जाल कमल गाउँपालिका झापाको संयोजनमा सम्भावित सदस्यहरुसँगको एक दिवसीय अन्तरक्रिया गत शुक्रबार सम्पन्न भएको थियो । 

चन्द्रदर्शन साकोस कमल गा.पा. ५ झापाका अध्यक्ष सन्तकुमार राइको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख व्यक्ति नेफ्स्कून सञ्चालक सदस्य गोमा नेपालको उपस्थिति थियो । 

कार्यक्रमका प्रमुख व्यक्ति एवम् नेफ्स्कून सञ्चालक गोमा नेपालले संघको रणनीतिक कार्यदिशा, नीति, विधि र प्रविधिमा जोड दिँदै नेफ्स्कूनको सेवा तथा व्यवसाय र आबद्धता को विषयमा प्रष्ट पार्नुभएको थियो । उहाँले सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई नेफ्स्कूनको सञ्जालमा आवद्ध भई अभियानमा ऐक्यवद्ध भएर अघि बढ् उत्प्रेरित गर्नुभएको थियो ।  साथै सहभागीहरुबाट उठेका जिज्ञासाहरुको समेत सम्बोधन गर्नुभएको थियो ।

सहकारी समन्वय सञ्जालका संयोजक बालकृष्ण गौतमले कार्यक्रमको औचित्यता बारे प्रकाश पार्दै सहकारीहरुको प्रवर्द्धन र विकासमा नेफ्स्कूनको महत्वपूर्ण भूमिकाको बारेमा प्रष्ट्याउनुभएको थियो । उहाँले नेफ्स्कूनमा आबद्ध नभएका जति पनि बचत तथा ऋण सहकारी संस्थाहरु छन् तिनीहरुको गुणस्तर सुधार र दिगो विकासका निम्ति अविलम्ब नेफ्स्कूनमा आबद्ध हुन आग्रह गर्नुभएको थियो । 

फिल्ड व्यवस्थापन उपसमिति सदस्य तुलाराम न्यौपानेले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरण कार्यक्रमका माध्यमबाट साकोसहरुलाई सुशासित, विश्वासिलो र दिगो बनाउन सकिने भन्दै नेफ्स्कून आवद्धताको विकल्प नरहेको प्रष्ट पार्नुभएको थियो । 

कार्यक्रमका अध्यक्ष एवं चन्द्रदर्शन साकोसका अध्यक्ष सन्तकुमार राइले उपस्थित सवैमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा सातवटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट गरी २३ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून फिल्ड कार्यालय दमक झापाका प्रमुख सोमनाथ दाहालले गर्नुभएको थियो ।  
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप